नेकपा विवादले संसद् व्यवस्थापन कठिन
१८ फागुन २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेकपा विवादले संसद् व्यवस्थापन कठिन

नेकपा विवादले संसद्का कामकारबाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ। संसद् विघटनअघि र पुनःस्थापनापछिको संसद् बैठकमा उही राजनीतिक दल भए पनि नेकपाभित्रको विचलनले अप्ठेरो अवस्था आउने संकेत देखिएपछि यतिबेला संसद् सचिवालय निकै सकसमा परेको छ।

अबका विभिन्न बैठकमा आमन्त्रण गर्ने, सुविधा दिने र अन्य छलफलहरूमा हुने व्यवस्थापनमा संसद् सचिवालयलाई आफ्नो तर्फबाट निर्णय लिन कठिनाइ हुने संसद् सचिवालयका एक अधिकारीले बताए। ‘निर्णय लिँदा तटस्थ भूमिका कसरी निभाउन सकिन्छ भनेर सचिवालय सतर्क छ, राजनीतिक विषयमा दलहरू नमिलेसम्म सचिवालयले एक्लै निर्णय लिन सक्दैन,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए र विशाल भट्टराईलाई नियुक्त गरेका छन्। नेकपा संसदीय दलबाट प्रमुख सचेतक भट्टराई नियुक्त भएको जानकारी आइतबार संसद् सचिवालयमा लिखित रूपमा गराइएको छ। ‘नेकपाको आधिकारिक प्रमुख सचेतक विशाल भट्टराई हुनुहुन्छ, उहाँले नै ह्विप लगाउनुहुन्छ, अब देव गुरुङलाई प्रमुख सचेतकका रूपमा नेकपाले चिन्दैन’ भन्दै नेकपा ओली पक्षका नेताहरूले भनिरहेका छन्। तर गुरुङले आफू प्रमुख सचेतकबाट नहटेको बताएका छन्। ‘नेकपा पार्टीको साधारण सदस्यसमेत नरहनेगरी हटाइएका व्यक्ति (प्रम ओली) बाट मलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाउने कुनै अधिकार छैन,’ उनले भनेका छन्, ‘नेकपाको प्रमुख सचेतक म नै हुँ।’

प्रमुख सचेतक आफू नै रहेको दाबी गर्ने सांसद देव गुरुङ र सोही पदमा प्रधानमन्त्री ओलीबाट नियुक्त सांसद विशाल भट्टराईमध्ये नेकपाको आधिकारिक प्रमुख सचेतकको मान्यता कसलाई दिने भन्नेमा संसद् सचिवालय मौन छ। दुवैजनाले प्रमुख सचेतकमा आ–आफ्नो दाबी प्रस्तुत गर्दा संसद् बैठकमा उनीहरूबाट लगाइने ह्विप कसकोलाई मान्ने भनेर नेकपाका सांसदहरूसमेत अप्ठेरोमा पर्ने भएका छन्।

संसद् सचिवालयलले प्रमुख सचेतकलाई मन्त्रीसरहको सुविधा दिँदै आएको छ। यो सुविधा दुवै प्रमुख सचेतकलाई उपलब्ध गराइएको संसद् सचिवालय स्रोतले बताएको छ। ‘नेकपाका प्रमुख सचेतकमा नियुक्त विशाल भट्टराईले आइतबार प्रमुख सचेतकले पाउने अन्य सुविधासहित एउटा स्कोर्पियो गाडी लगेका छन्,’ सोही स्रोतले भन्यो, ‘अर्का प्रमुख सचेतक गुरुङले तीन वर्षदेखि नै त्यस किसिमको सुविधा पाइरहेका छन्, त्यो सुविधा अहिले पनि कायम छ।’

नेकपाभित्र दुईजना प्रमुख सचेतक भएपछि कार्यव्यवस्था परामर्शको बैठकमा नेकपाबाट कसलाई बोलाउने भन्ने समस्या आएको छ। २३ गते संसद् बैठक सुरु हुनुअघि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम बैठकका अजेन्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने गर्छ। बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधि निर्धारणलगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठह¥याएका अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधिसभामा रहेका दलहरूको प्रतिनिधित्व हुनेगरी १७ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको छ। यो बैठकमा सभामुखले नेकपाका दुवै प्रमुख सचेतकलाई बोलाउने कि एउटालाई भनेर सभामुख अग्निप्रसाद सापकोटाले आन्तरिक छलफल सुरु गरेका छन्।

कानुनी रूपमा नेकपा एउटै भएकाले दुईजनालाई प्रमुख सचेतक कसरी बनाउने भन्ने अन्योल छ। तर राजनीतिक विषय पनि भएकाले यसबारे सभामुखले राजनीतिक छलफल सुरु गरेको स्रोतको भनाइ छ। दुवै प्रमुख सचेतकलाई दलको हैसियतले बोलाउने या सदस्यका रूपमा आमन्त्रित गर्ने भन्ने अन्योल पनि कायमै छ। नियम १३ को उपनियम ३ मा ‘सभामुखले आफूलाई उपयुक्त लागेको कुनै सदस्यलाई कार्यव्यवस्था परामर्श समितिको बैठकमा आमन्त्रित सदस्यका रूपमा आमन्त्रण गर्न सक्नेछन्’ भन्ने उल्लेख छ। संसद् सचिवालयमा अहिले आधिकारिक पार्टी नेकपा मात्रै रहेको अभिलेख छ। नेकपाले जसलाई प्रमुख सचेतक बनाएको छ, उनैलाई नै बैठकको निम्तो दिनेछ। तर यतिबेला भने राजनीतिक विषय भएकाले दुवैलाई निम्तो दिने तयारीमा संसद् सचिवालय रहेको छ। संसद्भित्र दुवै दल फुटेको कानुनी आधार नदेखिएकाले नेकपाका दाहाल–नेपाल समूह र ओली समूहलाई सत्तापक्षकै सिटमा राख्ने व्यवस्था गरिएको छ।

संसदीय दलबाट र संसद्बाट ओलीलाई नहटाएसम्म संसद् सचिवालयको रेकर्डमा संसदीय दलको नेताका रूपमा ओली नै छन्। संसद् सचिवालयका एक अधिकारीले संसद्ले कानुनी कुरा मात्र हेर्नुपर्ने भएकाले अन्य कुरामा जान नसक्ने बताए। ‘दुवै पार्टी फरक छन्। यो राजनीतिक विषय हो, राजनीतिक विषय दलहरूले नै मिलाउने हो,’ उनले भने, ‘प्राविधिक विषय मात्र हामीले मिलाउने हो।’ सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबीचको द्वन्द्वले संघीय संसद्का महासचिव डा. भरतराज गौतम दोहोरो चपेटोमा परिसकेका छन्। संवैधानिक नियुक्तिपछि संसदीय सुनुवाइ हुने/नहुने विषयमा दुवै पक्षबीच एकअर्काले प्रकाशित गरेका विरोधाभासपूर्ण विज्ञप्तिको साक्षी महासविच डा. गौतमले बस्नुपरेको थियो।

राजनीतिक विवादबीच प्रतिनिधिसभाको हिउँदे अधिवेशन फागुन २३ गतेबाट सुरु हुँदै गर्दा अझै कस्ता कठिनाइ आउने हुन् भनेर सचिवालयका अधिकारी तनावमा परेको स्रोतले बताएको छ। संसद्को बर्खे अधिवेशन असार १८ गते अन्त्य भएको थियो। पुस १७ गतेभित्र बस्नुपर्ने संसद् बैठक पुस ५ गते नै प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेपछि दुई महिना अन्योलमा पर्‍यो। सर्वोच्च अदालतले फागुन ११ गते संसद् पुनःस्थापना गर्दै १३ दिनभित्र संसद् बोलाउन भनेपछि २३ गतेदेखि अधिवेशन बोलाइएको छ। संसद् बैठकको सञ्चालन र व्यवस्थापनका लागि सचिवालयले सांसदहरूलाई खोप लगाउने र एक सिटको फरकमा भौतिक दूरी कायम गरेर बस्ने व्यवस्था गरेको छ।

लोकप्रिय
अर्को समाचार
नेकपा विवाद निरूपण प्रक्रिया अघि बढ्ने
२१ फागुन २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेकपा विवाद निरूपण प्रक्रिया अघि बढ्ने

निर्वाचन आायोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद निरूपण गर्न छिट्टै प्रक्रिया अघि बढाउने भएको छ। गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयसँगै राजनीतिक रूपमा विभाजित नेकपाभित्र केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहबीच देखिएको आधिकारिकताको विवाद निरूपण गर्न आयोगले प्रक्रिया अघि बढाउने भएको हो।

नेकपाभित्र विवाद देखिएको साढे दुई महिना बित्दा पनि निर्णय दिन नसकेको भन्दै आयोगमाथि नै प्रश्न उठ्न थालेपछि विवादलाई कानुनबमोजिम टुंगो लगाउने भएको हो। यसअघि बुधबार चार पूर्वप्रमुख आयुक्त र एक पूर्वआयुक्तले नेकपा विवाद निरूपणमा ढिलाइ हुँदा आयोगको निर्णय क्षमता, स्वायत्तता र साखमा असर पुगेको भन्दै यथाशीघ्र निर्णय लिन विज्ञप्तिमार्फत आग्रह गरेका थिए।

पूर्वप्रमुख आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज घिमिरे, नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव र पूर्वआयुक्त दोलखबहादुर गुरुङले आयोग लामो समय अनिर्णयको बन्दी रहँदा आफ्नै साखमा पर्न सक्ने असरलाई विचार गरी कानुन र स्थापित नजिरका आधारमा उपयुक्त निर्णय दिन आग्रह गरेका हुन्। आयोगले भने कुनै अन्य कारणले नभई निर्वाचनको कारणले विवाद निरूपणमा ढिलाइ भएको र अब छिटै टुंग्याइने जनाएको छ।

‘पहिला विवाद प्रारम्भ भएको ३० दिनभित्र आधिकारिकता दाबी भइसक्नुपर्नेमा दुवै पक्षबाट आधिकारिकता माग नभएपछि हामीले ऐन र विधानअनुसार नेकपा एउटै भएको निर्णय दिएका थियौं,’ एक आयुक्तले भने, ‘आधिकारिकता दाबी गर्ने हदम्याद समाप्त भएपछि दाहाल–नेपाल समूहको दाबी पर्‍यो। त्यति बेला संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको कारण आयोग निर्वाचनमा केन्द्रित थियो।

निर्वाचनको समयमा विवाद नहेर्ने कानुनी व्यवस्था पनि छ, सोही कारण पनि हामीले हेरेका थिएनौं, अब प्रक्रिया पुर्‍याएर आएपछि आयोगले विवाद निरूपणको प्रक्रिया अघि बढाउँछ।’ तोकिएको समयभित्र प्रक्रिया पुर्‍याएर आधिकारिकता दाबी गर भनेर दुवै पक्षलाई भन्दा नगर्ने, हदम्याद समाप्त भएपछि आयोगले ढिलाइ गर्‍यो भन्ने भनाइ विरोधाभासपूर्ण रहेको ती आयुक्तले बताए। 

‘प्रक्रिया पुर्‍याएर आएपछि निष्पक्ष तरिकाले संविधान र कानुनले तोकेको जिम्मेवारी पूरा गर्न आयोग हिजो पनि प्रतिबद्ध थियो, आज पनि छ,’ उनले भने, ‘बुधबार उहाँहरू (दाहाल–नेपाल) केही नयाँ इस्युसहित आउँछौं भन्नुभएको थियो, आउनुभएन। अब नयाँ ढंगले प्रक्रिया पुर्‍याएर आएपछि आयोगले विवाद निरूपण प्रक्रिया थालिहाल्छ।’ 

नेकपाको दाहाल–नेपाल समूह बिहीबार आयोग जाने तयारीमा थियो तर गएन। थप प्रमाण र कागजातसहित शुक्रबार आयोग जाने जानकारी सो समूहले दिएको छ। दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बिहीबार नभ्याइएकाले आयोग पुग्न नसकेको बताए। ‘विवाद निरूपण छिटो गरिदिनुस् भनेर दबाब दिन आयोग पुग्ने कार्यक्रम थियो तर भ्याइएन,’ उनले भने।

छिटो निकास दिन आग्रह 

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोग लोकतन्त्रको अभिभावकीय संस्था रहेको र अहिले नेकपा विवाद निरूपणमा ढिलाइ हुँदा आयोगमाथि नै प्रश्न उठ्न थालेकाले छिटो निकास दिनुपर्ने बताएका छन्।

‘यो विवादमा ढिलाइ हुनुको कारण आयोगमात्रै त होइन, पहिला दुईवटा समूहले अलमल्याए, आआफ्ना किसिमले निर्णय गरे, आयोगमा अभिलेखीकरण गराउन गए तर आयोगले त्यो मानेन, ३० दिनभित्र दुवै पक्षले आधिकारिकता नमागेपछि आयोगले नेकपा एक भएको निर्णय दियो,’ पूर्वप्रमुख आयुक्त उप्रेतीले भने, ‘हामीले दुवै पक्षका अध्यक्षलाई बोलाएर समझदारी गराउनुस्, मध्यस्तता गर्नुस् भनेर आयोगलाई सुझाव पनि दिएका थियौं, आयोगले प्रयत्न त गर्‍यो तर पर्याप्त भएन।’

यो विवाद सल्टाउने काम आयोगको नै भएको बताउँदै उनले थपे, ‘अन्योलको अवस्थालाई चिर्न आयोगको ठूलो भूमिका हुन्छ। त्यसैले आयोगले छिटो निर्णय गरोस् भनेका हौं।’ आयोग राजनीतिक व्यवस्थापन गर्ने संस्था भएकाले यस्तो समयमा झनै सक्रिय हुनुपर्ने उनले बताए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस