नयाँ दर्ता भएका दुई पार्टीले संघीय संसद्मा स्थान पाएका छन्। निर्वाचन आयोगले शुक्रबार नेकपा (एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको पत्र संसद् सचिवालयमा पठाएको थियो। पत्र प्राप्त भएपछि यी दुई पार्टीलाई पनि अन्य पार्टीको जस्तै सुविधा दिने तयारी भएको सचिवालयले जनाएको छ। अब यी दुई दलले पनि एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले जस्तै संसद् बैठकमा, संसदीय दलको कार्यालय, प्रमुख सचेतकलाई इन्धनसहितको गाडी सुविधा पाउनेछन्। संसद्मा अब राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका दलको सुविधा पाउनेको संख्या ६ पुगेको छ।
संसद्मा १४ जना एमाले सांसदलाई कारबाहीको पत्र आए पनि उनीहरूलाई सभामुखले कारबाही गरेको सूचना जारी नगर्दै संसद् सचिवालयले निर्वाचन आयोगको पत्रबमोजिम नयाँ पार्टीलाई स्थान दिन लागेको हो। एमाले विभाजन भई नेकपा (एस) र जसपा विभाजन भई लोसपा बनेका हुन्।
समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा बने पनि उनीहरूले संसदीय दलका कार्यालय भने फरकफरक प्रयोग गर्दै आएका थिए। त्यसैले लोसपा संसदीय दलका लागि नयाँ कार्यालय आवश्यक छैन। यसअघि राष्ट्रिय जनता पार्टीले प्रयोग गर्दै आएको कार्यलय नै लोसपाले प्रयोग गर्ने भएको हो। नेकपा (एस) संसदीय दलको कार्यालयका लागि संघीय संसद् सचिवालयको भवन नं. १ को दोस्रो तलामा व्यवस्था मिलाइएको छ। निर्वाचन आयोगमा भदौ ९ गते गरिएको सनाखतअनुसार नेकपा (एस) का प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा ७ सांसद छन्। लोसपाका प्रतिनिधिसभामा १३ र राष्ट्रियसभामा एक सांसद छन्।
संसद्मा नेकपा (एस) चौथो ठूलो दल बनेको छ भने लोसपा छैटौं ठूलो दल बनेको छ। संसद्मा नेकपा एमाले पहिलो ठूलो दल, नेपाली कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो ठूलो दल हुन्। जनता समाजवादी पाँचौं ठूलो दलका रुपमा रहने भएको छ।
सुनसरीका चारवटा प्रतिनिधिसभामध्ये तीनवटामा एमालेले अग्रता स्थिर राखेको छ। एमालेका दुईवटा प्रदेशसभामा विजयी भएको छ। प्रतिनिधिसभाको एउटामा भने राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) अग्र स्थानमा छन्। उनले ७९५२ मत प्राप्त गरेका छन्। तामाङलाई एमाले–जसपाका उम्मेदवार अशोककुमार राईले पछ्याइ रहेका छन्। उनले ६९०५ मत प्राप्त गरेका छन्।
क्षेत्र नं. १ (क) प्रदेशसभा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन्। उनले निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३५० मतान्तरले पराजित गरे। बस्नेतले ११ हजार १०२ मत ल्याउँदा थापाले ९ हजार ७५२ मत प्राप्त गरे।
क्षेत्र नं. २ प्रतिनिधीसभामा नेकपा एमालेका भीम आचार्य १९ हजार ९८५ मत ल्याएर अग्र स्थानमा छन्। सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार सीताराम महतो १७ हजार १२४ मतसहित दोस्रो स्थानमा छन्।
क्षेत्र नंं. २ (क) मा एमालेका रेवतीरमण भण्डारीले १४ हजार ५२८ मत प्राप्त गरि विजयी भएका छन्। उनका निकटम प्रतिद्दन्दी द्दारिकलाल चौधरीले ११ हजार ८४८ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर २ हजार ६८० रहेको छ । प्रदेशसभामा विजयी भण्डारी एमालेका नेता भण्डारी ०३८ सालदेखि विद्यार्थी कालदेखि नै राजनीति यात्रा थालेका थिए।
क्षेत्र नं. २ (ख) मा नेपाली काँग्रेसका राजीव कोइराला अगाडि छन्। उनले ६ हजार ८१९ मत ल्याउँदा एमालेका रामप्रसाद मेहताले ६ हजार ४४९ मत ल्याएर पछ्याई रहेका छन्।
क्षेत्र नं.३ प्रतिनिधीसभामा एमालेकी भगवती चौधरीले १३ हजार ६७८ मत ल्याएर अग्र स्थानमा छिन्। काँग्रेसका नेता बिजयकुमार गच्छदार नौ हजार ३२८ मत ल्याएर दोस्रो पोजिसनमा छन्।
यस्तै, प्रदेशसभातर्फ ३ (क) मा एमालेका रोहितकुमार कार्की अग्र स्थानमा छन्। उनलाई राप्रपाका खड्ग श्रेष्ठले पछ्याई रहेका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी सरस्वती पोखरेल तेस्रो पोजिसनमा छिन्।
क्षेत्र नं. ४ प्रतिनिधीसभामा नेकपा एमालेका जगदीस कुसियतले १८ हजार ८९३ मत ल्याएर अग्र स्थानमा छन्। उनलाई नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट साँझा उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १८ हजार २०० मत ल्याएर पछ्याई रहेका छन्।
क्षेत्र नं. ४ (क) मा नेपाली काँग्रेसका डाक्टर इसरायल अन्सारी र (ख) मा पनि काँग्रेसकै षडानन्द मण्डल अगाडि छन्। मण्डलले नौ हजार ८३६ मत ल्याउँदा एमाले–जसपाका तर्फबाट जसपाका पर्शुराम बस्नेतले सात हजार ८७६ मत ल्याएका छन्। इसरायलले सात हजार ५४८ मत ल्याउँदा एमालेका अब्बास अन्सारीले छ हजार ३७७ मत ल्याएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।