काभ्रे–२ मा एमालेका गोकुल बाँस्कोटा विजयी
०९ मंसिर २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
काभ्रे–२ मा एमालेका गोकुल बाँस्कोटा विजयी

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन्।  

बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार  शिवप्रसाद हुमागाईंसँग ५ हजार ८ सय ६३ मतान्तरले विजयी भएका हुन्।

मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गरेका छन्। 

लोकप्रिय
अर्को समाचार
सरकार गठन प्रक्रियामा संवैधानिक अस्पष्टता
०१ पौष २०७९
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
सरकार गठन प्रक्रियामा संवैधानिक अस्पष्टता

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। निर्वाचन आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाएको हो। संविधानले निर्वाचनपछि नयाँ सरकार गठन प्रक्रिया कसरी अघि बढाउने भन्ने स्पष्ट व्यवस्था गरेको छैन। २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनको पक्षमा स्पष्ट बहुमत भएकाले गठबन्धनका नेताहरू प्रतिनिधिसभामा बहुमत पुग्ने आधारसहित प्रधानमन्त्रीको दाबी पेस गर्न राष्ट्रपतिसमक्ष गएका थिए। तर अहिले कुनै पनि दल प्रधानमन्त्रीको दाबी गर्न नगएको खण्डमा नयाँ सरकार गठन प्रक्रिया कहाँबाट र कसरी सुरु गर्ने भन्ने संविधानमा स्पष्ट व्यवस्था छैन।  

२०६३ सालको अन्तरिम संविधानमा राष्ट्रपतिलाई संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सहमतिको सरकार गठनका लागि पहिला आह्वान गर्ने र सहमतिको प्रधानमन्त्री दिन नसके बहुमतको प्रधानमन्त्री चयनका लागि संसद्लाई लेखेर पठाउने व्यवस्था थियो। तर संविधानसभाले बनाएको अहिलेको संविधानमा त्यस्तो व्यवस्था छैन। संविधानसभाले बनाएको संविधानअनुसार २०७४ सालमा भएको पहिलो निर्वाचनपछि प्रधानमन्त्रीको दाबी गर्न संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपतिले आह्वान गर्ने परम्परा पनि बसेको छैन।  

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेसविज्ञ टीका ढकालले नयाँ जनादेशअनुसार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि संविधानअनुसार सहजीकरण गर्ने बताए। नयाँ सरकार गठनका लागि सहजीकरण गर्ने राष्ट्रिपतिको दायित्व भएको बताउँदै ढकालले भने, ‘ताजा जनादेशअनुसार सरकार गठन नै अहिलेको प्राथमिकता हो। नयाँ सरकार गठन राष्ट्रपतिको उच्च प्राथमिकताको विषय हो। कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि उहाँले आह्वान गर्न सक्नुहुन्छ।’ नयाँ जनादेशअनुसारको सरकार गठन प्रक्रिया अघि बढाउने राष्ट्रपतिको अधिकार भएको दाबी गर्दै उनले भने, ‘संसद् बैठक आह्वान सरकारको विषय हो।’

कानुनविद् भीमार्जुन आचार्यले संविधानले राष्ट्रपतिलाई सरकार गठनको आह्वान गर्ने अधिकार कहींकतै नदिएको दाबी गरे। संविधानको व्यवस्थाअनुसार अब प्रतिनिधिसभा बैठक आह्वान हुनुपर्ने र त्यसले आवश्यक ऐनकानुन बनाएर सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने जिकिर गर्दै उनले भने, ‘संविधानमा व्यवस्था पनि छैन र अभ्यास पनि होइन।’ राम्रो र सबैलाई सर्वस्वीकार्य विषय मात्र परम्परा र अभ्यास हुन सक्ने भन्दै उनले थपे, ‘विगतमा गलत परम्पराको सुरुवात भएको छ। त्यसलाई अहिले सच्याउनुपर्छ।’  

