‘सत्तामोह’ले निरन्तर खुम्चँदै माओवादी
१७ मंसिर २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘सत्तामोह’ले निरन्तर खुम्चँदै माओवादी
लेखनाथ न्यौपाने र लीलामणि पोखरेल।

१० वर्षे शसस्त्र द्वन्द्वबाट शान्तिप्रक्रियामा आउँदै गर्दा माओवादी नेतृत्व र आन्दोलनप्रति आम जनतामाझ धेरै अपेक्षा थिए। परम्परावादी शक्ति र दलप्रति बढ्दो अविश्वास र असन्तुष्टिबीच नयाँ दलका रूपमा माओवादी उदाउँदा निम्नवर्गीय ग्रामीण समुदायले मात्र होइन, सहरिया जनताले पनि उसलाई पत्याएका थिए। २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौंमा माओवादीसँग सहकार्य गर्न नमान्दा एमाले शून्य भयो । भर्खर शान्तिपूक्रियामा आएकोे माओवादी एक्लैले काठमाडौंमा सात सिट जित्यो।  

पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठुलो दलका रूपमा उदाएको नेकपा माओवादीले प्रत्यक्षतर्फ १२० सिटसहित ३१ लाख ५४ हजार ५१९ र समानुपातिकतर्फ १०० सिटसहित ३१ लाख ४४ हजार २०४ मत पाएको थियो। माओवादी एक्लैले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा जित हासिल गरेको थियो।  

संसदीय राजनीतिमा प्रवेश गरेसँगै निरन्तर सत्ताको वरिपरि घुमिरहेको माओवादी दोस्रो संविधानसभाको निर्वाचन अर्थात् २०७० सालमा भने पहिलोबाट एकैपटक तेस्रो दल हुन पुग्यो। उक्त निर्वाचनमा एकीकृत नेकपा माओवादी १६ लाख ९ हजार १४५ मतसहित २६ सिटमा खुम्चिन पुग्यो। २०७० सालको निर्वाचनअघि विभाजनको सिकारसमेत भएको पार्टीले समानुपातिकतर्फ पनि १४ लाख ३९ हजार ६०९ मतसहित ५४ सिट जितेको थियो। २०७४ सालको संसदीय निर्वाचनमा नेकपा एमालेसँग वाम गठबन्धन गरेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिट र समानुपातिकमा १७ सिट जित्दै तेस्रो दलकै हैसियत बनाएको थियो। निर्वाचनलगत्तै एमालेसँग पार्टी एकीकरण गरेर नेकपामा परिणत भए पनि अदालतको निर्णयले छुट्टाछुट्टै पार्टीमा विभक्त भएपछि माओवादी केन्द्रले संसद्मा तेस्रो दलकै भूमिका निर्वाह गरिरह्यो।  

हालै सम्पन्न निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनमार्फत निर्वाचन लडेको माओवादी केन्द्र संसद् संख्याका हिसाबले थप खुम्चिएको छ। प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ ठाउँमा जित हात पारेको छ  भने दोलखामा जरी मतगणनामा अग्रता लिएको छ । समानुपातिकतर्फ पनि माओवादीले जित्ने सिटसंख्या १४ आसपास हुने देखिन्छ। सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिको मार्गमा लागेको माओवादीले डेढ दशकमा संविधानसभा र संसद्का गरी चारवटा निर्वाचनमा भाग लिएको छ। तर नयाँ शक्तिका रूपमा उठाउँदा ठुलो दलका रूपमा स्थापित भएको माओवादी निर्वाचनपिच्छे खुम्चिँदै गएको छ। यसको कारण खोतल्दै माओवादी नेता लेखनाथ न्यौपाने भन्छन्, ‘हामी २०६३ पछि आफ्नै नेतृत्व र विभिन्न दलको नेतृत्वको सरकारमा निरन्तर सहभागी त हुँदै आएका छौं तर जनताको भावनाअनुसार काम गर्न नसक्दा निरन्तर जनमत गुमाइरहेका छौं।’

सत्तामा निरन्तर सहभागी हुँदा पनि जनअपेक्षाअनुसार काम गरेर जनताको मन जित्न नसक्दा माओवादी निरन्तर खुम्चिँदै गएको न्यौपाने बताउँछन्। अर्कातर्फ सत्तामा पुगेर काम गर्न नसकेपछि जनतामा सत्ताविरोधी भावनाको विकास हुँदा पनि माओवादीको मतमा असर परेको उनको बुझाइ छ। ‘हाम्रो अनुभवले के भन्छ भने हामी निरन्तर सत्तामा सहभागी हुँदा हाम्रो जनमत ओरालो लागिरहेको देखिन्छ,’ उनले भने। यसपटकको निर्वाचनमा माओवादी थप खुम्चिनुको कारण गठबन्धन दलबीच ‘भोट ट्रान्सफर’ नहुनु, माओवादीले उपयुक्त उम्मेद्वारको छनोट गर्न नसक्नु र माओवादीप्रति जनविश्वास पनि घटनु रहेको न्यौपानेको मूल्यांकन छ।  

माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल पनि यसपटकको निर्वाचन पार्टीका लागि गठबन्धन प्रत्युत्पादक बनेको टिप्पणी गर्छन्। ‘हामीले निर्वाचनमा इमानदारीसाथ भोट दियौं तर कांग्रेसको अराजकतावादी सोचाइका कारण माओवादीमा भोट सरेन,’ उनले भने। गठबन्धनको उद्देश्य संविधानको रक्षा भएकाले यसको औचित्य भने नसकिएको पोखरेलको तर्क छ।

अबको बाटो के ?

सचिव पोख्रेल माओवादी केन्द्र अहिले पनि आकारका हिसाबले तेस्रो ठुलो दल भए पनि अब सरकारमा जाँदा भने औचित्य पुष्टि हुने गरेर मात्र जानुपर्ने बताउँछन्। ‘अहिले हामी तेस्रो ठुलो दल बनेका छौं। हामीबिना सरकार नबन्ने अवस्था होइन तर सहज पनि छैन। तर अब केही थान व्यक्तिलाई मन्त्री बनाउन मात्र सरकारमा जानुहुँदैन, गए पनि औचित्य पुष्टि गर्न सक्नुपर्छ,’ उनले भने।

नेता न्यौपाने पनि अहिले जनताले संसद्मा माओवादीलाई दिएको मत सरकारमा जान नभएको बताउँछन्। ‘अहिले हामीले प्राप्त गरेको संसद्को आकार सरकारमा जाने होइन। अबको पाँच वर्ष हामी सत्ताको प्राथमिकतालाई छाडेर पार्टी निर्माणमा लाग्नुपर्छ,’ उनले भने। यसपटक प्रत्यक्षमा माओवादीको मत घटे पनि समानुपातिकमा खासै फरक नपरेको दाबी गर्दै उनले माओवादीको पुनर्निर्माणका लागि यो पर्याप्त भएको बताए। ‘अबको पाँच वर्ष सत्ताभन्दा पार्टी निर्माणलाई जोड दिएर हेरौं न, पाँच वर्षपछि जनताले हामीलाई कसरी मूल्यांकन गर्छन्। त्यसैका आधारमा अघि बढौंला,’ उनले भने।  

न्यौपाने एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन गरेपछि तत्कालीन अवस्थामा बनेको गठबन्धन संसद् पुनःस्थापनासँगै अन्त्य हुनुपर्नेमा निरन्तर अघि बढिरहनु पनि माओवादीका लागि प्रतिकूल भएको बताउँछन्। ‘वर्ग र विचारका हिसाबले दुई फरक ध्रुवका दलबीचको गठबन्धन सैद्धान्तिक रूपमा ठिक थिएन। जुन अहिले आएर पुष्टि भएको छ,’ उनले भने। न्यौपाने अब हुने पार्टीको बैठकमा यो विषयबारे समीक्षा हुन आवश्यक रहेको बताउँछन्।  

सचिव पोख्रेल निर्वाचन परिणामबारे पार्टीले गम्भीर समीक्षा गर्ने बताउँछन्। ‘हामी मत परिणामको समीक्षा गर्छाैं, संगठनको अवस्था र मतपरिणामले के दियो, राजनीतिक संगठन र संस्कृति तथा अब कसरी अघि बढ्ने भन्नेबारे पनि गम्भीर छलफल गर्छाैं,’ उनले भने।

लोकप्रिय
अर्को समाचार
कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन
२३ माघ २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन्।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका थिए।

चालु अधिवेशनमा महत्त्वपूर्ण कानुन संसदमा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिंदै अध्यक्ष दाहालले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेकाे माओवादी केन्द्रका सचेतक रूपा जाेशी चौधरीले बताइन्।

बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण, साेह्राैं आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस