नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ।
सो समूहले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न १३ घन्टेअल्टिमेटम दिँदै प्रधानमन्त्री ओलीले प्रतिवद्धता पूरा गरेको खण्डमा भोलि संसदमा विश्वासको मत दिने नेता योगेश भट्टराईले बताए।
उनले प्रधानमन्त्री ओलीले प्रतिवद्धता पूरा नगरी आपूmखुसी गरी आफूहरुलाई किनारा लगाउने ढंगले काम गरे भोलि अझ कठोर निर्णय हुने बताए।
‘भोलि ९ बजेसम्म ओलीले हाम्रो मागको सम्बोधन नगरे तत्काल बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिन्छौं।’ नेता भट्टराईले भने।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्। मंगलबार अपरान्ह बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्।
बैठकमा सांसदहरुले सत्तारुढ दलहरुसँग परामर्श गरेर मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए भने प्रधानमन्त्री देउवाले सबै दलसँग सम्वाद गरेर एमसीसीलाई पनि अघि बढाउने धारणा राखेका थिए। एमसीसीबारे अघिल्ला सरकारहरुले पनि कानुन प्रक्रियाअघि बढाएकाले यसलाई अन्य दलहरुसँग पनि विस्तृत छलफल गरेरअघि बढाउने धारणा प्रधानमन्त्रीले दलको बैठकमा राखेका थिए।
काँग्रेस संसदीय दलले संघीय संसदको बुधबारबाट सुरु हुने बैठकमा संसदमा विचाराधीन अध्यादेश तथा विधेयकहरु पारित गरेर जाने निर्णय पनि गरेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा विचाराधीन राजनीतिक दलसम्बन्धी अध्यादेशलगायतका अध्यादेश र विधेयकहरु संसदको पहिलो बैठकबाटै छलफलका लागि अघि बढाउने जानकारी गराए।
गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका सम्बन्धमा भारत सरकारलाई पठाइएको कूटनीतिक नोटबारे पनि बुधबारकै बैठकमा संसदलाई जानकारी गराउने बताए। दार्चुला घटनाका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ संसदको पहिलो बैठकमा गृहमन्त्री खाँणले जानकारी गराउने विषयमा पनि दलको बैठकमा छलफल गरिएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।