चन्द्रमामा एउटा स्पेसएक्सको फाल्कन ९ रकेटको खाली माथिल्लो भाग (अप्पर स्टेज) ठोक्किएको विश्वास गरिएको छ। यो टक्कर चन्द्रमाको प्रसिद्ध आइन्स्टाइन क्रेटर नजिक भएको हो। वैज्ञानिकहरूका अनुसार यो घटना भविष्यका चन्द्र अभियानका लागि निकै महत्वपूर्ण अनुसन्धान अवसर बन्न सक्छ।
रकेटको खाली भाग करिब ५,४०० माइल प्रतिघण्टा (झण्डै ८,७०० किलोमिटर प्रतिघण्टा) को गतिमा चन्द्रमामा ठोक्किएको थियो। टक्कर हुँदा छोटो समयका लागि प्रकाश (फ्ल्यास) देखिएको थियो। तर यो यति कमजोर थियो कि शक्तिशाली टेलिस्कोपबाट समेत सजिलै देख्न सकिने अवस्था थिएन।
रकेट किन चन्द्रमातिर पुग्यो?
स्पेसएक्सको फाल्कन ९ पुनः प्रयोग गर्न मिल्ने रकेट हो। यसको केही भाग पृथ्वीमा फर्किन्छ भने केही भाग अन्तरिक्षमै रहन्छ।
गत वर्ष जनवरीमा यही रकेटले फ्लोरिडाबाट दुईवटा चन्द्र ल्यान्डर अन्तरिक्षमा पुर्याएको थियो। ल्यान्डरलाई पृथ्वीको कक्षाबाट बाहिर निकालेर चन्द्रमातर्फ पठाउने काम पूरा भएपछि रकेटको खाली माथिल्लो भाग अन्तरिक्षमै छाडिएको थियो।
यो भाग करिब पाँच तले भवन जत्तिकै ठूलो र कम्तीमा ४,००० किलोग्राम तौलको थियो। त्यसपछि यो पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण तथा सूर्यको प्रकाशको सानो धक्काका कारण बिस्तारै आफ्नो मार्ग परिवर्तन गर्दै अन्ततः चन्द्रमातर्फ पुगेको थियो।
खगोलविद्हरूले लामो समयदेखि यसको यात्रा ट्र्याक गरिरहेका थिए र अन्ततः यसको चन्द्रमामा ठोक्किने सम्भावना पुष्टि गरेका थिए।
टक्कर हुँदा उत्पन्न भएको प्रकाश एक सेकेन्डभन्दा पनि कम समय टिकेकाले त्यसलाई प्रत्यक्ष देख्न निकै कठिन थियो।
यद्यपि वैज्ञानिकहरूको अनुमान अनुसार टक्करपछि करिब १०० किलोमिटरसम्म फैलिएको धुलोको मुस्लो केही मिनेटसम्म देखिएको हुन सक्छ।
चन्द्रमाको परिक्रमा गरिरहेका अन्तरिक्षयान पनि त्यतिबेला सही स्थानमा नभएकाले प्रत्यक्ष दृश्य रेकर्ड गर्न सकेनन्। दक्षिण कोरियाको दानुरी अर्बिटर दुर्घटनास्थल नजिकैबाट केही समयअघि मात्र गुज्रिएको थियो। त्यसको टोलीले सबै विश्लेषण पूरा भएपछि मात्र उपलब्ध फुटेज सार्वजनिक गर्ने जनाएको छ।
पहिलो तस्बिर कहिले आउला ?
नासाको लुनार रिकनेसान्स अर्बिटर ले केही दिनभित्र दुर्घटनास्थलको तस्बिर लिने अपेक्षा गरिएको छ। दुर्घटनाअघि र पछिका तस्बिर तुलना गरेर नयाँ बनेको खाडल (क्रेटर) को आकार र असर अध्ययन गरिनेछ।
यसका साथै अमेरिकाका शक्तिशाली वेधशालाबाट संकलित तस्बिर र तथ्यांक पनि वैज्ञानिकहरूले विश्लेषण गरिरहेका छन्। चन्द्रमा पृथ्वीबाट करिब ३८५,००० किलोमिटर टाढा भएकाले स्पष्ट तस्बिर तयार गर्न घण्टा, दिन वा केही हप्ता पनि लाग्न सक्छ।
वैज्ञानिकहरूका लागि किन महत्वपूर्ण ?
यो टक्कर अनुसन्धानकर्ताका लागि दुर्लभ अवसर बनेको छ। किनभने उनीहरूलाई रकेटको आकार, तौल, गति र ठोक्किएको स्थानबारे पहिलेदेखि नै जानकारी छ।
चन्द्रमामा ठूला वस्तु ठोक्किँदा खाडल कसरी बन्छ भन्ने अध्ययन गर्न सक्नेछन्। धुलो र ढुंगा कति टाढासम्म उड्छ भन्ने थाहा पाउनेछन्। टक्करले जमिनमा कस्तो कम्पन पैदा गर्छ भन्ने मापन गर्न सक्नेछन्। चन्द्रमाको सतहमुनिको माटो र चट्टानबारे नयाँ जानकारी प्राप्त गर्न सक्नेछन्।
यस अनुसन्धानबाट प्राप्त जानकारीले भविष्यमा चन्द्रमामा जाने ल्यान्डर, अनुसन्धान केन्द्र र मानव बस्ती सुरक्षित बनाउन सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ।
विशेषगरी टक्कर हुँदा उड्ने धुलो र ढुंगा कति टाढासम्म पुग्न सक्छ भन्ने थाहा पाएपछि भविष्यका उपकरण र संरचना सुरक्षित स्थानमा निर्माण गर्न सजिलो हुनेछ।
सतहमुनिबाट बाहिर आएको सामग्रीको अध्ययनले करिब ४.५ अर्ब वर्षअघि पृथ्वी–चन्द्रमा प्रणाली कसरी बनेको थियो भन्ने विषयमा पनि थप जानकारी दिन सक्छ।
यस्तो घटना पहिलो पटक भने होइन
मानव निर्मित वस्तु चन्द्रमामा ठोक्किएको यो पहिलो घटना होइन। सन् १९५९ मा सोभियत संघको लुना–२ पहिलो पटक चन्द्रमामा पुगेको थियो। त्यसपछि नासाका रेन्जर अन्तरिक्षयान, अपोलो कार्यक्रमका रकेट चरण र सन् २००९ को एलक्रस मिसनले पनि अनुसन्धानका लागि जानाजानी चन्द्रमामा टक्कर गराएका थिए। एलक्रस अभियानको उद्देश्य चन्द्रमामा पानीको बरफ खोज्नु थियो।
त्यस्तै, २०२२ मा पनि चन्द्रमामा एउटा बूस्टर ठोक्किएको पुष्टि गरिएको थियो। वैज्ञानिकहरूले त्यसलाई सन् २०१४ मा प्रक्षेपण गरिएको चिनियाँ चन्द्र अभियानको अवशेष भएको अनुमान गरेका थिए।
सन् २०१५ देखि कपाल नकाटेकी भारतीय महिला रेणु धरियालले जीवित महिलामा सबैभन्दा लामो कपालको विश्व रेकर्ड हासिल गरेकी छिन्।
गिनिज वर्ल्ड रेकर्डका अनुसार उनको कपाल २७१.५० सेन्टिमिटर (८ फिट १० इन्च) लामो छ। यो रेकर्ड अप्रिलमा उत्तराखण्डको हल्द्वानीमा प्रमाणित भएको हो। उनले युक्रेनकी आलिया नासिरोभाबाट रेकर्ड लिएकी हुन्, जसको कपाल २५७.३३ सेन्टिमिटर (८ फिट ५.३ इन्च) थियो।
रेणु युट्युबर हुन्। उनी सौन्दर्य टिप्स पनि साझा गर्छिन्। उनले भनिन्, ‘म २०१५ देखि निरन्तर कपाल बढाइरहेकी छु। भारतीय संस्कृतिमा लामो कपाललाई चरम सौन्दर्य र परम्पराको प्रतीक मानिन्छ। त्यसैले म यति लामो कपाल बढाउन प्रेरित भएँ। मैले २०१५ देखि कहिल्यै कपाल काटेकी छैन।’
उनको कपाल बाक्लो, चम्किलो र कालो छ। हिँड्दा पछाडि भुइँमा लत्रिन्छ। ओछ्यानको किनारमा बेरिएको वा भुइँमा बसेको बेला चारैतिर फैलिएको देखिन्छ। भुइँबाट जोगाउन उनले फराकिलो चुल्ठोमा बाँध्ने गर्छिन्।
लामो कपालको हेरचाह सजिलो छैन। रेणुले भनिन्, ‘लामो कपाल कायम राख्न धेरै धैर्य चाहिन्छ। म कपाल धुन र झुल निकाल्न घण्टौं बिताउँछु। मेरो रहस्य पूर्णतया प्राकृतिक छ। म रासायनिक उत्पादनबाट टाढा रहन्छु। घरमै बनाएको कपालको तेल र स्याम्पु प्रयोग गर्छु। युट्युब च्यानलमा पनि यी रहस्य साझा गर्छु।’
रेणुले भनिन्, ‘यति लामो कपाल भएकाले बाहिर निस्कँदा वा सामाजिक सञ्जालमा आउँदा मानिसहरू छक्क पर्छन् र प्रशंसा गर्छन्। म संसारलाई सन्देश दिन चाहन्छु कि दृढ संकल्प, स्थिरता र आफ्नो प्राकृतिक सौन्दर्य तथा संस्कृतिसँग जोडिएर ठूलो उपलब्धि हासिल गर्न सकिन्छ।’
रेकर्ड बनेपछि उनले भारतमा आफ्नो नाम कमाउने र स्थानीय समुदायलाई विश्वभर चिनिने बनाउने आशा राखेकी छिन्।
तस्बिर : गिनिज वर्ल्ड रेकर्ड





रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।