जसपाले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्दै
११ पौष २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
जसपाले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्दै
फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशका विभिन्न स्थानमा प्रदर्शन गर्दैछ। केपी शर्मा ओलीले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै त्यसको विरोधमा जसपाले देशैभरका जिल्ला सदरमुकामसहित विभिन्न स्थानमा प्रदर्शन गर्न लागेको हो।

जसपाले प्रदर्शनलाई सबैले साथ दिन आनह्वान समेत गरेको छ। यसअघि हिजो मात्र जसपाले देशका विभिन्न स्थानमा मसाल जुलुस निकालेको थियो। सो क्रममा उसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको पुतला जलाएको थियो।

लोकप्रिय
अर्को समाचार
एमिकस क्युरीको मिश्रित सुझाव
२२ असार २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमिकस क्युरीको मिश्रित सुझाव

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरी (अदालतका सहयोगी) बाट मिश्रित सुझाव आएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा एमिकस क्युरीका रूपमा आएका चारजना कानुन व्यवसायीमध्ये दुईजनाले विघटनविरुद्ध, एकजनाले पक्षमा र एकजनाले दुवै पक्षसँग मिल्नेगरी आफ्ना तर्क प्रस्तुत गरेका छन्।

नेपाल बार एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राघवलाल वैद्य र उषा मल्ल पाठकले राय दिएका छन्। त्यसैगरी सर्वोच्च बार एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले सुझाव दिए। वैद्य र घिमिरेले विघटनविरुद्ध सुझाव दिए भने मल्लले विघटनको पक्षमा राय दिइन्। केसीले दुवै पक्षलाई मिल्नेगरी सुझाव दिएका छन्।

वरिष्ठ अधिवक्ता केसीले विश्वासको मत लिनु प्रधानमन्त्रीको संवैधानिक बाध्यता भएको बताए। ‘संविधान पालना गर्नैपर्ने र धारा ७६ (३) अन्तर्गतको प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ श्रीमान्’, उनले भने। विश्वासको मत नलिई प्रधानमन्त्री हुन सक्ने कि नसक्ने भन्ने विषयमा उनले प्रधानमन्त्रीको संवैधानिक दायित्व र नैतिक दायित्व छुट्याउनुपर्ने बताए। ‘संवैधानिक वा नैतिक दायित्व अदालतले छुट्याउनुपर्छ। नैतिक दायित्व हो भने अदालत प्रवेश गर्न सक्दैन। संवैधानिक दायित्व हो भने संविधान छल्न मिल्दैन’, उनले भने।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको भएकोमा उनले समर्थन जनाए। आधार प्रस्तुत गरेमा नियुक्त गर्नसक्ने भनिए पनि आधार नखुलाइएको उनले बताए। ‘आधार राष्ट्रपतिले हेर्ने कुरा हो तर हाम्रो संविधानमा छैन। नियुक्ति गर्दा विश्वासको मत लिन्छ कि लिँदैन, हेर्नुपर्छ। विवादास्पद छ भने राष्ट्रपतिले हेर्नुपर्छ’, उनले भने।

राष्ट्रपतिलाई प्रधानमन्त्री स्वीकार र अस्वीकार गर्ने अधिकार हुने उनको तर्क छ। उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्न भने अदालतले नमिल्ने तर्क गरे। संविधानले दलीय व्यवस्था गरेकाले दलका सदस्यलाई ह्विप लाग्ने उनको भनाइ छ। ‘स्वतन्त्र सांसदलाई दलको ह्विप लाग्दैन। दलको व्यवस्था छ, राजनीतिक दलसम्बन्धी ऐन छ, त्यसैले ह्विप लाग्छ’, उनले भने। त्यसै क्रममा इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोधे, ‘मलाई इजलास तोक्ने अधिकार छ तर तोक्दिनँ भन्न पाइन्छ त ?’ त्यसको जवाफमा वरिष्ठ अधिवक्ता केसीले त्यो अवशिष्ट अधिकार भएको र बेन्च तोक्दा मलाई नै तोक भन्न न्यायाधीशले नमिल्ने बताए। कुनै दुराशय नराखी स्वविवेक र न्यायपूर्ण ढंगले इजलास तोक्नुपर्ने जबाफ उनको थियो।  

त्यसैगरी वरिष्ठ अधिवक्ता वैद्यले विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले फेरि नेतृत्व गर्न नमिल्ने बताए। ‘एकचोटि हारिसकेपछि नेतृत्व छोडेर राजीनामा गरी बाटो खाली गरिदिनुपथ्र्यो। फेरि प्रधानमन्त्रीमा नियुक्ति गरिनु गलत हो’, उनले भने। पूर्वमहान्याधिवक्तासमेत रहेका वैद्यले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गरे। ‘जीवन्त संविधान बनोस्, भोलिका पुस्ताले गर्व गर्नेगरी फैसला आओस्’, यसो भन्दै उनले बहस टुंग्याए।

वरिष्ठ अधिवक्ता पाठकले भने रिट निवेदन खारेज हुनुपर्ने तर्क गरिन्। एमिकस क्युरीले स्वतन्त्र ढंगले आफ्ना सुझाव अदालतमा प्रस्तुत गर्ने भए पनि उनले विपक्षका वकिलले जस्तै गरी रिट खारेजीको माग गरिन्। अन्य एमिकस क्युरी भने रिट सदर र बदरको पक्षमा बोलेनन्।

वरिष्ठ अधिवक्ता पाठकले धारा संविधानको ७६ (५) बमोजिम राजनीतिक दलबाहिर गएर स्वतन्त्र सांसद हुने व्यवस्था संविधानमा कल्पना नगरिएको बताइन्। ‘दलभन्दा बाहिर गएर सांसद स्वतन्त्र हुन् भनेर व्याख्या गर्न मिल्दैन। सांसद दलभित्र पर्ने भएकाले स्वतन्त्र हैसियत दिइएको छैन’, उनले भनिन्, ‘राजनीतिक दलबाट निर्वाचित सांसद दलका कुनै व्यक्तिविरुद्ध जान सक्छन् तर आफ्नै दलको प्रधानमन्त्रीविरुद्व जान सक्दैनन्।’ स्वतन्त्र हैसियत भएका सांसदले मिलीजुली सरकार बनाउन सक्छन् भन्दै उनले थपिन्, ‘तर धारा ७६ (५) लाई अपव्याख्या गरिनुहुँदैन।’

आफ्नै दलको नेतृत्वमा भएको सरकारविरुद्व जानु भनेको जनादेशविरुद्ध गएको र आफ्नो दलभन्दा बाहिर गएर समर्थन गर्नु दलीय व्यवस्थाविरुद्ध भएको उनको तर्क थियो। एउटा दलबाट निर्वाचित सांसदले अर्का दलका नेतालाई समर्थन गर्न पाइन्न भन्दै उनले थपिन्, ‘निर्वाचन घोषणा गरेको बेला अब उचित र मनासिब निकास निर्वाचनले नै दिने हो। रिट निवेदकको मागबमोजिम रिट खारेज गर्नुपर्छ।’

वरिष्ठ अधिवक्ता घिमिरेले कुनै पनि प्रधानमन्त्री जनताले विश्वास नगरेको खण्डमा एक मिनेट पनि सत्तामा बस्न नहुने तर्क गरे। उनले निर्दलीय प्रधानमन्त्री हुँदैमा बहुदलीय सिद्धान्त नखल्बलिने बताए। विश्वासको मत नपाएको व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने र मन्त्रीसम्म पनि हुन नपाइने उनको जिकिर थियो।

‘धारा ७६ (५) मा नियुक्ति हुनुपर्ने दलको समर्थन पनि भए राम्रो हो तर दलको सदस्यमात्रै हुनुपर्छ भन्ने होइन’, घिमिरेले भने, ‘पार्टीहरूलाई धारा ७६ (१), (२) र (३) मा प्रशस्त फाइदा दिइसकेको छ। फाइदा लिन नसकेपछि उपधारा (५) ले पार्टीभन्दा बाहिर गएर भए पनि सरकार बनाऊ भनेको हो’, उनले भने। ‘धारा ७६ (२) र (३) बमोजिमको सरकारले (४) अनुसार विश्वासको मत मागे पाइँदैन ? विश्वासको मत दिने जुन धाराबाट पनि प्रतिधिसभा सदस्य नै हुन्’, प्रधानन्यायाधीश जबराले सोधे।

जवाफमा वरिष्ठ अधिवक्ता घिमिरेले धारा ७६ (३) मा विश्वास गुमाएका प्रधानमन्त्री उपधारा (५) मा आउन नपाउने बताए। ‘विश्वासको मत गुमाएको व्यक्ति आउन पाइँदैन। टेस्ट भैसकेको होइन, नयाँ आउने हो। हावादारी मान्छे आउन मिल्दैन। उपधारा ३ को प्रधानमन्त्रीमा आउन ढोका लगाएकै हो’, उनले भने। सर्वोच्च अदालतले गम्भीर संवैधानिक मुद्दा भएकाले नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट गरी ४ जना वरिष्ठ अधिवक्तालाई सुझावका लागि एमिकस क्युरी माग गरेको थियो। सोही मागअनुसार आएका चारजनाले सुझावस्वरूप बहस गरेका हुन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस