कुनै बेला पेसाले स्थायी शिक्षक। तर अविचलित राजनीतिक चेतनाले युक्त। तत्कालीन नेकपा मसालका कट्टर कार्यकर्ता। यिनै विशेषताका आधारमा रोल्पाका कुलप्रसाद केसी चिनिन्थे। भूमिगत नाम ‘सोनाम’ रहेका उनले विद्यालयमा पढाउने समयबाहेक मसालमा आबद्ध थिए। पार्टी विस्तारका लागि गाउँगाउँमा राजनीतिक कक्षा सञ्चालन गर्थे, कार्यकर्तालाई परिवर्तनका निमित्त जुझारु हुन सिकाउँथे। कम्युनिस्ट आदर्श र सिद्धान्त पढाउन गाउँगाउँ पुग्ने केसीको काँधमा राजनीतिक प्रतिस्पर्धामा मसाललाई पास गराउनुपर्ने राजनीतिक कार्यभार थियो।
राजनीतिक सक्रियताकै कारण उनको अध्यापन यात्रामा विराम लाग्यो। २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ‘कालो झन्डा’ देखाउने ‘साहस’ को दुष्परिणाम २०४८ देखि सुरु गरेको शिक्षण पेसाबाट हात धुन केसी बाध्य भए। त्यतिबेला कोइराला रोल्पा पुगेका थिए। कालो झन्डा प्रदर्शनको निहुँमा राज्यले उनमाथि विभिन्न मुद्दा लगायो अनि शिक्षण पेसाबाट बर्खास्त गरिदियो। शिक्षण पेसाबाट हटाइएपछि केसीका लागि राजनीतिक यात्रा नै निर्विकल्प बन्न पुग्यो।
सोही घटनाको ईखले पनि उनमा राजनीतिक प्रतिशोध साँध्ने साहस बढ्नु स्वाभाविकै थियो। पूर्णकालीन रूपमा राजनीति गर्ने अठोट लिएपछि तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ बाट थालेको ‘जनयुद्ध’मा केसी होमिए। माओवादीको दोस्रो जिल्ला सम्मेलनबाट उनी सदस्य चुनिएसँगै सो पार्टीमा उनको औपचारिक यात्रा सुरु भयो। द्वन्द्वको कार्यदिशा बोकेको माओवादीका कार्यकर्ता बनेका उनी रोल्पाको होलेरी आक्रमणमा राज्यविरुद्ध सशस्त्र भिडन्तमा सहभागी थिए। आज तिनै केसी मुख्यमन्त्रीको कुर्सीमा विराजमान बन्न पुगेका छन्। बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा उनले सत्ता सम्हाले।
जिल्ला सदस्य बनेर माओवादीको भूमिगत राजनीतिक यात्रा थालनी गरेका सोनाम ‘माओवाद’का कुशल व्याख्याताका रूपमा समेत चिनिन्छन्। २०५५ सालमा दाङ, सल्यान, प्युठान जिल्लामा माओवादी ‘सेक्रेटरी’ बनेका सोनाम २०५६ सालमा भेरी कर्णाली क्षेत्रका सैन्य कमान्डर चुनिए। जिल्ला हुँदै विभिन्न क्षेत्रमा ‘माओवादको कमान्ड’ सम्हालेका सोनाम २०५८ सालमा माओवादीका केन्द्रीय सदस्य बनेका थिए। माओवादीमा बौद्धिक नेताको छवि बनाएका सोनामले सो पार्टीमा लागेकै कारण जेलसजायसमेत भोग्नुपर्यो। २०६० सालमा पार्टीको बैठकमा भाग लिन भारत जाने क्रममा उनी गिरफ्तारीमा परे। उनलाई त्यतिबेला तीन वर्षसम्म भारतको बक्सर जेल चलान गरिएको थियो। २०६३ सालमा जेलमुक्त भएका केसी जनमुक्ति सेनाको कमिसार बने।
शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजनका क्रममा उनी वाइसिएलको इन्चार्ज तोकिएका थिए। नेकपा माओवादीमा विभाजन आएपछि उनी मोहन वैद्यको समूहमा समाहित थिए। २०७३ सालमा गठित नेकपा माओवादी केन्द्रमा फर्किएपछि केसीलाई उक्त निर्णय फलिफाप सिद्ध भयो। २०७४ सालमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उनी रोल्पा–१ (क) बाट निर्वाचित भए। सो विजयपछि उनको संसदीय यात्रा आरम्भ भयो।
उनी तत्कालीन प्रदेश ५ (हाल लुम्बिनी प्रदेश) को माओवादी संसदीय दलको नेतासमेत चुनिए। नेकपा अस्तित्वमा रहँदाकै बखतमा बनेको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हाले। केसीका लागि नेकपा खारेजी लाभदायक नै हुन पुग्यो। नेकपा खारेजीपछि सुरु भएको प्रदेशको सत्ता परिवर्तनको खेलमा केसी नायक नै बने। केही महिनादेखि जारी खेलले बुधबार निष्कर्षको रूप लियो र फलस्वरूप केसीले प्रदेश सरकार हाँक्ने अवसर पाए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको विविधितालाई सम्पत्तिका रूपमा ग्रहण गरी सरकार अगाडि बढेको बताएका छन्। गुरुङ समुदायको महान् पर्व तमु ल्होसार, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रदेशका गुरुङ समुदायको भाषा, धर्म, संस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहुजाति, बहुभाषिक र बहुसांस्कृतिले भरिपूर्ण छ, यही हाम्रो देश र प्रदेशको विविध जाति, भाषा, संस्कृति र वेषभूषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्छौँ’, उनले सन्देशमा उल्लेख गरेका छन्। उनले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारलाई संस्थागत गर्ने बताए।
संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित सङ्घीयताको कुशल कार्यान्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प गरेको मुख्यमन्त्री केसीले उल्लेख गरे।
‘विगतका राज्यव्यवस्थाले सिर्जना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिकलगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवादोन्मुख व्यवस्था निर्माण गर्ने हाम्रो संविधानको सङ्कल्प छ’, शुभकामना सन्देशमा उल्लेख छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।