वर्तमान संविधानलाई पूर्णता दिने काम नै नेसपाको मुख्य कार्यभारः बाबुराम भट्टराई
१९ साउन २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
वर्तमान संविधानलाई पूर्णता दिने काम नै नेसपाको मुख्य कार्यभारः बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताएका छन्।

शुक्रबार भक्तपुरमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय प्रशिक्षण भेलामा बोल्दै उहाँले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताएका हुन्।

अध्यक्ष भट्टराईले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै संविधानलाई पूर्णता दिने, यसको कार्यान्वयनमा ठिक ढंगले गराउने र नेपाली जनतालाई सुशासन र समृद्धि दिने काममा आफूहरु लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनले नेपाललाई संसारको एउटा समुन्नत देशहरुको दिशामा अघि बढाउने कार्यभारलाई आफ्नो पार्टीले आत्मासाथ गरेर अघि बढिरहेको जिकिर समेत गरे।

अध्यक्ष भट्टराईले भने, ‘हिजो व्यवस्था फेर्नका लागि संघर्ष गर्ने, लडने, जेल जाने यस्तो कार्य चाहीँ प्रमुख थियो। तर, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ जारी भएपछि भलै त्यसका कतिपय अपूर्णहरु रहे। हाम्रा आ–आफ्ना असहमतीहरु त्यहाँ छन्। फेरि पनि त्यो संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपाल एउटा नयाँ युगमा प्रवेश गर्‍यो। अब एउटा नयाँ लोकतान्त्रिकरणको युगमा, समृद्धिकरणको युगमा, सुशासनको युगमा प्रवेश यो गर्‍यो। अव व्यवस्थाका लागि लडनुपर्ने अवस्था पनि आउन सक्छ । संघर्षहरु गर्नुपर्ने अवस्था पनि आउन सक्छ। तर, त्यो प्रधान हुँदैन। प्रधान कुरा अब यो संविधानलाई, यसको अपूर्णतालाई पूर्णता दिने, यो संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्ने र जनतालाई सुशासन र समृद्धि दिने र हाम्रो देशलाई संसारको एउटा समुन्नत देशहरुको दिशामा पुर्‍याउने अब यो कार्यभार हुन्छ भनेर हामीले नयाँ अभियान शुरु गर्‍यौं।’

लोकप्रिय
अर्को समाचार
प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार हुनुहुन्छः डा. बाबुराम भट्टराई
१९ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार हुनुहुन्छः डा. बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन्।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

अध्यक्ष भट्टराईले कहिले काँग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री दाहालले सत्ताका लागि मरिहत्ते गरेको बताए। उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरुलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान शुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरेपनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गरे।

भट्टराईले दाहालको सत्ता मोहले वाक्क भएकाहरुलाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि सोही पार्टीमा एकीकरण भएर जाने निर्णय भने नगरेको बताए।

उनले भने,‘माओवादी आन्दोलनमा जोडिएका साथीहरुको एउटा ठूलो समूह थियो। ती साथीहरु पनि बडो दुविधामा थिए। कहिले एमालेको पछि लागेको छ, कहिले काँग्रेसको पछि लागेको छ। प्रचण्डजीले उहाँहरुलाई आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाई राख्नुभएको छ। त्यस्तो भएको बेलामा माओवादी आन्दोलनमा लागेकाहरुलाई समाजवादतर्फ लैजानका लागि आफूले चुनावमा सहकार्य गरेर जाने नीति लिएको हो। प्रचण्डजीलाई मेरो विश्वास थिएन। उहाँ त सत्ताको निम्ति जे पनि गर्नुहुन्छ। तपाई कुर्सीमा बस्ने हो भनिदिएपछि जता पनि बसिदिनु हुन्छ। त्यो मलाई थाहा थियो। तर माओवादी आन्दोलन भित्रका साथीहरु अब हामी नयाँ ढंगले जान्छौं। माओवादी युगको, माओवादी विचारको समय सिद्धियो। त्यसले आफ्नो काम सम्पन्न ग¥यो। अब नयाँ ढंगले रुपान्तरणसहितको नयाँ समाजवादी धुव्रीकरणको जुन कुरा गर्नुभएको छ। हामी त्यसमा आउँछौं भनेको हुनाले एउटा साझा चुनाव चिन्ह लिएर अहिले जाउ, दुई पार्टी अलग अलग भएपनि हुन्छ। त्यहाँ पार्टी एकता कहीँ पनि भनिएको थिएन। माओवादीमा जाने कहीँ पनि भनिएको थिएन। तर पछि तपाईले सबै देखिहाल्नु भयो। जब निर्वाचन भयो। खोलो त¥यो, लौरो बिस्र्यो। प्रचण्डजी चुनाव जितिसकेपछि त उहाँ फेरि पानीको भिजेको बिरालो जस्तो भएको मान्छे चुनाव जितिसके पछि त शेरजस्तो भएर गर्जन थाल्नुभयो। अनि देखिहाल्नु भयो, फेरि उही कुरा दोहो¥याउनु थाल्नु भयो।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस