नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने गठबन्धनभित्रको सहमतिले केन्द्रसम्मै राजनीतिक संकट निम्तिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतिको पहल थालेका छन्।
उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरेपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिक संकट चुलिएको हो। प्रदेशकै ठूलो दल नेपाली कांग्रेसले लक्ष्मण किशोरलाई समर्थन गरेपछि यहाँ गठबन्धन नै धरापमा परेको बुझाई प्रधानमन्त्री दाहालको छ।
मुख्यमन्त्री दिने सहमति गठबन्धनले कार्यान्वयन नगरेको विश्लेषणसहित नेकपा (एकीकृत समाजवादी) ले कांग्रेससहितको गठबन्धनलाई सहयोग गरेपछि केन्द्रसम्मै हलचल ल्याएको हो।
बहुमत सदस्य लक्ष्मण किशोरको पक्षमा देखिएपछि प्रधानमन्त्री दाहालले मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिएर भएपनि गठबन्धन बचाउने जुक्तिबारे पहल थालेका हुन्। उनले मंगलबार बिहान एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई बालु्वाटार बोलाएर सुदूरपश्चिमको मुख्यमन्त्री दिने र अन्य विवाद विस्तारै मिलाउने गरी छलफल थालेका हुन्।
छलफलपछि नागरिकसँग नेता खनालले सुदूरपश्चिममा देखिएको राजनीतिक संकटप्रति प्रधानमन्त्री गम्भीर हुनु भएको बताउँदै आजै निकास दिनेबारे सकारात्मक कुरा भएको जानकारी दिए। उनले भने, ‘पूर्ववत सहमतिअनुसार अघि बढ्न मुख्यमन्त्री सकारात्मक हुनुहुन्छ।’
सम्मानित नेता खनालले मंगलबार साँझसम्ममा प्रधानमन्त्री दाहालले कुनै ठोस निर्णय लिने र त्यसले निकास दिनेमा आफूहरु विश्वस्त रहेको बताए।
उनले भने, ‘अहिले निर्माण भएको गठबन्धन बामपन्थी भएकाले त्यसलाई बचाउन जरुरी रहेको बारे मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु। एकआपसमा सम्मान र समानतालाई स्थापित गर्न सकिएमात्र गठबन्धन अगाडि बढ्छ भन्ने कुरा मैले सुझाएको छु। छलफलपछि उहाँ पूर्वसहमतिअनुसार नै अगाडि बढ्न तयार देखिनु भएको छ।’
सुदूरपश्चिममा मुख्यमन्त्री र केन्द्रमा कम्तीमा एउटा मन्त्री पाउने गरी गठबन्धनमा सहभागी हुने प्रयासमा रहेकी उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसमेत मुख्यमन्त्री गुम्ने सम्भावना देखेपछि प्रधानमन्त्री दाहालको पहलमा सकारात्मक बनेको नेता खनालको भनाइ छ।
पार्टीभित्रै विपक्षी जस्तै बनेका संरक्षक रेशम चौधरी पक्षले कांग्रेसको समर्थनमा मुख्यमन्त्री पाए आफ्नो हार हुने बुझाईमा अध्यक्ष श्रेष्ठ प्रधानमन्त्री दाहाल र नेता खनालको छलफलप्रति सकारात्मक भएकी हुन्। छलफलमा सहभागी उनले दुई पक्षको कुराकानीलाई सकारात्मकरुपमा लिएकी हुन्।
उन्मुक्तिका सांसद लक्ष्मण किशोर र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेको मंगलबार तेस्रो दिन हो। प्रदेश प्रमुख नजिर मियाँले जाँचबुझ चलिरहेको भन्दै कसैलाई मुख्यमन्त्री नियुक्त गरेका छैनन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।
महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई जिम्मेवारी प्रदान गरेको छभने मातहतका सबै कमिटीलाई सदस्यता अभिलेख, कार्य प्रगतिको विवरण केन्द्रमा बुझाउन निर्देशन दिएको हो। सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ।
पार्टीले मातहतका सबै निकाय, क्षेत्र तथा तहबाट महाधिवेशन प्रतिनिधि छनोट गरी निर्धारित शुल्कसहित प्रतिनिधि छनोटको नामावली समयमा केन्द्रमा बुझाउनुपर्ने छ। पार्टीअन्तर्गत रहेका सबै कमिटीले असार १ गते प्रतिनिधि छनोट गर्ने कार्यतालिका रहेको पार्टी पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए।
केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणीकरण गर्ने छ। सदस्यता प्रमाणित गरेपछि त्यसको नामावली विवरण यही वैशाख ३० गतेसम्ममा सम्बन्धित कमिटीमा पठाइने छ।
आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्न लागिएको दसौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी यही वैशाख २८ र २९ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको छ। त्यसले प्रतिनिधिको नामवलीलगायत अन्य आवश्यक कार्यसूची अनुमोदन गर्ने छ।
आगामी जेठ ९ गतेसम्ममा सबै कमिटीमा महाधिवेशनका लागि प्रस्तुत गरिने मस्यौदा दस्तावेज पठाइने छ। सबै कमिटीले मस्यौदा दस्तावेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरुलाई आगामी जेठ ३२ गतेसम्म छलफल गराउने तालिका छ। रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।