'नेतृत्व चुनौती थेग्न सक्ने हुनुपर्छ'
१२ मंसिर २०७८
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
'नेतृत्व चुनौती थेग्न सक्ने हुनुपर्छ'
चितवनको सौराहामा शनिबार सुरु भएको एमाले महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरू। तस्बिरः नरहरि/नागरिक

चितवनको सौराहामा भइरहेको एमाले महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न प्रतिनिधिलाई आग्रह गरेका छन्। बन्दसत्रलाई करिब डेढ घण्टा लामो सम्बोधन गरेका ओलीले समझदारीमा अघि बढ्नु नै पार्टीभित्रको लोकतन्त्र भएकाले सर्वसम्मत तरिकाले चुनौती सामना गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका हुन्।

देशमा देखिएको राजनीतिक समस्याको ठिक ढंगले समाधान गर्न सक्ने नेतृत्व महाधिवेशनबाट चयन हुने उनले बताए। राष्ट्रको सामाजिक परिवर्तन, अग्रगामी विकास, सुशासनको आन्दोलनलाई ठिक ढंगले अगाडि बढाउने नेतृत्व महाधिवेशनले चुन्नुपर्ने उनको भनाइ थियो। उनले एमालेमा एकता कायम गरी चुनौतीको सामना गर्न सक्ने, राजनीतिमा देखिएका विकृति हटाउन सक्ने र पथभ्रष्टलाई सुबाटोमा ल्याउने नेतृत्व आवश्यक भएकोमा जोड दिए।

‘पार्टीभित्र समझदारीमा नेतृत्व छान्नुपर्छ। प्रतिपक्षसँग संघर्ष प्रतिस्पर्धाकै आधारमा हुन्छ तर पार्टीभित्र मूल्यांकनका आधारमा हुन्छ,’ ओलीले भने। पार्टीभित्र आन्तरिक एकता प्रमुख भएको बताउँदै ओलीले सर्वसम्मत नेतृत्व चयनमा जोड दिए। उनले भने, ‘यसले प्रतिपक्षसँग एकताबद्ध भएर लड्न बल प्राप्त हुन्छ।’ ओलीले महाधिवेशनबाट देशको समस्या पहिचान गरी समाधानको दृष्टिकोण र पार्टी सञ्चालन विधि अघि सारिने बताए।

उनले पार्टीमा अस्वस्थ प्रतिस्पर्धा हुन नहुनेमा जोड दिँदै भने, ‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा गर्नुहुन्न’, ओलीले भने, ‘पार्टीको प्रभाव, प्रतिष्ठा र एकतामा प्रभाव पार्ने काम नगरौं। फेरि पनि पालो आउँछ। अहिले नभए फेरि पालो आउँछ। हतार नगरौं। लोकतान्त्रिक अभ्यास प्रतिस्पर्धालाई मात्र नभनौं।’

ओलीले पार्टीभित्र अपरिपक्व व्यवहार नदेखाउन र नगर्न पनि नेता–कार्यकर्तालाई आग्रह गरे। ‘अब हामीले काँचा व्यवहार नगरौं। हामीले दुनियाँका लागि नयाँ सफलताका साथ एमाले अघि बढ्दैछ भन्ने सन्देश दिनुपर्छ’, ओलीले भने, ‘मैले विश्वास लिएको छु, दुनियाँमै पूर्ण लोकतान्त्रिक अभ्यास र सहमति हुनुपर्छ।’ नवौंदेखि १०औं महाधिवेशनसम्म आउँदा लामो यात्रा पार गरेको स्मरण गर्दै उनले पार्टी फुट्दा पनि यसलाई जोगाएर, अझै सुदृढ गरेर अघि बढेको भन्दै प्रतिनिधिलाई धन्यवाद दिए। ‘तपाईंहरू दृढतापूर्वक नलागेको भए यो बन्दसत्र र महाधिवेशनको उद्घाटन सत्रमा हामी यो हैसियतमा हुने थिएनौं’, ओलीले भने।

एमाले सिद्धियो भनेर खुसी मनाउनेहरूको सपना १०औं महाधिवेशनमा जनताको उपस्थिति देखेर भंग भएको ओलीले बताए। महाधिवेशनबाट एमालेले दुईवटा कुरा गर्न चाहेको बताउँदै उनले भने, ‘एउटा जनपरिचालन र अर्को जनमत कोसँग छ भनेर देखाउनु थियो, अर्को एमालेलाई सिध्याइयो भनेर खुसी मनाउनेहरूको खुसी क्षणिक बनाइदिनु थियो।’ ओलीले अलोकतान्त्रिक शक्तिका कारण एमालेको भूमिका सत्तापक्षबाट प्रतिपक्षमा परिणत हुन पुगेको बताए।

‘हामीलाई गम्भीर चुनौती थपिएको छ, प्रतिगमनकारीको षड्यन्त्रले हामी अहिले सत्तापक्षबाट प्रतिपक्षमा आएका छौं’, उनले भने। यो अवस्थालाई परिवर्तन गर्न नसक्ने हो भने देश संकटमा पर्ने उनको भनाइ थियो। लोकतन्त्र र स्वतन्त्र न्यायालयलाई बचाउन नसक्ने हो भने ती विकृत हुने उनले बताए। लोकतन्त्र र स्वतन्त्र न्यायालयलाई जोगाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘नत्र ती निष्प्रभावी हुन्छन्, परिणाम लोकतान्त्रिक प्रणाली नै असफल हुन्छ, त्यसैले अत्यन्तै गम्भीरताका साथ हामी बन्दसत्रमा उपस्थित भएका छौं।’

एमालेलाई जनता र विदेशका कम्युनिस्ट पार्टीहरूको व्यापक समर्थन रहेको बताउँदै ओलीले त्यसका लागि धन्यवाद दिए। विश्वमा एमाले परिचित, विश्वसनीय, भरपर्दो र सहयात्रा गर्न लायक पार्टी बनेको उनले बताए। कोभिडले भन्दा बढी नोक्सान पार्टी फुटेर भएका तर्फ लक्षित गर्दै उनले त्यो नोक्सान कम गर्न एमाले अघि बढिरहेको बताए। महाधिवेशनपछि आन्तरिक रूपमा संगठन सुधार र विस्तार, विकास निर्माण र छिमेकी देशसँगको सम्बन्ध विस्तार गर्दै एमाले अघि बढ्ने योजना पनि सुनाए।

ओलीले सम्बोधनका क्रममा आफ्नो जिन्दगीको भर नभएको बताए। पार्टीमा नेता र कार्यकर्ता पंक्तिको उत्साह देख्दा आफूलाई ढुक्क लागेको उनले बताए। ‘मलाई ढुक्क लागेको छ, अस्ति एक ठाउँमा पनि भनेको थिएँ, म कति बाँच्छु, थाहा छैन, म धेरैपल्ट जीर्ण स्वास्थ्यबाट, धेरै अप्रेसनबाट गुज्रिएर आएको हुँ, भन्न सकिन्नँ कति बाँचिन्छ’, भावुक हुँदै उनले भने, ‘मानिसको जिन्दगी यसै पनि टुंगो हुँदैन, त्यसमा पनि मेरो जिन्दगी त धेरैपल्ट मरेर बाँचेर आएको, त्यत्ति साह्रो भर नहुन सक्छ।’

एमालेका कार्यकर्ता–नेताहरूको हातमा देश, लोकतन्त्र र नयाँ पुस्ताको भविष्य सुरक्षित रहेको उनले बताए। उनले भने, ‘मलाई आज ढुक लागेको छ, आराम लागेको छ, आरामले खाना रुच्छ, मिठो निद्रा लाग्छ। जब म तपाईंहरूलाई अगाडि देख्छु, तब देशको भविष्य सुरक्षित देख्छु। आन्दोलनको भविष्य सुरक्षित देख्छु, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु।’

बन्दसत्रमा छिमेकी देशका कम्युनिस्ट पार्टीका नेताहरूले पनि सम्बोधन गरेका थिए। उनीहरूले महाधिवेशन सफलताका लागि शुभकामना दिँदै सहकार्य निरन्तर हुनेमा आशावादी रहेको बताएका थिए। बन्दसत्र सकिएपछि ओलीले विदेशी पाहुना र निवर्तमान केन्द्रीय सदस्यलाई बिदाइ भोज दिएका थिए।

सहमतिमा नेतृत्व छान्न कार्यकर्ताको माग

महाधिवेशनको बन्दसत्र स्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतीक्षामा छन्। बन्दसत्र स्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने माग गरे पनि राति अबेरसम्म शीर्ष नेताहरूबीच समझदारी हुन सकेको छैन। पार्टी अध्यक्ष दाबी गरेका भीम रावल र वरिष्ठ उपाध्यक्ष दाबी गरेका सुवास नेम्वाङलाई समझदारीमा ल्याउन भएको छलफलमा पनि कुरा मिल्न सकेन। कुरा मिल्न नसकेपछि रावल पार्टी अध्यक्षका लागि मनोनयन दर्ता गर्ने निष्कर्षमा पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।

छलफलकै क्रममा ओलीले दिउँसो नेम्वाङलाई बोलाएर राष्ट्रपति बनाउने आश्वासन दिएका थिए। जसलाई नेम्वाङले अस्वीकार गरे। तर नेम्वाङले सबै विषयमा सहमति भए आफू बाधक नहुने पनि बताएका थिए। ओलीले अष्टलक्ष्मी शाक्यलाई पनि उपराष्ट्रपति बनाउने आश्वासन दिएका छन्। जसमा शाक्यले मौन सहमति जनाएको स्रोतको दाबी छ। एक शीर्ष नेताका अनुसार महासिचवमा शंकर पोखरेलले विष्णु पौडेललाई नछाड्ने भएपछि दिनभरको छलफल निष्कर्षमा पुग्न नसकेको हो। आफ्नै समूहका नेताहरू एकअर्कालाई नछाड्ने मनस्थितिमा देखिएछि ओली अप्ठेरामा परेको उनीनिकट एक नेताले बताए। जसका कारण बन्दसत्र निकै ढिला गरी दिउँसो ३ बजेबाट सुरु भएको हो।

माओवादीबाट एमालेमा आएका नेताहरूले ओली नै पार्टी अध्यक्ष हुनुपर्ने जिकिर गरेका छन्। माओवादीबाट आएर स्थायी कमिटी सदस्य भएका मणि थापाले अहिलेको अवस्थामा ओलीलाई नै अध्यक्ष पदमा देख्न चाहेको बताए। समझदारी हुन नसके पनि बन्दसत्रको कार्यक्रम भने अघि बढेको छ। सौराहामा जम्मा भएका कार्यकर्ता र प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने माग गरेका छन्। प्रतिनिधि र कार्यकर्ताले पार्टीमा एकता र सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने भन्दै नारा लगाइरहेका छन्। शीर्ष नेताहरू आपसी छलफल र परामर्शमा व्यस्त छन्।

लोकप्रिय
अर्को समाचार
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल
२० वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो।

भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे।  

उनले भने, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो। संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिएका थिए। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस