प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताएका हुन्। अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न आज साँझ प्रधानमन्त्री देउवा खुमलटार आएको अध्यक्ष दाहालका प्रेसविज्ञ विष्णु सापकोटाले जानकारी दिए।
“अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यका बारेमा चासो राख्दै फोन लगाउनुभएको थियो। सोही क्रममा प्रधानमन्त्री पनि यही हुनुहुन्छ भनेर अध्यक्षले भन्नुभयो। अध्यक्षको फोनबाटै प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारले बेहोर्ने बताउनुभयो”, सापकोटाले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल भारतमा उपचारत छन्। रासस
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनैपनि सल्लाह नगरी एकलौटी ढंगले काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।
अध्यक्ष ओली बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेटन उपाध्यक्षद्धय सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेललाई लिएर बालुवाटार पुगेका थिए।
झण्डै दुई घण्टा लामो वार्ता पछि उनीहरु त्यहाँबाट बाहिरिएका थिए। बाहिरिने क्रममा एमाले उपाध्यक्ष सुवास नेम्वाङले सरकारले एकलौटी ढंगले विधेयकहरु ल्याएको प्रति प्रधानमन्त्री देउवासँग आपत्ति जनाएको जानकारी दिए।
‘हामीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य, निरुपण तथा मेलमिलाप आयोग विधेयक, नागरिकता विधेयक ल्याउँदा हामीसँग कुनैपनि परामर्श गरिएन। यही बिषयमा आपत्ति रह्यो’, उनले भने।
नेम्वाङका अनुसार ओलीले गठबन्धन गरेर गएपनि निषेधको राजनीति नगर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए। ‘अध्यक्षले स्वच्छ प्रतिस्पर्धा गर्नुहोस, अपवित्र गठबन्धन नगर्नुहोस र निषेधको राजनीति पनि नर्गुहोस भन्नुभएको छ’, उनले भने।
अध्यक्ष ओलीलले महँगी बढेको तर्फ पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।