सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
यस्तै, बैठकले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह समेत गरेको छ।
प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले धान दिवसका दिन असार १५ र चैत १२ (जुम्लामा मात्र), साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १, प्रदेश स्थापना तथा शहीद दिवस भदौ ४, चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला (जुम्लामा मात्र) असोज कृष्ण त्रयोदशी, माघे सङ्क्रान्ति माघ १, चैते दशैँ चैत शुक्लअष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथिअनुसार बिदा दिने निर्णय गरेको हो ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।