स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल
२९ माघ २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल

स्थायी राजधानीको डिपिआर सुरु गरेको लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा सञ्चालनका लागि आवश्यक पहल थालेको छ। केही दिनअघि मात्रै प्रदेश सरकारले स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकामा प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरेर स्थायी राजधानीको मोडल तयार पार्न डिपिआरको काम सुरु गरिसकेको छ। यसअघि अस्थायी मुकाम बुटवलमा रहेको यो कार्यालय स्थायी राधजानीमा स्थानान्तरण गरिएको हो।  

स्थायी राजधानीको डिपिआर सुरु गरिसकेको सरकारले राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयको स्वामित्व लिन प्रक्रिया सुरु गरिसकेको छ। यो प्राविधिक शिक्षालयलाई खाली गरेर यसको स्वामित्व आफूमा निहित राख्नका लागि प्रकृया अगाडि बढाइसकेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए। उनका अनुसार यो प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकामा रहेको सरस्वती माविमा स्थानान्तरण गर्नेगरी प्रक्रिया अगाडि बढाइएको हो। प्रदेश सरकारले यसका लागि संघीय सरकारसमक्ष माग गरिसकेको छ।  

प्रवक्ता चौधरीले भने, ‘संघीय सरकारले अनुमति दिए प्राविधिक शिक्षालयको स्वामित्व प्रदेश सरकारमा आउनेछ।’ उनका अनुसार राप्ती प्राविधिक शिक्षालयको भौतिक सम्पत्तिको स्वामित्वका लागि संघीय सरकारको अनुमति चाहिन्छ। ‘यो संघीय सरकारअन्तर्गतको निकाय भएकाले यसको स्वामित्व प्रदेशमा स्थानान्तरण गर्नका लागि संघीय सरकारको निर्णय चाहिन्छ,’ उनले भने ‘संघीय सरकारले निर्णय गर्नासाथ यसको प्रक्रिया थप अगाडी बढ्नेछ।’ प्रदेश सरकारका अनुसार प्राविधिक शिक्षालयको स्थानान्तरणका लागि स्थायी राजधानी रहेको राप्ती गाउँपालिका र प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने भनिएको छ।  

स्थानान्तरण गर्ने भनिएको विद्यालयमा रहेको भौतिक पूर्वाधार प्राविधिक शिक्षालय सञ्चालनका लागि अपुग हुन सक्छ। फलतः थप भौतिक संरचना निर्माणका लागि प्रदेश सरकार र स्थानीय सरकारले बजेटको व्यवस्थापन गर्नेछन्। यसैगरी विद्यार्थीहरूलाई स्थानान्तरण हुने भनिएको राप्तीपारिको विद्यालय सम्म पुर्‍याउनका लागि बस सञ्चालन गर्नुपर्ने हुन्छ। यो व्यवस्थापन पनि यी दुई सरकारको पहलमै गरिने प्रदेश सरकारका प्रवक्ता चौधरीले बताए। ‘स्थानान्तरण गर्ने भनिएको सरस्वती माविमा प्राविधिक शिक्षालय सञ्चालनका लागि भौतिक पूर्वाधारहरू सबै पुग्नसक्ने अवस्था देखिन्न, थप भौतिक संरचना निर्माण गर्दा लाग्ने लागत प्रदेश सरकार र स्थानीय सरकारले व्यवस्थापन गर्ने भनिएको छ,’ उनले भने, ‘यसैगरी विद्यार्थीहरूको ओसार पसारका लागि बस सञ्चालनको व्यवस्थापन पनि प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रूपमा गर्नेछन्।’

यसअघि प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन आफ्नो स्वामित्वमा लिएर प्रदेशसभा सञ्चालन गर्ने चर्चा चलेको थियो। ३५ बढी भौतिक संरचना रहेको प्राविधिक शिक्षालयको सभाहल प्रदेशसभा सञ्चालनका लागि पर्याप्त हुने यसअघि सरकार तथा प्रदेशसभाका प्रतिनिधिले गरेको अध्ययनले बताईसकेको छ। ‘केही दिनअघि पनि राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण गर्ने विषयमा छलफल हुँदा प्राविधिक शिक्षालयलाई गढवाको सरस्वती माविमा स्थानान्तरण गर्ने भन्ने कुरा भएको हो,’ स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले भने, ‘राप्ती प्राविधिक शिक्षालयको भवन खाली गर्ने सरकारको प्रयास सम्भवतः प्रदेशसभा सञ्चालनका लागि हुनसक्छ।’ तर प्रदेश सरकारका प्रवक्ता चौधरीले भने यो भवन खाली गरेर प्रदेशसभा तत्काल स्थायी राजधानीमा सञ्चालन हुने सम्भावना नरहेको बताउँछन्। उनका अनुसार प्रदेशसभा सञ्चालनका लागि मन्त्रालयहरू स्थानान्तरण हुनैपर्छ।

‘मन्त्रालयहरू यहाँ स्थानान्तरण नभएर प्रदेशसभा सञ्चालन हुने भन्ने कुरा हुँदैन,’ उनले भने ‘राप्ती प्राविधिक शिक्षालयको भवन खाली हुँदैमा प्रदेशसभा सञ्चालन हुने भन्ने कुरा हुँदैन।’ तत्काल मन्त्रालयहरू स्थायी राजधानीमा स्थानान्तरण हुने सम्भावना पनि नरहेको उनले बताए। ‘तत्काल मन्त्रालयहरू सर्ने कुरा हुँदैन,’उनले भने ‘प्रदेशसभा सञ्चालनका लागि अँझै धेरै समय लाग्छ।’

लोकप्रिय
अर्को समाचार
लुम्बिनी प्रदेश : स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल
२८ माघ २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
लुम्बिनी प्रदेश : स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल

स्थायी राजधानीको डिपिआर सुरु गरेको लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा सञ्चालनका लागि आवश्यक पहल थालेको छ । केहि दिन अघि मात्रै प्रदेश सरकारले स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकामा प्रदेश पूर्वाधार बिकास प्राधिकरणको कार्यालय स्थापना गरेर स्थायी राजधानीको मोडल तयार पार्न डिपिआरको काम सुरु गरिसकेको छ । यसअघि अस्थायी मुकाम बुटवलमा रहेको यो कार्यालय स्थायी राधजानीमा स्थानान्तरण गरिएको हो ।  

स्थायी राजधानीको डिपिआर सुरु गरिसकेको सरकारले राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयको स्वामित्व लिन प्रकृया सुरु गरिसकेको छ । यो प्राविधिक शिक्षालाई लाई खालि गरेर यसको स्वामित्व आँफूमा निहित राख्नका लागि प्रकृया अगाडी बढाईसकेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

उनका अनुसार यो प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकामा रहेको सरस्वती माविमा स्थानान्तरण गर्ने गरि प्रकृया अगाडी बढाईएको हो । प्रदेश सरकारले यसका लागि संघीय सरकार समक्ष माग गरिसकेको छ ।  

‘प्राविधिक शिक्षालयलाई गढवाको सरस्वती माविमा स्थानान्तरण गर्ने गरि प्रकृया सुरु गरिएको छ,’ प्रवक्ता चौधरीले भने ‘संघीय सरकारले अनुमती दिए प्राविधिक शिक्षालयको स्वामित्व प्रदेश सरकारमा आउने छ ।’ उनका अनुसार राप्ती प्राविधिक शिक्षालयको भौतिक सम्पत्तिको स्वामित्वका लागि संघीय सरकारको अनुमती चाहिन्छ ।

‘यो संघीय सरकार अन्तर्गतको निकाय भएकाले यसको स्वामित्व प्रदेशमा स्थानान्तरण गर्नका लागि संघीय सरकारको निर्णय चाहिन्छ,’ उनले भने ‘संघीय सरकारले निर्णय गर्नासाथ यसको प्रकृया थप अगाडी बढ्ने छ ।’ प्रदेश सरकारका अनुसार प्राविधिक शिक्षालयको स्थानान्तरणका लागि स्थायी राजधानी रहेको राप्ती गाउँपालिका र प्रदेश सरकारले बजेट ब्यवस्थापन गर्ने भनिएको छ ।  

स्थानान्तरण गर्ने भनिएको बिद्यालयमा रहेको भौतिक पूर्वाधार प्राविधिक शिक्षालय सञ्चालनका लागि अपुग हुन सक्छ । फलतः थप भौतिक संरचना निर्माणका लागि प्रदेश सरकार र स्थानीय सरकारले बजेटको ब्यवस्थापन गर्ने छन् । यसैगरि बिद्यार्थीहरुलाई स्थानान्तरण हुने भनिएको राप्ती पारीको बिद्यालय सम्म पुर्याउनका लागि बस सञ्चालन गर्नुपर्ने हुन्छ । यो ब्यवस्थापन पनि यि दुई सरकारको पहलमै गरिने प्रदेश सरकारका प्रवक्ता चौधरीले बताए ।

‘स्थानान्तरण गर्ने भनिएको सरस्वती माविमा प्राविधिक शिक्षालय सञ्चालनका लागि भौतिक पूर्वाधारहरु सबै पुग्न सक्ने अवस्था देखिन्न, थप भौतिक संरचना निर्माण गर्दा लाग्ने लागत प्रदेश सरकार र स्थानीय सरकारले ब्यवस्थापन गर्ने भनिएको छ,’ उनले भने ‘यसैगरि बिद्यार्थीहरुको ओसार पसारका लागि बस सञ्चालनको ब्यवस्थापन पनि प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रुपमा गर्ने छन् ।’

यसअघि प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन आफ्नो स्वामित्वमा लिएर प्रदेशसभा सञ्चालन गर्ने चर्चा चलेको थियो ।  ३५ बढि भौतिक संरचना रहेको प्राविधिक शिक्षालयको सभाहल प्रदेशसभा सञ्चालनका लागि पर्याप्त हुने यसअघि सरकार तथा प्रदेशसभाका प्रतिनिधिले गरेको अध्ययनले बताईसकेको छ । 

‘केहि दिन अघि पनि राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण गर्ने बिषयमा छलफल भयो,र छलफलका क्रममा प्राविधिक शिक्षालयलाई गढवाको सरस्वती माबिमा स्थानान्तरण गर्ने भन्ने कुरा भएको हो,’ स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले भने ‘राप्ती प्राविधिक शिक्षालयको भवन खाली गर्ने सरकारको प्रयास सम्भवतः प्रदेशसभा सञ्चालनका लागि हुन सक्छ ।’ 

तर प्रदेश सरकारका प्रवक्ता चौधरीले भने यो भवन खाली गरेर प्रदेशसभा तत्काल स्थायी राजधानीमा सञ्चालन हुने सम्भावना नरहेको बताउँछन् । उनका अनुसार प्रदेशसभा सञ्चालनका लागि मन्त्रालयहरु स्थानान्तरण हुनै पर्छ । ‘मन्त्रालयहरु यहाँ स्थानान्तरण नभएर प्रदेशसभा सञ्चालन हुने भन्ने कुरा हुँदैन,’ उनले भने ‘राप्ती प्राविधिक शिक्षालयको भवन खाली हुँदैमा प्रदेशसभा सञ्चालन हुने भन्ने कुरा हुँदैन ।’ 

तत्काल मन्त्रालयहरु स्थायी राजधानीमा स्थानान्तरण हुने सम्भावना पनि नरहेको उनले बताए । ‘तत्काल मन्त्रालयहरु सर्ने कुरा हुँदैन,’उनले भने ‘प्रदेशसभा सञ्चालनका लागि अँझै धेरै समय लाग्छ ।’  

यो पनि पढ्नुहोस्

लुम्बिनी प्रदेशः स्थायी राजधानीको डिपिआर सुरु

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस