प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएकाअ छन्। आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मंगलबार पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए। रासस
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनैपनि सल्लाह नगरी एकलौटी ढंगले काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।
अध्यक्ष ओली बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेटन उपाध्यक्षद्धय सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेललाई लिएर बालुवाटार पुगेका थिए।
झण्डै दुई घण्टा लामो वार्ता पछि उनीहरु त्यहाँबाट बाहिरिएका थिए। बाहिरिने क्रममा एमाले उपाध्यक्ष सुवास नेम्वाङले सरकारले एकलौटी ढंगले विधेयकहरु ल्याएको प्रति प्रधानमन्त्री देउवासँग आपत्ति जनाएको जानकारी दिए।
‘हामीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य, निरुपण तथा मेलमिलाप आयोग विधेयक, नागरिकता विधेयक ल्याउँदा हामीसँग कुनैपनि परामर्श गरिएन। यही बिषयमा आपत्ति रह्यो’, उनले भने।
नेम्वाङका अनुसार ओलीले गठबन्धन गरेर गएपनि निषेधको राजनीति नगर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए। ‘अध्यक्षले स्वच्छ प्रतिस्पर्धा गर्नुहोस, अपवित्र गठबन्धन नगर्नुहोस र निषेधको राजनीति पनि नर्गुहोस भन्नुभएको छ’, उनले भने।
अध्यक्ष ओलीलले महँगी बढेको तर्फ पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।