राजनीतिक दलहरूबीचमा जेजस्तो झगडा चलिरहेको छ, त्यसले उनीहरूलाई पतनतिर धकेलिरहेको छ। हुन त यो झगडा दलहरूका बीचभन्दा बढी तिनका नेताका बीचमा चर्किरहेको देखिन्छ,तर नेताहरूले आफ्नो नेतृत्व जोगाउन आफ्ना दललाई पनि सँगै लिएर हिँडिरहेका छन्। यस मानेमा उनीहरू र उनका दलहरू पतनतिर ढल्किँदै छन्।
जब एमाले र माओवादी मिलेर नेकपा भन्ने दल बन्यो, त्यसबेला नेपालको राजनीतिमा उनीहरू नै धेरै वर्षसम्म हाबी हुने अन्दाज गरिएको थियो। कम्युनिस्ट एकै ठाउँमा एकत्रित होलान् भनेर कमैले आकलन गरेका थिए। हुन पनि उनीहरू अलग अलग दलकै हैसियतमा निर्वाचनमा होमिए,तर दुवै मिलेर झन्डै दुईतिहाइ बहुमत ल्याए। उनीहरू दुवैले मागेको कुरालाई नै नेपाली जनताले अनुमोदन गरे र निर्वाचनबाटै कतै दुनियाँमा नभएको चमत्कार दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकार नेपालमा बन्यो।
सरकार त बन्यो तर चल्न चलाउन सकेनन्। तीन वर्षभन्दा बढी बनेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच खटपट सुरु भयो। उनीहरूले एकअर्काको कमजोरी र अवगुण जनता सामु ल्याइदिए।
सत्तासीन प्रधानमन्त्रीमाथि कैयौँ भ्रष्टाचारको आरोप लाग्यो। उता प्रचण्डमाथि निर्वाचनमा घोटाला गरेको आरोप लाग्यो। यी सब आरोपबाट जनता जानकार नै थिए। एउटै दलका दुई नेताले एकअर्काविरुद्ध भनाभन गरेको देखेर जनताले उनीहरूप्रति बनाएको नकारात्मक धारणा झन् बलियो भयो।
जब सर्वोच्च न्यायालयको आदेशबाट दुई दल छुट्टिएर आ–आफ्नो नाउँ–गाउँतिर फर्किए, तब नेताबीचको भनाभन अर्कैतिर फर्कियो। त्यसपछि सुरु भयो, प्रधानमन्त्री केपी शर्मा ओली र भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बीचमा। हुन त माधव नेपालले भनेजस्तै केपी शर्मा ओली अहंकारी हुन्, स्वार्थी हुन् भन्ने आरोपसित नेपाली जनताको सरोकार थिएन, तर यही कुरा दोहोर्याइतेहेर्याई नेपाली जनताले सुन्नुपर्यो र सुनेर बसे।
अर्कोतिर केपी शर्मा ओलीले माधव नेपाललाई गद्दार भने, नालायक भने र अरू के के गाली दिए। त्यसमा पनि नेपाली जनताको सुन्ने रुचि थिएन, तर सुनेर बस्नुपर्यो। यी नेताले आफ्नो वर्चस्व कायम गर्न आरोप र दोषारोपण गरे। त्यसबाट उनीहरूले आ-आफ्नो अहं पूरा गरे होलान्, तर नोक्सान उनीहरूकै भयो। उनीहरू पतनतिर लागेको देखियो।
उता राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले अध्यक्ष पदमा आफ्नो हार भएपछि निर्मल निवास र राजा ज्ञानेन्द्रलाई दोषी ठहर्याए। सो आरोप पुष्टि गर्न उनले दरबारका सचिवको नाम पनि काढे। उनको निर्वाचनमा हस्तक्षेप गरेका प्रमाण पनि जुटाए।
जब उनले यी सब कुरा सार्वजनिक गरे, नोक्सान उनकै भयो, राजा ज्ञानेन्द्रको भएन। सामाजिक सञ्जालमा सबैले कमल थापामाथि जाइलागे। राजा ज्ञानेन्द्रबारे कसैले केही बोलेनन्। यसबाट दलहरूभन्दा दलका नेता नै ठूला हुन् कि भन्ने आशंका धेरैले लिए।
नेपाली कांग्रेसको महाधिवेशनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः चुन्यो। यस घटनाबाट अरू धेरै नेता पतनतिर धकेलिए। दुई घडी अघिसम्म नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने प्रकाशमान सिंह र विमलेन्द्र निधिले सो परिवर्तनको बाटो छाडेर पुरानै नेतृत्वलाई समर्थन गरेको देखेर मानिस छक्क परे।
आखिर नेताहरूको बोलीको ठेगान रहेनछ, गर्ने बेलामा आफ्नै स्वार्थ हेर्दा रहेछन् भनेर सिद्ध भयो। यस्तो चालामाला देखेपछि नेपाली जनताले कसरी दल र नेतालाई विश्वास गर्ने भन्ने ठूलो प्रश्न खडा भयो। नेपाली जनताले यस्ता नेता र दलमाथि कति दिनसम्म भर गरेर बस्ने?
शेखर कोइरालाले अध्यक्ष हारे, तर जितेको उम्मेदवारले जस्तो गरी कांग्रेस पार्टी रूपान्तरणमा लाग्ने उद्घोष गरे। एउटा जितेको उम्मेदवारले त्यसो भनेको भए पत्यार गर्ने ठाउँ हुन्थ्यो। हारेको नेताले दल नै रूपान्तरणतिर लाग्ने भयो भन्न मिल्छ? व्यक्तिगत कुरा गरेको भए ठीकै हो। दल त जितेको अध्यक्षले चलाउने हो। हारेकाले चलाउने त होइन। हारेकाले नै दलको तर्फबाट बोल्न सक्ने हो भने चुनाव किन चाहियो? जितेको अध्यक्ष शेरबहादुर देउवा यसबारे केही बोलेका छैनन्। यो कस्तो दल हो? कस्तो चुनाव हो? हार जितको माने छैन?
नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश चुनिए। यसले सो दलमा नयाँ उत्साह आएको भनियो। उक्त दलको शीर्ष नेता उनै शेरबहादुर देउवा हुन्। पुरानै अनुहारका शीर्ष नेता भएपछि तलका नेता जति जागरुक र उत्साहित भए पनि काम लाग्दैन। नेपाली जनतालाई बेवकुफ बनाउन मात्र काम लाग्छ। यो किसिमको दलीय गतिविधिबाट यो मुलुकमा कुनै ठोस परिवर्तन अथवा रूपान्तरण हुनेछैन। मानिसले हावामा आश गर्नु अर्कै कुरा हो।
नेपाली जनता मात्र होइन,अन्तर्राष्ट्रिय समुदाय पनि नेपाली दल र नेताहरूदेखि दिक्क छन्। एमसिसीबारे हाम्रा नेताले जुन दोधारेपन देखाए,त्यो देखेर अमेरिकी पनि तीनछक परेका छन्। यसलाई संसद्बाट पास गराउन अमेरिकाबाट दुईजना मन्त्री नै आइसकेका हुन्। नेपाली नेताको ताल देखेर उनीहरूले पनि गोता खाएका छन्।
नेपालको प्रधानमन्त्रीसित कुरा गर्यो, योे सम्झौता भोलि नै पास होला जस्तो लाग्छ। किनभने उनले धेरैपटक भनिसके उनको दल र नेतृत्व यसलाई पास गर्ने पक्षमा छन्। विपक्षी दल एमालेका नेतासित कुरा गर्न जाँदा ‘खै, सरकारी गठबन्धनले केही गरेको छैन,केही बोलेको छैन, हामी अल्पमतमा भएको दलले बोलेर के हुन्छ?’ भन्ने जवाफ पाए। बहुमत हुँदा र सरकारमा हुँदा एमसिसीबारे के हेरेर बसेका थिए भनेर कसैले सोध्दैनन् र कसैले व्याख्या पनि गर्दैनन्। सरकारी गठबन्धनमा रहेका दल माओवादी र एकीकृत समाजवादी दलका नेतासित कुरा गर्दा ‘खै यसबारे कुनै कुराकानी भएको छैन, कुरा गर्न पनि समय लाग्छ’ भन्ने जवाफ पाउँछन्।
प्रधानमन्त्री देउवाले एमसिसी पास गराउन सबै दलको बैठक बोलाए। एमाले जाँदै गएन। अरू धेरैले विमति राखे। अमेरिकीहरूले १४ डिसेम्बरसम्म पास नगरे हामीले यो योजना अरूतिर लिएर जान्छौँ भनेका थिए। अहिले आएर जहिले पास गरे पनि हुन्छ भनी पठाए। यसमा अमेरिकीहरूले उनीहरूको यसमा अरू नै स्वार्थ लुकेको रहेछ भनेर प्रमाणित गरिदिए। एमसिसी पास भयो भने नेपालको विद्यमान राजनीतिक व्यवस्था नै एकातिर हिँड्छ भनेर अमेरिकीले अन्दाज लगाउन सकेका छैनन्।
सरकार र विपक्षी दलबीचको सम्बन्धमा सधैं दरार हुँदा संसद्को काम कारबाहीमा कमजोरी देखिँदै आएको छ। २०७४ यता संसद्का दुवै सदन झगडाभन्दा माथि उठ्न सकेनन् र सदन सञ्चालनमा न्यायपूर्ण, न्यायोचित र निष्पक्ष हुनुपर्छ भन्ने कुरा बिर्सेर सभामुखको पनि भूमिका प्रभावकारी देखिएन।
यसपटकको संसद्को बैठकमा पनि अघिल्लो संसद्को कार्यकालभन्दा धेरै कुरामा भिन्न देखिँदैन। अहिले सत्ता र प्रतिपक्षबीचको झगडा मत्थर भने छ।
संसद् आएको एक वर्षको अवधिमा केही सांसदहरू निलम्बनमा परे। कतिपय सांसद पक्राउ पर्ने र छुट्ने पनि भए। कानुन निर्माणमा धेरै नै कमजोरी देखियो। प्रतिपक्षले सदनको अवरोध गरेपछि सरकारले सहमति गर्न कन्ज्यूस्याइँ पनि गरेको देखियो।
प्रतिपक्षको माग सम्बोधनमा सरकार हिच्किचायो। एक विश्लेषकले भने, ‘अभिभावकको भूमिकामा सरकार रहनु नै लोकतान्त्रिक प्रक्रियाको उच्चतम् अभ्यास हो।’ठूलो परिणामका कानुन धेरै छलफल र बहस गर्नुपर्ने अवस्थाका छन् तर कतिपय कानुन संसद्मा ल्याइएन। ल्याएका कानुनको पछि समितिमा प्रभावकारी छलफल भएको छैन। कानुनको वैधानिकता त्यतिबेलसम्म कायम हुन्छ, जब सदनमा पर्याप्त छलफल हुन्छ र सबैको सहमतिले पारित गर्ने प्रयास हुन्छ एक संविधानविद्को तर्क छ।
यसबारे सरकारले ध्यान दिएन। सरकारका निर्णय र कामको छलफल र अनुगमन गर्ने संसद्को आधारभूत काम लामो समयदेखि अवरुद्ध रहयो।
गत वैशाखमा संसदीय समिति गठन भए पनि सभापतिको निर्वाच भदौमा मात्र भएकाले पनि समितिले प्रभावकारी काम गर्न सकेनन्।समितिको गठन मै ढिलाइ गरियो भने सभापति चयनमा पनि आआफ्नो व्यक्ति राख्ने होडले सभापति निर्वाचनमा ढिलाई गरियो। यसले संसदीय कामलाई थप पछि धेकेलेको विश्लेषण छ।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भने, ‘संसद्को गतिशीलता समितिमार्फत खोज्ने हो, तर संमितिमा सरकारको उपस्थिती न्यून हुँदा कतिपय कामहरू रोकिरहेका छन्।’
सरकार र यसका शीर्ष नेताहरूलाई जनताको प्रतिनिधिको रूपमा काम गर्नेभन्दा पनि सुरुमै ‘चियरलिड’ गर्नमा केन्द्रित ग¥यो। जसमा प्रधानमन्त्री पुष्पकमल दाहालले दुईपटक विश्वासको मत लिनुपर्ने परिस्थिति बन्यो।
यसपटकको संसद्मा नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ अनुहार आएका थिए। उनीहरूले सदनमा काम गर्न वातवरण तयार हुन सकेन भन्ने गुनासो गरिरहेका छन्।
संसद्बाट विपक्षी दलले जस्तोसुकै विषय उठाए पनि त्यसलाई चुनौती दिनसक्नु सरकारको कर्तव्य हो। प्रतिपक्षसँग भागेर सदनका बैठकमा बिजनेस नै नदिएर बैठक निरन्तर हुनसक्ने परिस्थितीको निर्माण गर्न नसक्नुले संसद्लाई पंगु बनाउने काम भइरहेको विज्ञहरू बताउँछन्।यसअघिको संसद् दुईपटक विघटनमा परेकाले कानुन निर्माणले गति लिएन। यसपटक पनि अदृश्य रूपमा संसद् विघटनको खेल भइरहेको विश्लेषण छ।
विगतमा सरकारले प्रतिपक्षविना काम गर्ने प्रवृत्ति देखायो, यसपटक त्यस्तो अवस्था आइरहेको छैन, तर सरकारले विरोध गर्नेलाई तार्केट गरेर हेरेको देखियो एमालेका एक नेताले भने। अब बस्ने हिउँदे अधिवेशन पनि विजनेश प्राप्त गर्ने र प्रभावकारी हुने दिशामा जाने अवस्था देखिदैन।
आगामी २०८४ को निर्वाचनको बहानामा अहिले जनतासमक्ष जाने काम दलहरूबीच भइरहेको छ। संसद्को कामलाई छाडेर सत्ता प्राप्तिको लागि मात्र ध्यान केन्द्रित गर्ने हो भने संसद्ले कहिले पनि राम्रो काम गर्न सक्दैन।संसद्को काम राम्रो नहुनुले नै सरकारलाई पतनको बाटोमा लैजाने निश्चित रहन्छ। यो प्रवृत्तिले धेरै आशा जगाउने ठाउँ देखिँदैन। यो सबैका लागि विशेषगरी सरकार र सत्तारूढ दलका लागि गम्भीर चिन्तन र आत्मनिरीक्षणको विषय हो भन्ने विश्लेषण छ।
यसपटक सांसदहरू माननीयको हैसियतलाई विर्सेर विभिन्न एनजिओ आइएनजिओको खर्चमा विदेश सयर भइरहेको अवस्था छ।
सार्वजनिक लेखा समिति सभापति पोखरेलले भने, ‘म आफैले पनि संसदको एक वर्षको प्रगति लेख्दैछु, यो वर्ष प्रधानमन्त्री, मन्त्री, सांसदका लागि विदेश सयरको रमाइलो अवसर देखिएको छ।
सरकारले ल्याएको बजेटले मात्रै ४५ वटा कानुन निर्माण गर्नुपर्ने अवस्था छ, अन्य संविधान अनुकूलका सयांै कानुनको आवश्यकता छ, तर कानुन निर्माणका लागि सरकारले कुनै तयारी पनि गरेको देखिँदैन। एक वर्षमा संसद्ले एउटा मात्रै कानुन बनाउनु लज्जास्पद कुरा भएको उनले बताए।यसबीचमा संसद्मा विचाराधीन विधेयक दुई दर्जनभन्दा बढी छन्। संख्याको दृष्टिकोणले कमी भए पनि यी विधेयकसमेत अघि बढाउने काम भएको छैन। २०८०/८१ को वार्षिक बजेट पारित भएसँगै संसदले महत्त्वपूर्ण काम गर्न सकेन। मिटरब्याजसम्बन्धी विधेयकबाहेक संसद्ले कुनै पनि काम गर्न नसक्नुले पनि यसलाई पुष्टि गरेको छ।
संसद्लाई सरकारले बिजनेस दिनुपर्दछ। प्रतिनिधिसभाको कार्यकाल थप एक वर्ष घटिरहँदा अब प्रतिनिधिसभाले केके कुरामा ध्यान दिनुपर्दछ भन्ने विषयमा पनि समीक्षा गर्नुपर्ने अवस्था छ।
संसद्को पहिलो बैठक गत साल २०७९ को पुस २५ मा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा नयाँ दलहरू प्रवेश भएको उल्लेख गर्दै नयाँ सांसदको कामले संसद्लाई चलायमान बनाउन सहयोग पुग्ने बताएका थिए।‘नयाँ अनुहारको प्रवेश भएको छ। तपाईंहरूमा नयाँ आवेग र केही गरी छाड्ने हुटहुटी छ त्यो हुटहुटी रचनात्मक हुनेछ यो संसद्को अर्जुनदृष्टि हुनेछ,’ प्रधानमन्त्री दाहालले भने। कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यन्वयनका लागि अझै कानुन निर्माण बाँकी रहेको बताउँदै भनेका थिए, ‘संविधान कार्यान्वयनका लागि निकै कानुन निर्माण बाँकी छ। माननीय साथीहरूमा अपिल गर्दछु। संविधानको सुरक्षामा सफल होस्।’
२०७९ पुस ७ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा प्रतिनिधिसभामा निर्वाचित सदस्यले शपथ लिएका थिए।
प्रधानमन्त्रीमा पुस १० गते नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते विश्वासको मत लिएका थिए भने दोस्रोपटक २०७९ चैत ६ गते विश्वासको मत लिएका थिए।
२०७९ माघ ५ गते सभामुखको निर्वाचन भएको थियो भने २०७९ माघ ७ गते उपसभामुखको निर्वाचन भएको थियो। सभामुखमा देवराज घिमिरे र उपसभामुखमा इन्दिरा राना निर्वाचित भएका थिए।२०७९ माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी थिइन्। २०७९ माघ १० गते २१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको थियो। मस्यौदालाई फागुन ४ गते समितिले बहुमतले पारित गरिएको थियो।
२०७९ माघ ५ गते सभामुखको निर्वाचन भएको थियो। भने २०७९ माघ ७ गते उपसभामुखको निर्वाचन भएको थियो। सभामुखमा देवराज घिमिरे र उपसभामुखमा इन्दिरा राना निर्वाचित भएकी थिइन्।
पहिलो अधिवेशनको २०७९ साल पुस २५ गते सुरु भई २०८० साल वैशाख १५ गतेसम्म ११० दिनसम्म चलेको थियो। जसमध्ये २८ दिनहरूमा २८ पटक मात्र बैठक बसेको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।