प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठकमा सहभागी हुन जाँदै (फाेटाेफिचर)
२७ वैशाख २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठकमा सहभागी हुन जाँदै (फाेटाेफिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री ओली आज प्रतिनिधिसभा बैठकमा सहभागी हुन गएका छन्। उनकै पक्षका केही सांसदहरूले बैठक बहिस्कार गर्ने घोषणा सँगै यसलाई चासोका साथ हेरेका छन्।

 

 

लोकप्रिय
अर्को समाचार
संसदमा जुहारी : विधेयक पास नगरी अधिवेशन सकिने संकेत
२९ चैत्र २०८०
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
संसदमा जुहारी : विधेयक पास नगरी अधिवेशन सकिने संकेत

प्रतिनिधिसभा बैठक बुधबार कार्यसूचीमा प्रवेश नगरी तीन दिनपछि बस्ने गरी स्थगित भएको छ। बैठकमा छुट्याइएको आकस्मिक समयमा दलका प्रतिनिधिले आआफ्ना भनाइ राखेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण अन्य कारबाही अघि बढ्न सकेन।

आकस्मिक समयपछि सभामुख देवराज घिमिरेले शून्य समय सुरु भएको जानकारी गराउना साथ कांग्रेसका सांसदले उठेर विरोध गरेपछि बैठक कार्यसूचीमा प्रवेश नगरी वैशाख २ गतेसम्मका लागि स्थगित भएको हो।

सभामुखले बस्न आग्रह गर्दा पनि कांग्रेसका सांसदले सहकारीको रकम ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै उभिइरहे। त्यसपछि सभामुखले बैठक चल्न नसक्ने भन्दै स्थगित गरेका हुन्।

सरकारले सहकारीको विषयमा संसदीय छानबिन समिति गठन गर्ने अवस्था देखिएको छैन। कांग्रेसले संसदीय छानबिन समिति गठन गरेपछि मात्रै कार्यसूचीमा प्रवेश गर्न दिने अडान लिएको छ।

दुवैका अडान कायम रहे संसद्का काम अधुरै राखेर अधिवेशन अन्त्य हुने खतरा देखिएको संसद् सचिवालय स्रोतले बतायो। ‘सभामुखले जबरजस्ती बैठक सञ्चालन गरे प्रतिपक्षी दलले उग्र रूपमा प्रस्तुत हुने संकेत दिएको छ। त्यसैले अब संसद्का काम अघि बढ्ने अवस्था देखिँदैन,’ सचिवालयका एक अधिकारीले भने।

संसद् अवरुद्ध हुनुअघि बोल्ने क्रममा सहकारीमा बचतकर्ताको करोडौं रूपैयाँ अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै सत्तापक्ष र समिति गठन गर्न नसकिने भन्दै प्रतिपक्ष भनाभनमा उत्रिएका थिए। 

प्रमुख प्रतिपक्षी कांग्रेस गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायतले गरेको रकम हिनामिनाको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने अडानमा छ। सत्तापक्षका सांसदले सहकारीको समस्या समाधान गर्न राष्ट्रिय बहस हुनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री भएपछि उनीमाथिको प्रहरी अनुसन्धान रोकिएको आशंका कांग्रेसको छ। काठमाडौंबाट सिआइबीले दुईजना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठाई लामिछाने सहकारी ठगीमा संलग्न भएनभएको रिपोर्ट तयार गर्न लगाएको थियो।

सोही समयमा सत्ता समीकरण परिवर्तन भएपछि छानबिन प्रभावित पारिएको कांग्रेस सांसद रामहरि खतिवडाले बताए। उनले लामिछाने गृहमन्त्री भएपछि सहकारीपीडित झन् समस्यामा परेको बताए। आफूहरूले निष्पक्ष छानबिन आयोग बनाउन वा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले नसुनेको उनको भनाइ थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्लाई सम्बोधन गर्दा गृहमन्त्री लामिछाने निर्दोष भएको बताएका थिए। छानबिन नगरी अरोपितलाई निर्दोष करार गर्ने अधिकारी प्रधानमन्त्रीलाई नभएको खतिवडाले बताए।  

एमाले सांसद सूर्यबहादुर थापाले कांग्रेसले संसद्मा सहकारीको छानबिन समिति गठन गर्ने भनी उठाएको विषय सहकारीपीडितको हितका लागि भन्दा पनि सत्ता गठबन्धमा भ्वाङ पार्ने उद्देश्यले प्रेरित भएको बताए।

सूर्यदर्शन सहकारीबारे कास्की जिल्ला अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने थाहा हुँदाहुँदै पनि त्यो विषय मात्र उठाएकाले कांग्रेसको नियतमा शंका उब्जिएको उनको भनाइ थियो।

‘सहकारीको विषय आज घरघरको, समाजको, राष्ट्रको बहस बनेको छ। हामी यसमा बहस केन्द्रित होस् भन्ने चाहन्छौं तर व्यक्तिकेन्द्रितमा बहर भइरहेको छ,’ उनले भने, ‘संसद्मा सहकारीको विषय कुनै निष्कर्षमा पु¥याउने काम भएको छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रतिपक्षी दलले व्यक्तिमाथि प्रहार गरी कुण्ठाको राजनीतिक गरिरहेको अरोप लगाए। उनले संसद्को नियमावलीमा पनि एकै व्यक्तिमाथि पटक–पटक निराधार आरोप लगाउन नमिल्ने उल्लेख भएको बताए।

गृहमन्त्री लामिछानेको विषयमा सुरक्षा निकायले आफ्नो राय दिइसकेको र प्रधानमन्त्रीले पनि संसद्लाई जानकारी दिइसकेको विषयमा प्रतिपक्षीले पटकपटक कुरा उठाएर संसद्लाई बन्धक बनाउन खोेजेको उनले बताए। उनले दर्ता नभएको जाहेरीलाई मुद्दा बनाएर गृहमन्त्री एव रास्वपा सभापति लामिछानेविरुद्ध केही पत्रकारलाई लेख्न लगाइएको सूचना प्राप्त भएको बताए।

‘त्यसमा प्रश्न छ, निष्कर्ष छैन। कानुनी र प्रक्रियागत रूपमा जाऔं। कति कुण्ठा पालेर बस्नुहुन्छ। यस्तो राजनीति नगरौं,’ उनले भने। उनले २०४७ सालपछिका सबै फाइल खोल्न आग्रह गरे। ‘सबैको फाइल खोलौं, मेरै सभापतिको पनि खोलौं,’ उनले भने।

राप्रपा र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसदले पनि सहकारीको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही र नेकपा एसका राजेन्द्र पाण्डेले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन माग गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सहकारी ठगलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। उनले २०४७ सालपछिका सबै नेताको मात्र नभई कर्मचारीहरूको पनि सम्पत्ति छानबिन गर्न माग गरे।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस