सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीश विरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेको छ । तीन जना विरुद्ध भने एक वटा पनि उजुरी परेको छैन।
उजुरी नपर्नेहरूमा महेश शर्मा पौडेल, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल छन्। सबै भन्दा बढी उजुरी पर्नेमा सारंगा सुवेदी छन् उनलाई पाँच वटा उजुरी परेको छ। न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल विरुद्ध उजुरी आह्वान गरिएको थियो।
गत मंसिर ८ देखि सोमबारसम्ममा १० वटा उजुरी प्राप्त भएको समिति सचिवालयले जनाएको छ। उजुरीको समय सोमबार सकिएपछि उनीहरूको उजुरी खोल्नका लागि समितिको बैठक २१ गते बिहीबार बोलाइएको छ।
यसै गरी पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनील नेपाल विरुद्धमा पनि प्रस्तावित न्यायाधीश सँगै उजुरी आह्वान गरिएको थियो। उनी विरुद्ध पनि एक वटा उजुरी परेको छ।
प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ।
सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा चुडाल र सुवेदीविरुद्ध सातवटा उजुरी परेको जानकारी दिए। उनका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य रहेका छन्।
न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उनीहरुविरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो। उक्त १० दिन आज पूरा भएको छ। बैठकले उनीहरुको उजुरी यही चैत २२ गते खोल्ने र उजुरीकर्ताको सुनुवाइ गर्ने समय तय गरेको छ भने यही चैत २५ गते प्रस्तावित दुवै न्यायाधीशको सुनुवाइ गर्ने तय गरेको छ। न्याय परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार डा चुडाल र सुवेदीको सुनुवाइ प्रक्रिया अगाडि बढिरहेको छ। रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।