जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन्
पूर्व उप-प्रधानमन्त्री समेत रहेका उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने जिकीर समेत गरे।
रफ्त सञ्चार क्लवले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याएका छन्।
उनले कम्फटेवल मेजरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरे। अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत बताए।
राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाई थियो।
अध्यक्ष यादवले भने, ‘सुशासन र विकासको अभियान गतिका साथ अगाडि बढाउने। शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रहरुमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो। त्यसका लागि सरकारको स्थिरता आवश्यक छ। दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैले हित हुँदैन। र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो। गल्ती कहाँ छ? त्यहाँ सच्याएर अघि बढने बेला हो। र, त्यसका लागि यो गठबन्धनमा हाम्रो पार्टीको धारणा के हो भने अगाडि बढनु पर्छ। सरकार स्थिर भएर काम गर्नुपर्छ। र, जनतालाई डेलिभरी दिनु पर्छ। अव पहिलाको जस्तो भनेर मात्रै हुँदैन, गरेरै देखाउनु पर्छ। र, मुलुकलाई सम्भावित संकटबाट जोगाउने महत्वपूर्ण अभिभारा अहिलेको सरकारको रहेको छ। त्यसैले हाम्रो राय पनि सरकारको स्थिरता, राजनीतिक स्थिरता आवश्यक हो। र, यसलाई आवश्यक्ता ठानेरै जनता समाजवादी पार्टीले यो गठबन्धन निर्माणमा सरकारको भनेको सक्दा सरकार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिदैमा सरकारलाई संख्यात्मक हिसावले खासै फरक पर्दैन। अहिले पनि कम्फटेवल मेजरिटीको सरकार छ। ५ दलीय गठबन्धनको सरकार हो। र, गठबन्धनसँग पर्याप्त मत छ। संख्या छ।’
अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढन पनि सरकारलाई सुझाव दिए। थुप्रिएर रहेको पूँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको बुझाई थियो।
जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्केसँग संसदीय दलको बैठक बस्न लागेको हो।
बैठक पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा अबको केहीबेरमा सुरु हुनेछ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ।
आईतवार मात्रै ७ जना प्रतिनिधि सभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरी दर्ता भइसकेको छ। अब उपेन्द्र यादवसँग प्रतिनिधि सभामा जम्मा ५ जना मात्रै सांसदहरु छन्। सोही विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।