हल नभएका समस्याको समाधान स्थायी कमिटीबाट खोज्न आग्रह
२४ मंसिर २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
हल नभएका समस्याको समाधान स्थायी कमिटीबाट खोज्न आग्रह

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नेकपामा देखिएको समस्याको समाधान स्थायी कमिटीको बैठकबाट खोजिनुपर्नेमा जोड दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी निकट प्रचारप्रसार तथा प्रशासन विभाग, पाल्पाको सूर्य बुलेटिनको वितरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेतृत्वमा देखिएको झगडा तल्लो तहका कार्यकर्तासम्म आउन नहुने र झगडाको पछि नलाग्न कार्यकर्तालाई उनले अनुरोध गरे।  

आम कार्यकर्ताको भावना पार्टी एकता रहेकाले सचिवालयबाट हल नभएको समस्याको सामधान स्थायी कमिटीबाट गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए। उनले पार्टी एकताको विकल्प नै एकता र सुदृढीकरण रहेको धारणा राखे।

पार्टी गहिरो सङ्कटमा रहेको बताउँदै उनले यस सङ्कटको समाधान पनि नेतृत्वबाट हुने विश्वास व्यक्त गरे। नेतृत्वबाट सिर्जित समस्या आफैँले नै समाधान गर्नुपर्ने धारणा उनको थियो। पहिला पार्टी अलग–अलग हुँदा एकता भइसकेको जस्तो देखिए पनि अहिले पार्टी एकता भएपछि मन विभाजित जस्तो देखिनु राम्रो नभएको उनले बताए।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले पहिले पार्टीका कार्यकर्ताको भेटमा सञ्चोबिसञ्चो सोध्ने गर्थे, अहिले पार्टी फुट्छ कि फुट्दैन भनेर सोध्ने गरेको बताए। उनले पार्टीलाई माया गर्नेहरु सङ्कटले गर्दा डाँको छाडेर रोएको बताउँदै पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्ने बताए। उनले पार्टीमा देखिएका समस्या बैठकबाट हल गर्नुपर्ने बताए।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष नारायण आचार्यले नेकपा पार्टी एकतालाई थप बलियो बनाउन आवश्यक रहेको बताए। उनले पार्टी बलियो हुँदा देश र जनताको हितमा काम हुने बताए। रासस

लोकप्रिय
अर्को समाचार
एमालेका ४ र नाउपाका १ जना सरकारमा जाँदै, विनाविभागीयको रुपमा आज शपथ
०६ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमालेका ४ र नाउपाका १ जना सरकारमा जाँदै, विनाविभागीयको रुपमा आज शपथ

नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ।

एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यका अनुसार एमालेबाट भुमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन केसी र रत्न बहादुर खत्री सरकारमा सहभागी हुन लागेका छन।

यस्तै नागरिक उन्मुक्ति पार्टीको तर्फबाट धर्मबहादुर चौधरी पनि सरकारमा सहभागी हुन लागेका छन्।

सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लागेपनि मन्त्रालय पनि टुङ्गो लाग्न नसकेको आचार्यले बताए। उनका अनुसार सबैजना मन्त्रीहरूले विना विभागीय मन्त्रीको रुपमा आज साँझ ५ बजे शपथ ग्रहण गर्नेछन्।

चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक/एक जना मन्त्री बनाइसकेका छन्।

जसमा एमालेबाट ढकाल विना विभागीय, माओवादी केन्द्रबाट दिपेन्द्र पुन स्वास्थ्य र जसपाबाट भण्डारी लाल अहिर कृषि मन्त्रीको रुपमा शपथ ग्रहण गरिसकेका छन्।

लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन्। अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ।

यता जसपालाई २ मन्त्रालय दिने लिखित सहमति भएपनि सहमति पालना नगरेको भन्दै पार्टी सरकारमा नजाने प्रदेश अध्यक्ष अशोक यादवले बताएका छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस