ओली पक्षका निष्कर्षः एकताका लागि नेपालसँग संवाद
२३ जेष्ठ २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
ओली पक्षका निष्कर्षः एकताका लागि नेपालसँग संवाद

सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले मात्रै टुंगोमा पुग्न नसकिने निष्कर्ष निकालेको छ। पछिल्लोपटक अनौपचारिक संवादमा रहेका दोस्रो पुस्ताका नेताहरूले मात्रै कुराकानी गरेर एकताको सम्भावना नदेखिएकाले नेपालसँगै बसेर गहन छलफल गर्नुपर्ने निष्कर्ष सो पक्षले निकालेको हो।

ओली पक्षले सकेसम्म नेपालसँगै औपचारिक–अनौपचारिक कुराकानी गरेर पार्टी एकतालाई जोगाउन सकिने भन्दै नेपालसँगको संवादलाई महत्व दिएको हो। ‘हामी निरन्तर संवादमै छौं। पार्टी विभाजन हुनुहुँदैन भन्ने पक्षमा पार्टीका सबै तह छन्। त्यसकारण संवादलाई नै जोड दिइएको हो। आशा गरौं, संवादले निकास निस्कन्छ,’ उपप्रधानमन्त्रीसमेत रहेका विष्णु पौडेलले भने। नेपाल पक्षको भर्चुअल बैठकले पनि सकेसम्म पार्टी विभाजनलाई रोक्नुपर्ने तर समस्या समाधानको बल भने ओली कोर्टमा रहेको निष्कर्ष निकालेको छ। त्यहीबेला औपचारिक–अनौपचारिक संवादको माध्यमबाट नेपाल पक्षलाई पार्टीबाट बाहिर पठाउन नहुने र सकेसम्म अन्तिम समयसम्म एकताको पहल गर्नुपर्ने निष्कर्षमा ओली पक्ष पनि पुगेको हो। ‘निरन्तरको संवादपछि नै निष्कर्षमा पुग्न सकिन्छ भन्ने हाम्रो धारणा छ। अहिले नै निराश हुनुपर्दैन,’ उपप्रधानमन्त्री पौडेलले भने।

नेपाल पक्षले संवादलाई जोड दिन नसकिए नयाँ दल खोल्नुको विकल्प नभएको जनाएको छ। सो पक्षद्वारा आयोजित केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकले सकेसम्म पार्टी एकतालाई कायमै राखेर जाने निर्णय गरेको थियो। त्यसपछि बसेको स्थायी कमिटी बैठकले ६ वटा बुँदालाई अघि सारेर पार्टी विभाजन रोक्ने प्रयास गर्नुपर्नेमा जोड दिएको छ। नेपाल पक्षले पार्टीका सबै कमिटीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने, माधव नेपालसहितका नेताहरूमाथिको कारबाही फिर्ता हुनुपर्ने, २०७५ जेठभन्दा अगाडिकै स्थायी कमिटीको बैठक बोलाउनुपर्ने, नवौं महाधिवेशनको विधानबमोजिम पार्टी चल्नुपर्ने, तल्लो तहका नेताहरूको व्यवस्थापनका लागि कार्यदल बनाउनुपर्ने, प्रतिनिधसभा विघटन, अध्यादेशलगायत संविधानविपरीतका कार्यमा गल्ती स्वीकार गर्नुपर्ने सर्त अघि सारेको छ। त्यस्ता विषय नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठकमा जोडतोडले उठेका छन्।  

‘पछिल्लोपटक माधव नेपालसँगै विभिन्न चरणमा संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले कुनै निष्कर्षमा पुग्न सकिँदैन। नेपालसँगै सहकार्य गरे पार्टी बलियो र ठूलो हुनेछ भन्ने हाम्रो धारणा हो। यसमा एकपटक होइन, धेरैपटक नेपाललाई आश्वस्त पार्नुपर्ने हुन्छ,’ ओली पक्षबाट संवादका लागि प्रयासरत एक नेताले भने। उनका अनुसार कमजोरी एकातिरबाट मात्र भएको छैन भन्ने स्वीकार भयो भने समस्या सुल्झाउन कठिन हुँदैन। ‘दुवै तर्फबाट इमानदार ढंगले कमजोरी स्वीकार भए पार्टी एकता सम्भव छ। हामी यो प्रयासमा छाैं। भोलिका दिनमा एक्लै हिँडेर कहीँ पुगिँदैन। मुख्य कुरा नेताहरूको व्यवस्थापनको विषय हो। नेताहरूको व्यवस्थापन भए समस्या सुल्झिन्छ,’ उनले भने। खासगरी अबको निर्वाचनमा कसको हैसियत के हुन्छ भन्नेबारे खुलस्त कुरा भए समस्या सुल्झन समय नलाग्ने ती नेताको भनाइ छ। फरक विचार समूहमा रहेका साथीहरू पनि नयाँ दल खोल्ने पक्षमा नभएकाले संवादलाई नै अघि बढाउने पक्षमा ओली समूहका नेताहरूले जोड दिएका छन्।  

