जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य सकिएको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यादवले निर्वाचनमा एमालेसँग केहि सिटमा तालमेल गरेको र निर्वाचनसकिएसँगै सहकार्य पनि सकिएको बताए।
जनता समाजवादी पार्टी सरकारको नेतृत्व गर्ने दलको नीति र आफूहरूले उठाउँदै आएका मुद्धा सम्बोधनको विषयलाई हेरेर कसलाई समर्थन गर्ने भन्ने निक्यौल गर्ने बताए। ‘चुनावमा एमालेसँग केहि सिटमा तालमेल गरेका थियौ’ यादवले भने‘ चुनाव सकिएसँगै एमालेसँगको सहकार्य पनि सकियो।’ उनले अब, नयाँ धरातलमा कसरी अघि बढ्ने भन्ने नीति पार्टीले लिने बताए।
यादवले निर्वाचनको पुरै नतिजा आइनसकेकाले जसपाले अहिलै सरकारमा जाने नजाने निर्णय गरिनसकेको स्पष्ट पारे। उनले देशैभर एउटै नीतिबाट जसपा अघि बढ्ने बताए।
जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्केसँग संसदीय दलको बैठक बस्न लागेको हो।
बैठक पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा अबको केहीबेरमा सुरु हुनेछ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ।
आईतवार मात्रै ७ जना प्रतिनिधि सभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरी दर्ता भइसकेको छ। अब उपेन्द्र यादवसँग प्रतिनिधि सभामा जम्मा ५ जना मात्रै सांसदहरु छन्। सोही विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।