नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणका कारण शुक्रबार दिउँसो भर्चुअल रूपमा केन्द्रीय समितिको बैठक बसेको हो।
केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समिति गठनका लागि नाम प्रस्ताव गरेका थिए। केन्द्रीय समितिमा रहेका पूर्वपदाधिकारीसहितका नेतालाई समेटेर देउवाले कार्यसम्पादन समिति गठनका लागि राखेको प्रस्ताव बैठकले अनुमोदन गरेको छ।
केन्द्रीय समितिका पदाधिकारीसहित प्रवक्ता, संसदीय दलका नेता पदेन सदस्य रहने व्यवस्था विधानमा छ। कांग्रेसमा केन्द्रीय सदस्यहरूबाट समावेशी सिद्धान्तका आधारमा अरू ३१ नेतालाई सभापतिले कार्यसम्पादन समिति सदस्यका लागि बैठकमा नाम प्रस्ताव गर्न पाउने विधानमा व्यवस्था छ।
सोहीअनुसार देउवाले शुक्रबारको बैठकमा पूर्वपदाधिकारीहरू नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, सुनिलबहादुर थापालाई सदस्यका लागि नाम प्रस्ताव गरेका थिए।
त्यस्तै, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्द ढुंगाना कार्यसम्पादन समिति सदस्यका लागि नाम प्रस्ताव गरेका थिए। देउवाले प्रस्ताव गरेको नामलाई बैठकले अनुमोदन गरेको छ।
यद्यपि कार्यसम्पादन समितिले भने अझै पूर्णता पाएको छैन। पदेन सदस्य रहने विधानको व्यवस्था अनुसार कांग्रेसले कोषाध्यक्ष र प्रवक्ता टुंगो लगाएको छैन। त्यसबाहेक केन्द्रीय समितिका अन्य सात नेतालाई सदस्यमा थप गर्न बाँकी छ।
कांग्रेसमा सभापतिसहित १४ जना पदाधिकारी हुने व्यवस्था छ। १३ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरू मध्यबाट एक जनालाई सभापतिले कोषाध्यक्ष मनोनीतका लागि केन्द्रीय समितिमा नाम प्रस्ताव गर्ने र बैठकले अनुमोदन गर्ने व्यवस्था विधानमा छ।
केन्द्रीय समितिको बैठक बस्न नसकेका बेला कांग्रेसले पार्टीका सबै निर्णय कार्यसम्पादन समितिबाट लिन सक्नेछ। त्यस्ता निर्णय केन्द्रीय समितिबाट अनुमोदन भने गराउनुपर्ने व्यवस्था छ। १३औं महाधिवेशन पनि देउवाले वरिष्ठताका आधारमा कार्यसम्पादन समिति गठन गरेका थिए।
तर, २०७४ सालमा भएको तीन तहको निर्वाचनमा पार्टी पराजित भएपछि देउवा इतर नेताहरूको मागअनुसार कार्यसम्पादन र संसदीय समिति विघटन गरिएका थिए। निकटहरूको व्यवस्थापनमा इतर पक्षका नेतालाई नै पछि थप समस्या हुँदा ती दुवै समिति पछि गठन नभईकनै देउवाले आफ्नो पहिलो कार्यकाल गुजारेका थिए।
कार्यसम्पादन र संसदीय समिति गठन नगरी राष्ट्रियसभा निर्वाचनमा टिकट वितरण गरेको भन्दै आलोचना सुरु भएका बेला देउवाले कार्यसम्पादन समिति गठन गरेर त्यसमार्फत नै पार्टीको निर्णय गर्दै जाने रणनीति अख्तियार गरेका छन्। सभापतिका निकटतम प्रतिद्वन्द्वीसहित १ सय ६८ सदस्यीय केन्द्रीय समिति बैठक निरन्तर बस्नसमेत सम्भव नहुने भएपछि देउवाले निकट नेताहरूको बाहुल्य रहेको कार्यसम्पादन समितिबाट नै आवश्यक निर्णय लिने निकटहरूको दाबी छ।
नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयनको प्रकृया सुरु गरेको छ। कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको छ।
बुटवलमा सम्पन्न बैठकले निर्माण गरेको यो समितिले पार्टीको संसदीय दलको नेता चयन गर्ने कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता एवं लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए। कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराजव पाण्डेको संयोजकत्वमा बनेको समितिमा बिष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य छन्। प्रवक्ता न्यौपानेका अनुसार नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ लगत्तै संसदीय दलको नेता चयन गरिने छ। ‘पार्टीको लुम्बिनी प्रदेश संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरिएको छ,’ प्रवक्ता न्यौपानेले भने, ‘सांसदहरुको सपथ लगत्तै संसदीय दलको नेता चयन गर्ने गरि यो समितिले तयारी गर्नेछ।’
कांग्रेस संसदीय दलको नेताका लागि चार सांसदहरु आकांक्षी देखिएका छन्। डिल्ली बहादुर चौधरी, राजु खनाल,अब्दुल रज्जाक र बिरबहादुर राना संसदीय दलको नेता बन्ने दौडमा छन्। संसदीय दलको नेता चयनका लागि बनेको समितिले सहमतीमै दलको नेता चयनका लागि प्रयास थाल्ने छ। यसो हुन नसके निर्वाचनका माध्यमबाट संसदीय दलको नेता चयन गरिने छ। ‘सहमतीमै दलको नेता चयन गर्ने गरी हामीहरुले प्रयत्न गर्ने छौँ’, समितिका संयोजक कांग्रेस प्रदेश सहमहामन्त्री खगराज पाण्डेले भने, ‘यसो हुन नसकेको खण्डमा थप प्रकृयाद्धारा दलको नेता चयन गरिने छ, सांसदहरुको सपथ भएको भोलीपल्टै संसदीय दलको नेता चयनको काम सुरु हुने छ।’
यसैगरी कांग्रेस लुम्बिनी प्रदेशले माओवादीसँगको गठबन्धन टुट्नुमा पार्टी नेतृत्वको कमजोरी भएको निष्कर्ष निकालेको छ। नेतृत्वको अदुरदर्शिताका कारण कांग्रेस सत्ताबाट बाहिरिनुपर्ने अवस्था आएको निष्कर्ष निकालिएको पार्टी प्रवक्ता न्यौपानेले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।