संग्रह
राजनीतिक संरक्षणले जन्माएको हिंसात्मक घटना
रकम भुक्तानीको विषयमा काम ढिला भएको भन्दै आठबीसकोट नगरपालिका–८, का वडाध्यक्ष मानबहादुर चदाराले यहाँ कार्यरत इन्जिनियरलाई गत जेठ पहिलो साता कुटपिट गरे । इन्जिनियर ठगेन्द्र चन्दको कार्यकक्षमै कुटपिट गरेका वडाध्यक्ष चदाराले छुटकारा पाए । पुस २ गते बुधबार सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भयो ।