ओली पक्षसँगको संवादका क्रममा नेपाल पक्षले यसअघि वरिष्ठ नेता नेपालले अगाडि सारेको ६ बुँदे प्रस्तावमा सहमति भए मात्रै एकता सम्भव रहेको जनाएको छ। त्यसमा ओलीले पछिल्लो प्रतिनिधिसभा विघटनमा भएको कमजोरी स्वीकार गर्नुपर्ने नयाँ प्रस्तावलाई पनि अघि सारिएको छ । ‘अघिल्लोपटक पुस ५ गते गरिएको संसद् विघटनबारे पछि समीक्षा गरौंला तर कार्यदलमा छलफल चलिरहेकै बेला स्वेच्छाचारी ढंगले संसद् विघटन भयो। यो सामान्य विषय हुँदै होइन, यसलाई ओलीले कमजोरीका रूपमा स्वीकार गर्नुपर्छ, २०७५ जेठ २ मा फर्किने विषयसँगै संसद् विघटनको घटना भएकाले त्यसमा भएको कमजोरी स्वीकार नगरेसम्म एकताको सम्भावना निकै कमजोर रहेको छ,’ नेपाल पक्षका एक नेताले भने।  

नेपाल पक्षसँगको अनौपचारिक संवादमा ओली पक्षले भने प्रधानमन्त्रीविरुद्धको हस्ताक्षर र सर्वोच्च अदालतमा रिट दर्ताबाट फिर्ता हुनुपर्ने अडान राखेको छ। तर नेपाल पक्षले संसद् विघटनमा कमजोरी स्वीकार नगरेसम्म फिर्ता नहुने अडान राखेकै कारण अनौपचारिक संवादमा कुरा नमिलेको सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहितका नेताहरूले बैठकलाई जनाएका थिए । त्यसलाई अडानका रूपमा नभई सर्वोच्च अदालतले जे फैसला गर्छ, त्यसलाई मानेर जाने गरी २०७५ जेठ २ मा फर्किएर एकता जोगाउन सकिने मध्यमार्गी विचारसमेत अघि सारिएको नेपाल पक्षका नेताहरूले जनाएका छन्। संवाद चलिरहेका बेला संसद् विघटन गर्नु र नेताहरूलाई कारबाही गरेर संवाद गर्नुको अर्थ नभएको पनि नेताहरूले जनाएका थिए।  

'बालुवा पेलेर तेल आउँदैन’

नेता माधवकुमार नेपालले आफू पक्षीय जिल्ला कमिटी अध्यक्षसहित पदाधिकारीहरूको बैठकमा अध्यक्ष केपी ओलीले वार्ताको नाटक गरेर अल्मल्याउन मात्रै खोजेको आरोप लगाएका छन्। एमालेभित्रको आन्तरिक विवाद मिलाउन ओलीले इमानदार प्रयत्न नगरेकाले बालुवाटारको बालुवा पेलेर तेल निस्कन नसक्ने भनाइ उनले राखेका छन्। प्रधानमन्त्री केपी ओलीसँग झुकेर वार्ता गर्ने र आत्मसमर्पण गर्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै नेता नेपालले आफू कमजोर हुँदा ओलीले झुक्यााउने गरेको र अहिले पनि वार्ताका नाममा झुक्याउने प्रयासमा लागेकाले आफूलाई अब ओली सच्चिएर आउलान् भन्ने नै लाग्न छाडेको तर पनि साथीहरूले प्रयासचाहि“ गरिरहेको बताएका थिए।

नेता नेपालले जिल्लाका पदाधिकारीहरूको सुझावकै आधारमा आफू अगाडि बढ्ने र त्यसका लागि खुलस्त सुझाव दिन आग्रह गरेका थिए। ‘ओलीले वार्ताका नाममा अलमलाउने खेती मात्र गरिरहेका छन्। कम्तीमा आफूलाई भने ओली अब सच्चिएर आउँछन् भन्ने लागेको छैन,’ नेता नेपालको भनाइ उद्धृत गर्दै एक जिल्ला अध्यक्षले भने। जिल्लाका पदाधिकारीहरूसँग भने नेता नेपाल मात्रै भर्चुअल बैठकमा सहभागी थिए। सो भर्चुअल बैठकमा सहभागी २ सय ३ पदाधिकारीमध्ये शनिबार ३० जनाले सुझावसहितको धारणा राखेका थिए।  

ओलीले एमालेभित्रको विवाद मिलाउन सर्वाेच्च अदालतमा नेपालसहितका उनी पक्षधरर नेताले हस्ताक्षर गरी दर्ता गरेको रिटबाट नाम फिर्ता लिन गरेको आग्रह स्वीकार्य नहुने बताएका थिए। ‘ओली नेतृत्वको सरकार हेर्नुभएकै छ, ओलीले कस्ता मान्छेलाई समेटेर मन्त्रिमण्डल बनाएका छन्,’ नेता नेपालले भनेका थिए। उनले संवादका नाममा धेरै समय अल्झिनेतिर जान नहुने भन्दै एक स्टेप चाल्नैपर्ने अवस्था आएको बताएका थिए।

अर्को समाचार
गाउँपालिका अध्यक्षले बोलाएको बैठक बहिस्कार
१९ भदौ २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
गाउँपालिका अध्यक्षले बोलाएको बैठक बहिस्कार

आन्तरिक विवादका कारण कार्यापालिकाको बैठकसमेत बस्न नसकेको गजुरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट समेत ल्याउन सकेको छैन। लामो समयपछि शुक्रबार बस्ने भनिएको बैठक पनि बहुमत सदस्यले बहिस्कार गरेका छन्। जिल्लाको गजुरी गाउँपालिकाका अध्यक्षले रिसोर्टमा बोलाएको कार्यपालिका बैठक बहुमत सदस्यले बहिस्कार गरेका हुन्।

गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बिनाएजेण्डा रिसोर्टमा बोलाएको बैठक गाउँपालिका उपाध्यक्ष सीता ढुंगानासहित बहुमत सदस्यले बहिस्कार गरेका हुन्। सिद्धलेक गाउँपालिकामा पर्ने रिभरपार्क बिच रिसोर्टमा गाउँपालिका अध्यक्षले बैठकका लागि बुक गरेको थियो। रिसोर्टका कर्मचारीका अनुसार गाउँपालिका अध्यक्ष बस्नेतले भदौ १८ र १९ गते लागि २ दिनका लागि रिसोर्ट बुक गरेका थिए।

यसअघि गाउँपालिका क्षेत्रभित्रैै तथा पालिकाकै बैठक हलमा हुने गरेपनि यसपाली गाउँपालिका क्षेत्रभन्दा बाहिर बैठक राखेकाले बहिस्कार गरेको गाउँपालिकाका उपाध्यक्ष सीता ढुङगानाले बताइन्। ‘गाउँपालिकाको सरकारी कार्यालय नै बैठक बस्ने ठाउँ छ, त्यहाँ नभएर श्रोतकेन्द्रको हल पनि छ’, उपाध्यक्ष ढुंगानाले भनिन् ‘आफ्नो पालिका छोडेर अन्यत्र रिसोर्टमा राखिएको बैठकमा सहभागी हुन उपयुक्त नठानेर रिसोर्टको बैठक बहिस्कार गरेका हौं।’

बैठकका लागि गाउँपालिका अध्यक्ष बस्नेत र १ नं. वडा अध्यक्ष राजकुमार पण्डित रिसोर्टमा पुगे पनि बाँकी ७ जना वडा अध्यक्ष र कार्यपालिका अन्य सदस्यहरु कोही पनि रिसोर्ट पुगेनन्। गाउँपालिका अध्यक्षले आफू रिसोर्टमा पुगेर बैठकमा सहभागीहरुलाई लिन स्कुल बस गाउँपालिका कार्यालयमा पठाएका थिए  तर उपाध्यक्षसहित वडा अध्यक्ष र कार्यापालिका सदस्यहरुले त्यो बस रित्तै फर्काइदिएका थिए।

गाउँपालिका अध्यक्षले भने कार्यपालिका सदस्यहरुकै सल्लाहमा कार्यालय बाहिर बैठक राखेको बताए। ‘बैठकमा गहन छलफल गर्नुपर्ने भएकोले एउटै विषयमा मात्रै लगनशील भएर काम गरौं भनेर पालिका बाहिर बैठक राखिएको हो, अध्यक्ष बस्नेतले भने, उहाँहरु सहभागी हुनुभएन।’ रिसोर्टमा दैनिक भ्याटबाहेक प्रतिव्यक्ति २५ सय रुपैयाँको दरले ३५ जनाका लागि बुक गरिएको थियो।

गजुरी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको खर्च अनुमोदन गर्न नसक्दा यो वर्षको बजेटसमेत ल्याउन सकेको छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश घिमिरेले आफू केही दिन बिदामा बसेको र पालिकाकौ बैठक भनेर आउदाँ स्थगित भएको बताए।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस