एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दुई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन।
२०७५ जेठ २ को पार्टी संरचनामा फर्कन ओलीले आनाकानी गरेकाले अन्य विषयमा विश्वास गर्न नसकिने भनाइ नेपालबाट आएपछि कार्यदलको बैठकसमेत प्रभावित भएको हो। बैठक बस्न साँझ सिंहदरबारमा कार्यदल सदस्य भेला भए पनि कुनै छलफल भएन। ओली पक्षका विष्णु पौडेल उपस्थित नभएपछि शुक्रबार ११ बजे बैठक बस्ने भन्दै कार्यदलका अरू सदस्य बाहिरिएका थिए। पौडेलको अनुपस्थितिले कतै ओली फेरि जालझेलमा लागे कि भन्ने शंका उत्पन्न भएको नेपाल समूहका एक नेताले बताए। ओलीको ध्यान सर्वोच्च अदालतमा परेको रिटमा गरिएको हस्ताक्षर फिर्ता गराउनेतर्फ केन्द्रित हुँदा समस्या उत्पन्न भएको उनको बुझाइ छ।
बिहीबार साँझ नेताहरू निकै उत्साहका साथ कार्यदलको बैठकमा भाग लिन सिंहदरबार पुगेका थिए। ओली पक्षका सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली र विष्णु रिमालका साथै नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी हुन पुगेका थिए। एकै छिनमा कार्यदलको बैठक शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित भएको बताएर नेम्बाङ बैठकस्थलबाट निस्केका थिए। बैठकस्थलबाट बाहिरिने क्रममा नेपाल पक्षका नेता भुसालले १० दिनअघि तय गरेका अजेन्डामै विवाद अड्किएको बताए। यसले विवाद मिल्ने दिशातर्फ भनी मंगलबार र बुधबार गरिएको दाबीको समेत खण्डन गरेको छ।
नेता नेपालले सम्मानजनक सहकार्य र सहमति खोजिरहेका छन्। उनले निर्वाचन आयोगलगायत संवैधानिक निकायमा आफ्नो पनि हस्ताक्षर चल्नुपर्ने प्रस्ताव गरेका छन्। सो विषयमा ओलीले सहमति जनाउन सकेका छैनन्। ‘नेपालले जे विषयवस्तु उठाउनुभएको छ त्यो विषयमा ओलीको सहमति छैन त्यसकारण पनि कार्यदलको बैठक बस्न ढिलाइ भएको हो। कार्यदलको बैठकमा शक्ति सन्तुलन र सांगठनिक तथा राजनीतिक भागबन्डाको विषय उठेको थिएन। दुई नेताहरू बुधबार संवादमा बस्दा यो विषय उठेको हो’, कार्यदलका एक सदस्यले भने। ‘कार्यदलमा छलफल नै नभएको विषयमा दुवै नेता कुरा उठाउँछन् र दुवै मिल्नेभन्दा पनि विवाद लम्ब्याउन लाग्छन्, यही कुरा हामीले बुझ्न सकेका छैनौ’, ओली पक्षका एक नेताले भने।
ओली पक्षका नेताहरू विभिन्न शक्ति केन्द्रको दबाबका कारण नेपालले ओलीलाई विश्वास नगरेको बताएका छन्। ‘सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने र त्यसपछि मात्रै एमाले विभाजन गराउन सहज हुन्छ भन्ने बुझाइ विभिन्न शक्ति केन्द्रको छ। त्यो कुरा एमालेको दुवै खेमामा लागु हुन्छ’, एक नेताले दाबी गरे। उनका अनुसार कार्यदलमा कुरा मिल्ने तर दुई नेता एक ठाउँ बसेपछि बिग्रने गरेको छ। नेता नेपालले सांगठनिक रूपमै शक्ति बाँडफाँडको कुरा गरेपछि ओली असहमत हुनुपर्ने कारण नरहेको तर ओलीले असहमति प्रकट गरिसकेकाले कहीं न कहीं अप्ठेरो परिस्थिति सिर्जना भएको कार्यदलका एक सदस्यले बताए।
नेकपा (एमाले) ले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको हाे।
बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। ‘मिसन ग्रासरुट’ नाम दिइएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए। सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहलाई पालिकाहरुमा खटाइने उनले बताए।
केन्द्रिय सदस्यहरुलाई पार्टी सदस्यको सदस्यता नविकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले उल्लेख गरे। सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा शुरु हुने उनले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।