नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिँदै २४ घण्टे स्पष्टिकरण सोधेको छ। पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिँदै पार्टी छाडे नछाडेको बारेमा २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्दैशन दिएको हो।
गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन्। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन्।
बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ। एमालेमा लागेका माओवादी नेताहरुलाई पनि पार्टी छाडेको हो होइन भन्नेबारेमा स्पष्टिकरण सोधेको हो।
त्यस्तै, बैठकले चैत २ गते हुने भनिएको राष्ट्रिय भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ। चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। एमालेसँगको पार्टी एकता भंग भएपछि पहिलोपटक बसेको क्रान्तिकारीको केन्द्रीय समितिको विस्तारित बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।
संगठनको गत १४ चैतमा बसेको बैठकले संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने कार्ययोजनासमेत तय गरेको छ। अभियानको कार्ययोजनाअन्तर्गत २० वैशाखसम्म प्रदेशस्तरीय प्रशिक्षण भेला तथा बैठक तथा अभियानको उद्घाटन गर्ने, वैशाख मसान्तसम्म जिल्लाका प्रशिक्षण तथा बैठक र एकाइ गठन, पुनर्गठन तथा भेला सम्मेलन सम्पन्न गर्ने, १ जेठमा विद्यार्थी दिवसको अवसर पारेर सात वटै प्रदेशमा जनपरिचालनसहित विद्यार्थी प्रदर्शन सभा गर्ने र १५ जेठसम्म स्थानीय निकाय कमिटीहरूको सम्मेलन सम्पन्न गर्ने कार्यक्रम छ।
क्रान्तिकारीले अभियानका लागि जिम्मेवारीसमेत तोकेको छ। प्रदेश १ मा तिलकराज भण्डारी, राजकुमार याक्सो र मदन भट्टराई, २ मा दीपक देवकोटा, गजेन्द्र देव र सुर्यनारायण शाह, वागमतीमा उत्तम अधिकारी, जिपी मैनाली र पवन कार्की, गण्डकीमा सुरेन्द्र बस्नेत, आशा तमु र क्षितिज सापकोटा, लुम्बिनीमा इन्द्र भुसाल, मिलन एमसी र नारायण खनाल, कर्णाली प्रदेश, दिपेश पुन र अमरजंग शाही, सुदूरपश्चिममा विजय गौतम, लक्ष्मी जोशी र मदन भुल र विश्वविद्यालय विशेष प्रदेशमा पञ्चा सिंह, तुकमान महरा र अच्यूत भट्टलाई अभियान सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।