राष्ट्रपतिका प्रेसविज्ञ ढकालले २०७४ सालमा निर्वाचन आयोगले प्रतिवेदन बुझाएलगत्तै दलहरू निर्वाचनको जनादेशअनुसार सरकारको दाबी गर्न आएको बताए। अहिले पनि दलहरूले तत्कालै सरकारको दाबी गर्न आए संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त हुन सक्ने जिकिर गर्दै ढकालले भने, ‘प्रतिनिधिसभा सदस्य कोको हुन् भन्ने राष्ट्रपतिलाई जानकारी भइसकेको छ। १३८ जनाको बहुमत देखिएपछि प्रधानमन्त्री नियुक्त हुन सक्छ।’

कानुनविद् आर्चायले प्रतिनिधिसभा सदस्यको शपथ नभईकन राष्ट्रपतिले विगतमा प्रधानमन्त्रीको शपथ गराएर गलत परम्पराको सुरुवात गरेको बताए। संविधानको धारा ७७ को उपधारा १ (ग) मा प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री पदमा बहाल रहन नसक्ने व्यवस्था रहेको भन्दै आचार्यले यसअघि संविधानको व्यवस्था मिचिएको बताए। प्रतिनिधिसभा सदस्यको शपथ नभएसम्म त्यसको जिम्मेवारी सम्हाल्न नसकिने धारणा राख्दै उनले भने, ‘प्रतिनिधिसभामा निर्वाचित सदस्य हो तर शपथबिना प्रधानमन्त्री र मन्त्री नियुक्त गर्नु संवैधानिक अराजकता हो, त्यसलाई रोक्नुपर्छ। पहिला प्रतिनिधिसभा सदस्यको शपथ हुनुपर्छ।’

मुलुकभित्रको अभ्यास र संसदीय शासन व्यवस्थाको पनि अभ्यास हेरेर अघि बढ्नुपर्ने बताउँदै राष्ट्रपतिका प्रेसविज्ञ ढकालले सांसदको शपथ प्राविधिक विषय भएको बताए। २०७४ सालको निर्वाचन परिणाम प्रतिवेदन बुझाएको भोलिपल्ट अर्थात् २०७४ फागुन ३ गते नै तत्कालीन वाम गठबन्धन (एमाले र माओवादी केन्द्र) ले केपी ओलीको नेतृत्वमा सरकार बनाउन दाबी पेस गरेका थिए। संविधानको धारा ७६ (२) बमोजिम त्यतिबेला दुई दलले सरकार बनाउने दाबी गरेकै दिन राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि उनले २०७४ फागुन २० गते मात्र सांसद पदको शपथ लिएका थिए, त्यसको भोलिपल्ट २१ गते संसद् अधिवेशन सुरु भएको थियो। धारा ७६ (२) मा लेखिएको छ, ‘उपधारा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्।’  

संविधानको धारा ७६ (८) माा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ भन्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्न सक्ने तत्कालीन राष्ट्रपति रामवरण यादवका कानुनी सल्लाहकार सूर्य ढुंगेलको बुझाइ छ। २०७४ सालको निर्वाचनपछि एमाले र माओवादी केन्द्र दुई दल मिलेर सरकार बनाउन आवश्यक संख्या पुगेको र अहिले पनि त्यस्तो अवस्थामा दलहरूले प्रधानमन्त्री दाबी गर्न सक्ने बताउँदै ढुंगेलले थपे, ‘संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री बन्ने अवस्था नभएकाले ७६ (२) अनुसारको प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आह्वान गर्न सक्छन्।’

संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दलले प्रधानमन्त्रीका लागि दाबी गर्न सक्नेछन्। संविधानको उक्त व्यवस्थाअनुसार संसद्मा प्रतिनिधित्व गर्ने दलहरूमध्येबाट एकभन्दा बढीले प्रधानमन्त्री दाबी गरेर सरकार गठनका क्रममा नयाँ विवाद उत्पन्न हुन सक्ने आशंका व्यक्त गर्न थालिएको छ। प्रतिनिधिसभाको एकभन्दा बढी सदस्यले ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गरेको अवस्थामा राष्ट्रपतिको भूमिका निर्णायक हुनेछ। यसअघि संविधानको धारा ७६ को ५ अनुसारको प्रधानमन्त्री आह्वान गर्दा राष्ट्रपतिले प्रतिनिधिसभाको संख्या र समर्थनलाई भन्दा आफ्नो अनुकूलतालाई हेरेर निर्णय गरेको भन्दै एक कानुनविद्ले भने, ‘अब पनि राष्ट्रपतिले संसद्को संख्या एकातिर प्रधानमन्त्री अर्कोतिर नियुक्ति गर्ने अवस्था नआउला भन्न सकिँदैन।’

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गर्न पुगेका शेरबहादुर देउवालाई नियुक्त नगरेर एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीसमेतको दाबीलाई आधार बनाउँदै नयाँ सरकार गठनका लागि अस्वीकार गरेकी थिइन्। त्यसलगत्तै तत्कालीन प्रधानमन्त्री ओली नेतृत्व सरकारको प्रतिनिधिसभा विघटन सिफारिसलाई राति नै सदर गरेकी थिइन्। र, सर्वोच्च अदालतले त्यसलाई सच्याउँदै देउवा नेतृत्वमा सरकार गठनको आदेश दिएको थियो।  

संविधानमा स्पष्ट व्यवस्था छैन भनेर जे पनि गर्न पाइन्छ भन्ने नभएको भन्दै ढुंगेलले संवैधानिक अराजकता निम्त्याउने अधिकार कसैलाई नभएको बताए। संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढीको प्रधानमन्त्रीमा दाबी पर्न सक्ने बताउँदै उनले भने, ‘हस्ताक्षर वा समर्थन कसलाई हो वा होइन भने राष्ट्रपतिले ‘भेरिफाई’ गर्नुपर्छ। होइन भने राष्ट्रपति जसमा कन्भिन्स हुनुहुन्छ, उसैलाई प्रधानमन्त्री नियुक्त गर्नचाहिँ सक्नुहुन्छ।’

राष्ट्रपतिबाट नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र संसद्बाट आफ्नो पक्षमा बहुमत रहेको प्रमाणित गर्नुपर्नेछ। अर्थात् ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त नगरे संविधानको धारा ७६ (३) अनुसारको नयाँ सरकार गठन प्रक्रिया राष्ट्रपतिले अघि बढाउनेछिन्। संविधानको स्पष्ट व्यवस्थाविपरीत राष्ट्रपति भण्डारीको नयाँ सरकार गठनमा देखाएको चासो शंकास्पद रहेको बताउँदै कांग्रेस एक पदाधिकारीले भने, ‘२०७४ सालमा प्रतिनिधिसभा सदस्यको शपथ नै नलिएका व्यक्तिलाई हतारहतार प्रधानमन्त्री नियुक्ति गर्नुभयो। अहिले पनि सरकार गठनको आह्वान गरेर फेरि उहाँलाई मन लागेको व्यक्तिलाई प्रधानमन्त्री बनाइहालौं अनि ३० दिनसम्ममा एउटा बाटो लाग्ला भन्नेजस्तो देखिन्छ।’

संविधानको धारा ९३ मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेको भन्दै कांग्रेसका ती नेताले भने सोहीअनुसार सरकारले अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने बताउँछन्। संसद्ले नै प्रधानमन्त्री चयन गर्नुपर्ने उनको बुझाइ छ। कांग्रेस नेतृत्वमा रहेको वर्तमान गठबन्धनले नै अब पनि निरन्तरता पाउने आंकलन गरिएको छ। तर कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने स्पष्ट संकेत अहिलेसम्म देखिएको छैन। मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५७, एमाले ४४, माओवादी केन्द्र १८ र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले १० सिट जितेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) ले ७/७ सिट जितेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४, नागरिक उन्मुक्ति पार्टीले ३, स्वतन्त्र उम्मेदवारले ५ तथा जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाले १/१ सिट जितेका छन। समानुपतिकतर्फ एमालेले ३४, कांग्रेसको ३२, माओवादी केन्द्रले १४, रास्वपाको १३, राप्रपाले ७, जसपा र जनमत पार्टीले ५/५ सिट पाएका छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस