चाडपर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएका छन्ः सभापति देउवा
२७ फागुन २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
चाडपर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएका छन्ः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रीका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्री” महत्वपूर्ण र पवित्र पर्व भएको जनाउँदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन्।  

प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले सबै चाडपर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दका धरोहर भएको बताएका छन्।

लोकप्रिय
अर्को समाचार
चाडपर्वप्रतिका चिन्तन
१४ चैत्र २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
चाडपर्वप्रतिका चिन्तन

चाडपर्वले कामकाजबाट थाकेका मानिसलाई केही समय भए पनि आराम दिलाउँछन्। मीठोमसिनो खाने रहर पाल्नेलाई केही छाक भए पनि तिर्सना मेटाउँछन्। एकसरो गतिलो कपडाको चाहना चाडपर्वमा पूरा हुन्छ। एकोहोरो कामले थाकेकाहरूका निम्ति मनोरञ्जन मिल्छ। यस अर्थमा नेपालका प्रत्येक चाडपर्व महोत्सव हुन्। जसले सबैलाई पुनर्ताजगी गराउँछन्। अझ सबैभन्दा मुख्य कुरा यिनले संस्कृतिको जगेर्ना गर्छन् र सनातनी गतिविधिलाई निरन्तरता दिन्छन्। त्यसैले हाम्रा पर्व महान् छन्। अनुशरणीय छन्।  

तर पछिल्लो समय यस्ता पर्वका नाममा भइरहेका विकृति टाउको दुखाइ बन्न पुगेका छन्। भर्खरै सकिएको फागु पर्वका क्रममा भएको झडपमा ललितपुरको ढोलाहिटीमा दुई जनाको ज्यानै गएको छ। अर्कोतर्फ कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेका १७ जनामध्ये एकजना बेपत्ता छन्। अन्यत्र पनि झडपका दर्जनौँ घटना भएका छन्। जसले फागु पर्वलाई विकृत तुल्याउँदै लगेको प्रष्ट हुन्छ।

फागु आपसमा रङ दलेर रमाइलो गर्ने पर्वका रूपमा बुझिन्छ। तर आफू–आफूबाहेक अपरिचितलाई पनि इच्छाविपरित रङ दल्ने, उसका कपडा र शरीर बिटुल्याइदिने, पानी खन्याइदिने, रङ हालिएका बेलुन, प्लास्टिक आदि पोका प्रहारबाट कतिपय अवस्थामा घाउचोट लगाइदिने जस्ता कामसमेत यतिबेला हुँदै आएका छन्। त्यति मात्र हैन, मादक पदार्थ सेवन गर्ने, ठूलो ठूलो स्वरमा संगीत बजाएर अरूलाई अवरोध पुर्‍याउने जस्ता काम हुने गरेको छ। हेलमेट नलगाइ मोटरसाइकल चलाउने, चार–पाँच जना चढ्ने, तीव्र गतिमा कुदाउने गतिविधिसमेत फागु पर्वका बेला हुने गरेका छन्। यस्तै कार्य गरेको अभियोगमा दुई सय ७७ जना पक्राउ पर्नुले पनि विकृतिको आकार कति ठूलो छ भन्ने थाहा पाउन सघाउँछ।

पर्व मनाउन पाइन्छ। यो अधिकारकै कुरा हो। तर आफूले कुनै पनि अधिकार प्रयोग गर्दा अरूलाई अवरोध पुर्‍याउन पाइन्न भन्नेचाहिँ थाहा नहुनु विडम्बनाकै कुरा हो। पर्वमा सामेल नभएकालाई जबर्जस्ती गर्नु, होहल्ला मच्चाउनु, रिसइवी फेर्ने मौकाका रूपमा दुरूपयोग गर्नु, मौलिकता रक्षा गर्नुको बदला हिंसात्मक र भयमय बनाउनु दुःखद पक्ष हुन्। जसले हाम्रो चेतनाको स्तर झन् झन् खस्केको प्रमाणित गर्छ भने पर्वहरूप्रति पनि सतर्क हुनुपर्ने अवस्था सिर्जना गराउँछ।

मौलिकता हाम्रो सम्पदा हो। संस्कृति हाम्रो पहिचान हो। जात्रा, पर्व र मेला÷भेला हाम्रा संस्कार हुन्। यस्ता सम्पदा र संस्कार सबै शिक्षाप्रद् छन् जसबाट केही न केही शिक्षा अनुशरण गर्न सकिन्छ। हाम्रा पुर्खाले सुरु गरेका कुनै पर्व यस्ता छैनन् जसमा सिक्नलायक कुरा नहुन्। ती स्वास्थ्य, सफासुग्घर, अनुशासन, ममता र सम्मानसँग कुनै न कुनै रूपमा जोडिएकै छन्। मात्र यिनलाई अनुशरण कसरी गर्ने भन्ने विषय फरक हो। तर हामीले यी पक्षमा भन्दा पर्वलाई तडकभडक बनाउन बढी ध्यान दियौँ जसका कारण माथि उल्लिखित दुर्घटना हुन पुगे। यसले पक्कै पनि समाजमा राम्रो सन्देश गएको छैन।  

पर्वहरूलाई निरन्तरता दिनुको मतलब यी कालजयी रहून् भन्ने पनि हो। प्रत्येक नयाँ पुस्ताले यसलाई आत्मसात गरुन् भन्ने पनि हो। अनि यसका राम्रा पक्षबाट भरपुर फाइदा लिन सकून् भन्ने पनि हो। यस्तो कार्यले नेपालीपनलाई युगौँसम्म जीवित राख्न सक्छ। तर पछिल्लो समय पर्व मनाउने नाममा जे÷जस्ता हर्कत भइरहेका छन्, ती भत्र्सनायोग्य छन्। यस्ता घटनामा संलग्नले आफूलाई त डुबाए डुबाए, अन्यलाई पनि पीडा दिएका छन्। र, समग्रमा पर्वप्रति नै वितृष्ण फैलाउन मद्दत गरेका छन्। यो कार्य कुनै पनि दृष्टिकोणबाट सही मान्न सकिन्न।

नेपाल यस्तो मुलुक हो जहाँ वर्षको तीन सय ६५ दिन नै कुनै न कुनै पर्व परिरहेका हुन्छन्। कुनै दिन यस्तो हुन्न जुन दिन कुनै न कुनै जातको, कुनै न कुनै धर्मावलम्बीको, कुनै न कुनै भूगोलमा जात्रा÷पर्व परेको नहोस्। त्यसैले विशेषगरी यस्ता पर्वका नाममा हुन सक्ने विकृति तथा दुर्घटनाबाट सबैलाई सुरक्षित तुल्याउन र स्थिति भड्किन नदिन सुरक्षा निकायबाट यस्ता पर्वको तिथिमितिअघि नै आवश्यक तयारी गर्नु आवश्यक छ। घटना सुरक्षा निकायसँग मात्र सम्बन्धित छैन। पर्व मनाउनेहरूले पनि आफ्नो अधिकार प्रयोग गर्दा संयम अपनाउनु उत्तिकै आवश्यक छ। त्यसबाहेक पर्व मनाउने तरिका, यस क्रममा हुन सक्ने घटना र त्यसमा संलग्न भएमा हुने कारबाहीबारे अग्रिम जानकारी गराउन पनि उत्तिकै आवश्यक छ। खासमा यो राज्यको दायित्व पनि हो। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस