नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्नेकुरामा आफू नरहेको स्पष्ट पारेका छन्।
बुधवार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताएका हुन। उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको उल्लेख गरे।
उनले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सु–संगठित गर्ने धेरै कामहरु आफ्नो जिम्मामा रहेको बताए। महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरुलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्नेकुरामा आफू लाग्ने पनि बताए।
उनले भने, ‘महामन्त्री भएको वर्ष दिन पुग्दैछ । अझै धेरै कुराहरु गर्न बाँकी नै छन्। मलाई यीनै साथीभाईहरुले एक वर्षअघि मात्रै पार्टीको महामन्त्री बनाउनुभएको हो। मेरो काँधमा कति वटा कामहरु गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको र कामहरुले मलाई पर्खिरहेको बेला छ। अनि विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नतिर लागेर हुन्छ? यो उचित हुँदैन भनेर अहिले म मन्त्री बन्ने कुरामा छैन भनेको हो। अहिले सरकारमा जाने कुरामा साथीहरु जानुहुन्छ, जान चाहनेहरु साथीहरुलाई संयोजन गर्नु रामो हुनेछ। सरकारमा जाने साथीहरुलाई यो घोषणापत्र बोकेर काम गर्नुहोला है भनेर भन्नु राम्रो। तर अहिले मैले पार्टीको कार्यालयमा बसेर कार्य गर्नुपर्छ। त्यसकारण मन्त्री बन्नेकुरामा तत्कालै विश्वप्रकाश शर्मा लाग्नु हुँदैन।’
महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजनलगायतका कामहरु अघि बढाउने कुरामा आफू लाग्ने पनि बताए।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सरकारको कामकाजको समीक्षा गर्ने बेला आएका बताएका छन्।
नेपाल प्रेस युनियन बागलुङले आइतबार बिहान बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारको गतिविधि समीक्षा गर्ने समय नजिक आएको बताए।
‘अहिलेको सरकार काँग्रेस सहितको सरकार हो, त्यसैले पनि काँग्रेसले अब सरकारको समीक्षा गर्ने बेला आइरहेको छ,’ उनले भने,‘फागुनमा महासमिति बैठक डाकेका छौँ । त्यति बेलासम्म सरकारले गति देखाउन सकेन भने देशैभरीबाट आएका साथीले पार्टीको मात्रै नभई सरकारको पनि समीक्षा गर्नुहुन्छ । सकारको भविष्यबारे छलफल हुन्छ ।’
उनले अहिले नै सरकार परिवर्तन गर्ने पक्षमा काँग्रेस नभए पनि सरकारले कामलाई गति दिनुपर्नेमा जोड दिए। ‘सरकारले आफ्नो कामलाई जुन ढङ्गले गति दिनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन,’ उनी भन्छन्, ‘फागुन ७ देखि सुरु हुने महासमिति बैठकमा हाम्रा मन्त्रीहरूको रिपोर्ट कार्ड हेरिन्छ। सरकारको विषयमा पनि समीक्षा हुन्छ। त्यसको मतलब अहिले नै सरकार बदल्नुपर्छ भन्ने होइन। धेरै काम गर्नुपर्नेछ सरकारले गति बढाउनै पर्छ।’ उनले महासमिति बैठकमा समग्र विषयको चर्चा हुने समेत उल्लेख गरे ।
‘हामीले नेतृत्वको कुरा गर्दै गर्दा, सरकारमा गएका मन्त्रीहरूको कुरा गर्दै गर्दा हामी महामन्त्रीहरूको पनि समीक्षा हुन्छ, हामी त्यसका लागि तयार छौँ,’ शर्माले भने।
महामन्त्री शर्माले अहिले नै निर्वाचनको बारेमा सोच्ने नभएको उल्लेख गरे। ‘अहिले हामी गठबन्धन सरकारमा छौँ, यो सरकारको सफलता नै काँग्रेसको प्रमुख उद्देश्य हो,’ शर्माले भने,‘२०८४ को चुनावमा के गर्ने भन्ने विषय त्यतिबेला नै गर्ने हो । अहिले गठबन्धन भएका हुनाले राष्ट्रिय सभा निर्वाचनका लागि हामी गठबन्धन नै गरेर अगाडि बढ्छौँ ।’
राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेस केही नेताहरूको नाम समानुपातिक सूचीबाट हटाएको भन्ने विषयमा उनले सूचीबाट हट्दैमा राष्ट्रियसभामा टिकट पाई हाल्ने अवस्था नभएको बताए। ‘प्रत्येक ठाउँमा एउटै व्यक्तिले अवसर पाउने भन्ने हुँदैन, केही व्यक्तिहरू समानुपातिक सूचीबाट हटेका पनि पर्न सक्नुहुन्छ तर सूचीबाट हट्दैमा पर्नुहुन्छ नै भन्ने चाहिँ होइन,’ उनले भने।
उनले मिसन ८४ भन्दा पनि भिजन ९५ को अवधारणमा अगाडि बढ्नुपर्नेमा जोड दिए। ‘ओलीजीले मिसन ८४ भन्नुभएको उहाँलाई शुभकामना छ, लामिछानेजी नयाँ आउनुभएको उहाँले पनि त्यही भन्नुभएको छ, उहाँलाई पनि शुभकामना छ,’शर्माले भने,‘उहाँहरूलाई शुभकामना भन्ने हो तर हामीले अब निर्वाचन केन्द्रित हुने होइन आगामी १५ वर्षमा देशलाई कस्तो बनाउने स्पष्ट योजना अनुसार अगाडि बढ्नुपर्छ। त्यसका लागि भिजन ९५ जरुरी छ।’ ठुला विकासका योजनाहरू सञ्चालन गर्नु पूर्व सावधानीपूर्ण र जिम्मेवार ढङ्गले अगाडि नबढ्दा अहिले समस्या आएको उनले बताए।
‘हामीले ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल त बनायौँ तर अहिले ती विमानस्थलहरू सुनसान रहेका छन्,’ शर्माले भने,‘हामीले एउटा छिमेकीसँग विमानस्थल बनाउने ऋण लिँदै गर्दा अर्को छिमेकीसँग आकाश प्रयोग गर्ने विषयमा सल्लाह गरेनौँ। त्यसको परिणाम अहिले देखिएको छ।’ शर्माले जहाज उडाउन बनेको अन्तर्राष्ट्रिय विमानस्थल क्रिकेट खेल्ने ठाउँ बन्न सक्ने भएकाले सबै जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने बताए।
‘केही राम्रा कामहरू पनि हाम्रै पालामा भएका छन्, त्यसका जस पनि हामीले बाँडेर लिउ, केही गल्ती भएका छन् त्यसको दोष पनि सबैले बोकौँ र गम्भीर समीक्षा सहित अगाडि बढौँ त्यसैमा हित छ। आरोप प्रत्यारोप गरेर कुनै लाभ छैन,’ उनले भने। महामन्त्री शर्माले २०६२÷०६३ को परिवर्तनपछि एमाले ९ पटक र काँग्रेस ८ पटक सरकारमा रहेकाले एकले अर्कोलाई गाली गरिरहनुभएको औचित्य नभएको जिकिर गरे।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।