रकम भुक्तानीको विषयमा काम ढिला भएको भन्दै आठबीसकोट नगरपालिका–८, का वडाध्यक्ष मानबहादुर चदाराले यहाँ कार्यरत इन्जिनियरलाई गत जेठ पहिलो साता कुटपिट गरे । इन्जिनियर ठगेन्द्र चन्दको कार्यकक्षमै कुटपिट गरेका वडाध्यक्ष चदाराले छुटकारा पाए । पुस २ गते बुधबार सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भयो । ३ नम्बर वडाका वडाध्यक्ष केशरमान विकको योजनामा कार्यालयको काम सेकेर कोठातर्फ फर्कंदै गर्दा केसी र चन्द कुटिएका थिए ।
सोधपुछका लागि भन्दै वडाध्यक्ष विक पक्राउ परे । तर उनी कानुनको भागेदार बनेनन् । सहमतिमा उनलाई पनि छोडियो । यस घटनामा नगरका जनप्रतिनिधि दुई भागमा विभाजितसमेत भएका थिए । एक पक्ष घटना तोडमोड गर्ने र अर्काे पक्ष पीडितलाई न्याय दिने र पीडकलाई कारबाहीको दायरामा ल्याउने अडानमा थिए । तर उक्त अडान राजनीतिक पहुँचका अगाडि बेकामे बन्यो । सामान्य पानीको विवादमा सोही वडाध्यक्ष विक नेतृत्वको समूहले वैशाख अन्तिम साता गाउँका युवामाथि निर्घात कुटपिट गरे ।
‘उहाँहरू तल्लो र माथिल्लो गाउँको समूह प्रहरीमा छलफल सकिएपछि फर्किनु भएको थियो,’ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले भने, ‘प्रहरी चौकीभन्दा करिब पाँच सय मिटर पर झडप भयो ।’ वडाध्यक्ष विकको समूहले ढुंगामुडा प्रहार गर्न थालेपछि प्रहरी थोरैले स्थिति नियन्त्रणमा लिन नसकेको उनको भनाइ छ ।
सडकदेखि सदनसम्म तातिएको रुकुम पश्चिम घटनामा पनि वडाध्यक्षकै संलग्नता देखिएको छ । चौरजहारी–८, का वडाध्यक्ष डम्मरबहादुर मल्ल नेतृत्वको समूहले जाजरकोटस्थित भेरी–४, का नवराज विकसहित ६ जनाको ज्यान जाने गरी घटना घटाएको आरोप लागेको छ । वडाध्यक्षसहितलाई जाहेरी परेपछि वडाध्यक्ष प्रहरी हिरासतमा छन् । अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिनत गर्न खोज्दा वडाध्यक्ष मल्लसहित गाउँलेले नवराज र उनीहरूका साथीलाई निर्घात कुटपिट गरेका थिए ।
सामान्य विवादलाई राजनीतिक इगोको विषय बनाइ वडाध्यक्ष विकको समूहले हिंसात्मक गतिविधि गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए । ‘सहमति र सहकार्यमा टुंग्याउनु पर्ने विषयमा पनि दम्भका कारण अराजक स्थिति पैदा हुन्छ,’ उनले भने, ‘समाजको अभिभावक व्यक्ति वडाध्यक्ष आफैँ द्वन्द्वात्मक शैलीबाट प्रस्तुत हुन गैरराजनीतिक क्रियाकलाप हो ।’ पछिल्लो समय पक्राउ परेका वडाध्यक्षलाई छुटकारा दिन पनि अनेक उपाय अपनाइरहेको स्थानीयको आरोप छ ।
‘आज पक्राउ परे पनि भोलि छुटिहाल्छु भन्ने दम्भले जनप्रतिनिधिनै घटनामा संलग्न भएको देखिन्छ,’ इन्सेक जिल्ला प्रतिनिधि मनिसा केसीले भनिन्, ‘घटनालाई राजनीतिक संरक्षणभन्दा न्यायिक ढंगले हेर्न जरुरी छ ।’ पक्राउ परेका उम्किँदा घटना दोहोरिरहेको उनको भनाइ छ । ‘पछिल्ला घटनामा संलग्न भएका जनप्रतिनिधिलाई कारबाही हुनेमा ढुक्क छैन,’ रुकुम पश्चिमका तिलक भण्डारीले भने, ‘उनीहरूलाई केही दिन हिरासतमा राखेर छुटकरा दिने शंका लागेको छ ।’ माथि उल्लेखित घटना क्रम राजनीतिक संरक्षणबाटै प्रेरित हुँदा घटेको उनको भनाइ छ । यसकै दम्भमा चौरजहारीका वडाध्यक्ष मल्ल घटनामा संलग्न भएको हुन सक्ने उनी बताउँछन् ।
‘सोती घटनामा वडाध्यक्ष मल्लले छलफल गराउनु पथ्र्याे,’ उनले भने, ‘हिंसात्मक गतिविधिमा संलग्न हुने होइन ।’ ‘हाम्रो सरकार र राजनीतिक पहुँचमा छु भन्ने मनोभावले उनी घटनामा जोडिएका हुन्,’ उनी भन्छन् । हिंसात्मक गतिविधिमा जनप्रतिनिधि नै जोडिँदा जनताले सुरक्षा पाउन नसक्ने उनको भनाइ छ । यसभन्दा अघि अपराधमा संलग्न जनप्रतिनिधिलाई कारबाही भएको भए सोती घटनामा वडाध्यक्षले अभिभावकको भूमिका निर्वाह गर्न सक्थ्ये भन्दै उनले भने, ‘कानुनी छुटकारा पाउँदा उनलाई दम्भ भयो ।’ राजनीतिक संरक्षणले सोती घटना जन्माएको उनको भनाइ छ ।
त्यस्तै रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका–१३, का वडाध्यक्ष दीपक केसीले सोही नगरपालिका–१४, मा रहेको प्रहरी चौकीमाथि आक्रमण गरे । दर्जन बढी युवा लिएर प्रहरी चौकी पुगेका वडाध्यक्ष केसीले प्रहरीमाथि समेत आक्रमणको प्रयास गरेका थिए । भौतिक संरचना तोडफोड गरेका वडाध्यक्ष पनि प्रहरी नियन्त्रणमा छन् । माथि उल्लेखित घटना क्रमले जनप्रतिनिधि नै अराजग गतिविधिमा संलग्न भएको पृष्टि गर्छ ।
कानुनी दायरामा नआउँदा पनि रुकुम पश्चिमका जनप्रतिनिधिलाई अपराधिक क्रियाकलापमा प्रोत्साहन भइरहेको स्थानीय बताउँछन् । राजनीतिक शक्तिका आडमा जनप्रतिनिधिलाई उन्मुक्ति दिनुले यस्ता घटनाले प्रसय पाइरहेको नेपाली कांग्रेस रुकुम पश्चिमका पूर्व पार्टी सभापति मानबहादुर नेपालीले बताए । जनप्रतिनिधि नै शान्ति सुव्यवस्थामा खलल पु¥याउने तथा हिंसात्मक गतिविधिमा संलग्न हुनु दुर्भाग्य भएको उनको भनाइ छ ।
पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन्।
जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत आज सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताए। उनले भने, ‘पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन ।’
पूर्वमन्त्री बाँस्कोटाले सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको बताए । उनले भने, ‘जनतालाई केन्दूविन्दूमा राख्दा अर्थतन्त्रको जग बलियो हुन्छ, यसपछि गतिशिलताले निरन्तरता पाउँछ ।’ समाज परिवर्तनको आधार राजनीति मात्रै नभएको उल्लेख गर्दै उनले आर्थिक परिवर्तनले ठूलो भूमिका खेल्ने बताए ।
पूर्वमन्त्री बाँस्कोटाले समृद्धिको एउटा आधारस्तम्भ सहकारी क्षेत्र भएकाले सहकारी र समाजवाद सँगसँगै अगाडि बढ्ने उल्लेख गर्दै राजकीय पूँजी, नीजि पूँजी र सहकारीको पूँजी परिचालनले मात्रै मुलुकको समृद्धि सम्भव छ, त्यसैले सहकारी क्षेत्र आर्थिक समृद्धिको एउटा आधार मानिएको हो भने । उनले मुलुकको तीनखम्बे अर्थनीतिसँगै वैदेशिक सहायता तथा अनुदान पनि सँगसँगै जाने बताए ।
‘वर्तमान अवस्थामा मुलुकको समृद्धिको अर्को आधार श्रम र प्रविधि हस्तान्तरण पनि प्रमुख विषय बनेको छ’, पूर्वमन्त्री बाँस्कोटाले भने, ‘श्रम र प्रविधि विस्तार गर्दै आर्थिक समृद्धितर्फ लाग्नुपर्छ ।’
सो अवसरमा उनले ढुवानीका साधन प्राप्त गर्ने छ सहकारीका प्रतिनिधिलाई साँचो हस्तान्तरण गर्नुका साथै जिल्ला सहकारी संघ लिमिटेडद्वारा प्रकाशित सहकारी तथ्यांकीय विवरण पुस्तकको विमोचन पनि गरे ।
कार्यक्रममा लिमिटेडका पूर्वअध्यक्ष मुकुन्दप्रसाद दाहाल, जिल्ला सहकारी सङ्घका अध्यक्ष विनोद पराजुली, जिल्ला कृषि सहकारी संघका अध्यक्ष सुमन नेपाललगायतले विषयगत सहकारीमार्फत कृषकलाई उपलब्ध गराउने यान्त्रिकरणमा सरकारले कर छुट गरि दिनुपर्ने माग गरे ।
लिमिटेडका सचिव दिलिप शर्माले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा सञ्चालित सहकारी बजार विकास कार्यक्रमअन्तर्गत स्थानीय तहमा कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल बजारसम्म पुर्याउन पहिलो चरणमा तीन नगरपालिकाका छ सहकारीलाई गाडी प्रदान गरिएको जानकारी दिए ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।