अन्तर्राष्ट्रिय चुम्बन दिवस (जुलाई ६) को अवसर पारेर एक ब्राजिलियन जोडीले ३० सेकेन्डमा सबैभन्दा धेरै पटक चुम्बन गरेर नयाँ विश्व रेकर्ड कायम गरेका छन्।
३२ वर्षीय रेनाटो बायमा गाया र उनकी ३३ वर्षीया प्रेमिका नैयारा रोबर्टा रिबेरो डे मारिन्सले ३० सेकेन्डभित्र १९५ पटक चुम्बन गर्दै यो उपलब्धि हासिल गरेका हुन्। यस घटनाको भिडियो पनि सार्वजनिक गरिएको छ, जुन अहिले भाइरल हुँदैछ।
गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार पेशाले चिकित्सक रहेका यी जोडी डेढ वर्षदेखि प्रेम सम्बन्धमा छन्। आफूहरू 'संसारको सबैभन्दा राम्रो जोडी' भएको दाबी गर्ने उनीहरूले यो रेकर्डमार्फत आफ्नो नाम गिनिज वर्ल्ड रेकर्ड्समा लेखाएका छन्।
रेनाटो पहिलेदेखि नै विभिन्न रेकर्ड राख्न रुचाउने व्यक्ति हुन्। उनले यसअघि नै सबैभन्दा छिटो १० वटा किताब पल्टाउने र खुट्टा घुमाउने (लेग रोटेसन) जस्ता थुप्रै रेकर्ड बनाइसकेका छन्। तेक्वान्दोमा ब्ल्याक बेल्ट रहेका रेनाटो आफूलाई 'जित्ने लत' लागेको बताउँछन्।
आफ्नो प्रिय फुटबल टोली साओ होजे ईसीको जर्सीमा सजिएर रेकर्ड बनाएका यी जोडी अब अर्को चुनौतीको तयारीमा छन्। उनीहरूले आगामी दिनमा एक मिनेटमा सबैभन्दा धेरै पटक चुम्बन गर्ने जापानका चेरी योशिताके र कुमिको शिराटोरीको २७७ पटकको रेकर्ड तोड्ने योजना बनाएका छन्।
रेनाटो आफ्नो रेकर्डमार्फत सकारात्मक सन्देश फैलाउन चाहन्छन्। उनी भन्छन्, 'म एक अस्थि मज्जा दाता हुँ, र मलाई मलाई एडीएचडी (ध्यान दिन गाह्रो हुने र अति सक्रिय हुने अवस्था) छ। म प्रमाणित गर्न चाहन्छु कि एडीएचडी भएका मानिसहरू आफूले चाहेको सबै कुरा गर्न सक्षम छन्।' उनले आफ्नो यो प्रयासबाट ब्राजिलका अन्य नागरिकलाई पनि विश्व रेकर्डका चुनौतीहरू सामना गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
सन् २०१५ देखि कपाल नकाटेकी भारतीय महिला रेणु धरियालले जीवित महिलामा सबैभन्दा लामो कपालको विश्व रेकर्ड हासिल गरेकी छिन्।
गिनिज वर्ल्ड रेकर्डका अनुसार उनको कपाल २७१.५० सेन्टिमिटर (८ फिट १० इन्च) लामो छ। यो रेकर्ड अप्रिलमा उत्तराखण्डको हल्द्वानीमा प्रमाणित भएको हो। उनले युक्रेनकी आलिया नासिरोभाबाट रेकर्ड लिएकी हुन्, जसको कपाल २५७.३३ सेन्टिमिटर (८ फिट ५.३ इन्च) थियो।
रेणु युट्युबर हुन्। उनी सौन्दर्य टिप्स पनि साझा गर्छिन्। उनले भनिन्, ‘म २०१५ देखि निरन्तर कपाल बढाइरहेकी छु। भारतीय संस्कृतिमा लामो कपाललाई चरम सौन्दर्य र परम्पराको प्रतीक मानिन्छ। त्यसैले म यति लामो कपाल बढाउन प्रेरित भएँ। मैले २०१५ देखि कहिल्यै कपाल काटेकी छैन।’
उनको कपाल बाक्लो, चम्किलो र कालो छ। हिँड्दा पछाडि भुइँमा लत्रिन्छ। ओछ्यानको किनारमा बेरिएको वा भुइँमा बसेको बेला चारैतिर फैलिएको देखिन्छ। भुइँबाट जोगाउन उनले फराकिलो चुल्ठोमा बाँध्ने गर्छिन्।
लामो कपालको हेरचाह सजिलो छैन। रेणुले भनिन्, ‘लामो कपाल कायम राख्न धेरै धैर्य चाहिन्छ। म कपाल धुन र झुल निकाल्न घण्टौं बिताउँछु। मेरो रहस्य पूर्णतया प्राकृतिक छ। म रासायनिक उत्पादनबाट टाढा रहन्छु। घरमै बनाएको कपालको तेल र स्याम्पु प्रयोग गर्छु। युट्युब च्यानलमा पनि यी रहस्य साझा गर्छु।’
रेणुले भनिन्, ‘यति लामो कपाल भएकाले बाहिर निस्कँदा वा सामाजिक सञ्जालमा आउँदा मानिसहरू छक्क पर्छन् र प्रशंसा गर्छन्। म संसारलाई सन्देश दिन चाहन्छु कि दृढ संकल्प, स्थिरता र आफ्नो प्राकृतिक सौन्दर्य तथा संस्कृतिसँग जोडिएर ठूलो उपलब्धि हासिल गर्न सकिन्छ।’
रेकर्ड बनेपछि उनले भारतमा आफ्नो नाम कमाउने र स्थानीय समुदायलाई विश्वभर चिनिने बनाउने आशा राखेकी छिन्।
तस्बिर : गिनिज वर्ल्ड रेकर्ड





रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।