नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा दस्तावेज लेखनका लागि मातहतका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ।
कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म हुने महाधिवेशनमा मातहतका सबै निकायबाट सुझाव सङ्कलन गर्ने उद्देश्यले एक साताभित्र सुझाव पठाउन निर्देशन दिएको हो। कमिटी अध्यक्ष वीरवलकाजी राईको अध्यक्षतामा पाँच सदस्यीय दस्तावेज सुझाव समिति पनि गठन गरिएको छ। कमिटीले आफ्नो मातहतका सबै सम्पर्क कमिटी र जिल्ला सम्पर्क मञ्चलाई पुनर्गठन गरी कमिटी व्यवस्थित गर्ने जनाएको छ।
पार्टीको अन्तरपार्टी निर्देशनानुसार महाधिवेशन केन्द्रित दुईमहिने पार्टी सङ्गठन निर्माण अभियान सफल बनाउन सम्पर्क विशेष प्रदेश कमिटीलाई पत्राचार गरिएको कमिटी अध्यक्ष राईले जानकारी दिए।
पार्टी सदस्यता व्यवस्थित र विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, सदस्यता वितरण गर्न सदस्यता शुल्कलाई व्यवस्थित गर्ने र कार्यालय व्यवस्थापनका लागि सम्पर्क मञ्च र प्रदेश सम्पर्क कमिटीलाई आवश्यकतानुसार दायित्व तोकी सम्पर्क कार्यालयलाई व्यवस्थित बनाउने काममा सो कमिटी लाग्नेछ। सबै प्रदेश सम्पर्क कमिटीले आ–आफ्नो कमिटीमा बैठक गरी त्यसको निर्णय केन्द्रमा पठाउन सर्कुलर पनि जारी गरिएको छ। रासस
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।
महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई जिम्मेवारी प्रदान गरेको छभने मातहतका सबै कमिटीलाई सदस्यता अभिलेख, कार्य प्रगतिको विवरण केन्द्रमा बुझाउन निर्देशन दिएको हो। सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ।
पार्टीले मातहतका सबै निकाय, क्षेत्र तथा तहबाट महाधिवेशन प्रतिनिधि छनोट गरी निर्धारित शुल्कसहित प्रतिनिधि छनोटको नामावली समयमा केन्द्रमा बुझाउनुपर्ने छ। पार्टीअन्तर्गत रहेका सबै कमिटीले असार १ गते प्रतिनिधि छनोट गर्ने कार्यतालिका रहेको पार्टी पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए।
केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणीकरण गर्ने छ। सदस्यता प्रमाणित गरेपछि त्यसको नामावली विवरण यही वैशाख ३० गतेसम्ममा सम्बन्धित कमिटीमा पठाइने छ।
आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्न लागिएको दसौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी यही वैशाख २८ र २९ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको छ। त्यसले प्रतिनिधिको नामवलीलगायत अन्य आवश्यक कार्यसूची अनुमोदन गर्ने छ।
आगामी जेठ ९ गतेसम्ममा सबै कमिटीमा महाधिवेशनका लागि प्रस्तुत गरिने मस्यौदा दस्तावेज पठाइने छ। सबै कमिटीले मस्यौदा दस्तावेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरुलाई आगामी जेठ ३२ गतेसम्म छलफल गराउने तालिका छ। रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।