समृद्धि अभियानमा युवा परिचालन
१२ फागुन २०७७
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
समृद्धि अभियानमा युवा परिचालन

नेपालमा धेरै राजनीतिक क्रान्ति भए । पटकपटक राजनीतिक शासन प्रणाली पनि परिवर्तन भए । पछिल्लोपटक हामीले समृद्धिअनुकूलको राजनीतिक उपलब्धि हासिल गरेका छौँ– संघीय लोकतान्त्रिक गणतन्त्र । यसैअन्तर्गत जनभावनाअनुरूपको नयाँ संविधान पनि पाइसकेका छौँ– नेपालको संविधान २०७२ । सँगसँगै संघीय शासन प्रणाली पनि । संघीय लोकतान्त्रिक गणतन्त्र, नयाँ संविधान र संघीय शासन प्रणालीलाई समृद्धिको आधार मानिएको छ । यसैअनुसार अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने समयसीमालाई ध्यानमा राख्दै सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय र सन् २०४३ सम्ममा उच्च आय भएको समुन्नत राष्ट्र बन्ने लक्ष्यसहित् ‘समृद्ध नेपाल सुखी नेपाली’ को मूल नारा लिएर देश समृद्धिको अभियानमा अघि बढेको सरकारको दाबी छ । 

युवाको सन्दर्भमा पहिचानको सवाल भन्दा समृद्धि, अवसरको उपलब्धता, अवसरको न्यायोचित वितरण र प्रतिस्पर्धात्मक वातावरणको प्रत्याभूति बढी महत्वपूर्ण हुन्छ ।

देशको शान्ति सुरक्षाको अवस्था, बजार पहुँच र विस्तार, बसोबास, व्यक्तिगत स्वतन्त्रता, सामाजिक पुँजी, प्राकृतिक वातावरण, लगानीमैत्री वातावरण, उद्यमशीलता, शिक्षा तथा स्वास्थ्यको अवस्था आदि समृद्धिका मापक हुन् । यसका अतिरिक्त देशको कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, देशको विद्यमान गरिबीको अवस्था, बेरोजगारी दर, असमानता, भ्रष्टाचारका अनुभूति सूचकाङ्क, समाज रहेको धनी र गरिबबीचको खाडल, मानव विकास सूचकाङ्क, कानुनी शासन सूचकाङ्क, लैङ्गिक अन्तराल सूचकाङ्क आदिलाई पनि समृद्धि मापनको आधार मानिएको छ । बेलायतस्थित लेगाटम इन्स्टिच्युटले सन् २०२० मा प्रकाशित गरेको विश्व समृद्धि सूचकाङ्कमा विश्वका १६७ देशमध्ये नेपाल ११४ औँ स्थानमा रहेको छ । सार्क राष्ट्रमा नेपाल श्रीलंका र भारतपछि तेस्रो स्थानमा रहेको छ । समृद्धिको अभियानमा हामी अझै अघि बढ्नुपर्ने खाँचो छ ।

युवा वर्गमा जोश र जाँगर अरूमा भन्दा बढी हुने भएकाले असल मार्गदर्शन पाए त्यस्ता युवाले राष्ट्रलाई अतुलनीय योगदान गर्न सक्छन् । समृद्धि अभियानमा तिनै युवा वर्गको महत्व र तिनले निर्वाह गर्ने भूमिकालाई उच्च मूल्याङ्कन गर्ने गरिएको छ । देशको शक्ति जाँच्ने कसी पनि युवा वर्ग नै हुन् । त्यसैले तमाम् युवा वर्गको जोश, जाँगर, उत्साह र उनीहरूको निरन्तर क्रियाशीलताले मात्रै देश समृद्धशाली बन्न सक्छ ।

नेपालको इतिहास बहादुरी, स्वतन्त्रता र गौरवले भरिएको छ । निसन्देह त्यसमा युवाको नाउँ अग्रपङ्तिमा आउँछ । युद्ध होस् वा राजनीतिक क्रान्ति, सबैमा युवा नै अग्रपङ्तिमा उभिएका थिए । अबको आर्थिक क्रान्तिमा पनि युवा वर्ग अग्रपङ्तिमा उभिने हो भने देश समृद्धिको शिखरमा पुग्नेछ ।

युवा वर्गलाई राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका संवाहक पनि भनिन्छ । हामीले प्राप्त गरेको राजनीतिक परिवर्तन पनि तिनै युवा वर्गको संघर्ष र बलिदानको परिणाम हो । युवा वर्ग संघर्ष र बलिदानका लागि तयार नभएको भए शायद यति ठूलो राजनीतिक क्रान्ति सफल हुने थिएन र यति ठूलो राजनीतिक परिवर्तन पनि सम्भव हुने थिएन । युवा वर्गले आर्थिक क्रान्तिमा पनि यस्तै जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने हो भने समृद्धिको अभियान अवश्य सफल हुनेछ ।  

राष्ट्रिय विकासमा युवा परिचालन र सहभागिताको महत्व र आवश्यकतालाई मनन गर्दै ‘राष्ट्रिय युवा नीति २०७२’ बनाइएको छ । राष्ट्रिय युवा नीतिले युवा शक्तिलाई राष्ट्रको अमूल्य सम्पत्ति मानेको छ । युवा वर्ग राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् । गुणात्मक र सङ्ख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरूदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरुरी हुन्छ । त्यसैले राज्यका नीति तथा योजनामा ऊर्जाशील युवाबाट जनसांख्यिक लाभ लिन सकिने अवधारणाअनुरूप युवासम्बद्ध समस्या तथा चुनौतीहरूलाई चिर्दै आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा युवा परिचालनको नीतिलाई प्राथमिकतामा राख्ने गरिएको छ ।

नेपालको संविधान २०७२ को धारा ५१ मा ‘राज्यका नीतिहरू’ अन्तर्गत राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वाङ्गीण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति निर्देश गरिएको छ । यसैगरी चालु पन्ध्रौँ योजनाले पनि ‘युवाको सर्वाङ्गीण विकास राष्ट्र निर्माणको प्रमुख आधार’ भन्ने सोचसहित् स्वस्थ, सकारात्मक सोचयुक्त, उद्यमशील, सिर्जनशील, अधिकारप्रति सचेत र कर्तव्यप्रति प्रतिबद्ध युवा शक्तिको विकास र परिचालन गर्ने लक्ष्य लिएको छ ।

स्वदेशमा अवसर पाइएन भन्दै मनमा राज्यप्रति घोर निराशा बोकेर विदेशिने युवालाई यहीँ केही गर्ने र केही बन्ने अवसर प्रदान गर्दै समृद्धिको अभियानमा सहभागी गराउन सकियो भने देश समृद्ध बन्न धेरै समय लाग्दैन । युवाले सपनामात्रै देख्नुपर्छ । युवाको सपना साकार हुन्छ । किनभने हरेक युवामा सपना साकार पार्ने सामथ्र्य हुन्छ । त्यो सामथ्र्यलाई राज्यले पनि चिन्ने, बुझ्ने र त्यसलाई उपयोग गर्ने नीति अख्तियार गर्नुपर्छ । युवालाई आफ्नो दायित्व निर्वाह गर्न अभिप्रेरित गर्ने दायित्व राज्यको हो । युवा र राज्य दुवैले आआफ्नो दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्ने हो भने राष्ट्र अवश्य समृद्ध बन्छ ।

समृद्धिको अभियानमा देशका युवा वर्गको दायित्व हुन्छ, छ । यो तथ्यलाई स्वयं युवावर्गले पनि हृदयंगम गर्न सक्नुपर्छ । खाडीमा गएर पसिना बगाउँदा देशले समृद्धि हासिल गर्छ कि आफ्नै देशको खोरिया खन्दा ? यो विषयमा युवा वर्ग गम्भीर चिन्तनशील हुनुपर्छ । युवा वर्गको यस्तो चिन्तनले मात्रै समृद्धि हासिल हुन सक्छ भन्ने यथार्थलाई स्वयं युवा वर्गले मनन गर्नुपर्छ ।  

देशको खराब राजनीतिलाई दोष लगाउँदै लाखौँ सिर्जनशील एवम् ऊर्जावान युवा विदेशिएका छन् । तिनले त्यहाँ रगत–पसिना बगाएर धेरै–थोरै आर्जन गरी पठाएको विप्रेषणले देशको अर्थतन्त्र चलायमान त छ तर त्यसले दिगो विकास भने हासिल गर्न सकेको छैन । बरु आर्थिक परनिर्भरता बढेर देशको अर्थतन्त्र नै जोखिमतर्फ धकेलिएको छ । बढ्दो आर्थिक परनिर्भरताले अर्थतन्त्रमा जोखिमका साथै पराधीनता पनि बढेको छ । यसले हाम्रो स्वाभिमान र हाम्रो स्वावलम्बनमाथि नै प्रश्नचिह्न खडा भइरहेको छ । यस्तो अवस्थामा युवा वर्ग स्वयंले नै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई जोगाउँदै समृद्धि हासिल गर्न जिम्मेवारीपूर्ण दायित्व निर्वाह गर्न अग्रसर हुनुपर्छ ।  

यतिखेर बेरोजगारीको पीडाले रन्थनिएर होस् अथवा बाटो बिराएर, केही युवा राजनीतिक पार्टीको लम्पट कार्यकर्ता बनेका छन् । तिनै लम्पट कार्यकर्ता नै देशको प्रगतिका बाधक हुन् भन्ने विज्ञहरूको विश्लेषण छ । यसर्थ अब नेपाली युवाले राजनीतिक पार्टीको लम्पट कार्यकर्ता बन्न छोडेर विवेकशील नागरिक बन्नुपर्ने खाँचो छ । यो देशलाई पार्टीको लम्पट कार्यकर्ता होइन विवेकशील नागरिकको खाँचो छ । पार्टीको झण्डा बोक्ने झोले कार्यकर्ता होइन राष्ट्रिय झण्डा बोक्ने राष्ट्रवादी नागरिक चाहिएको छ । देश समृद्ध बनोस् र सबै नेपाली सुखी बनून् भन्ने नयाँ परिकल्पनासहित नयाँ नेपालको निर्माणमा युवा जुट्ने बेला हो यो । राजनीतिक कित्तामा बाँडिएर होइन एकतामा बाँधिएर युवा वर्गले अविचलित कदम चाल्ने बेला हो यो । यो राष्ट्रले युवावर्गबाट धेरै कुराको अपेक्षा गरेको छ । त्यो अपेक्षालाई पूरा गर्नु युवाको दायित्व हो ।

लोकप्रिय
अर्को समाचार
नयाँ राष्ट्रवादसम्बन्धी बुझाइ
०९ असार २०७९
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
नयाँ राष्ट्रवादसम्बन्धी बुझाइ

सन् १९८९ मा बर्लिन पर्खाल भत्केको घटनालाई फ्रान्सिस फुकुयामाले आर्थिक तथा राजनीतिक उदारवादको विजयको संज्ञा दिए पनि यो त्यतिमा मात्र सीमित थिएन। यो राष्ट्रियताको पतन पनि थियो। विश्वको अर्थतन्त्र तीव्ररूपमा एकीकृत भैरहेको अवस्थामा सर्वसाधारणले राष्ट्रिय पहिचान त्याग्ने आकलन गरिएको थियो। युरोपियन एकीकरण परियोजनालाई शिक्षित तथा उपल्लो तहमा जाँदै गरेका युवाहरूले आत्मसात गरेका थिए। यो सुप्रा–नेसनल मात्र नभई पोस्ट–नेशनल चरित्रको थियो।  

हाल राष्ट्रियताको विषय पुनः चर्चामा छ र यसले अन्तर्राष्ट्रिय राजनीतिमा केन्द्रीय भूमिका खेलेको छ। यो उपक्रम अमेरिका, फ्रान्समा मात्र सीमित छैन। राष्ट्रियताको अभियान अहिले हंगेरी, भारत, टर्कीलगायतका अन्य कैयन् देशमा जीवन्त छ। चीनले समेत नयाँ राष्ट्रवादी अधिनायकवादलाई आत्मसात गरेको छ भने रुसले राष्ट्रियताका आधारमा युक्रेन युद्ध अगाडि बढाएको छ।  

नयाँ राष्ट्रवाद जन्माउने तीन प्रमुख कारण छन्। पहिलो, कतिपय देशसँग ऐतिहासिक गुनासो छ। वेलायती उपनिवेशका कारण भारतको व्यवस्थित शोषण भएको थियो भने उन्नाइसौँ शताब्दीको अफिम युद्धमा चिनिया साम्राज्य कमजोर, अपमानित तथा वंशीभूत भएको थियो। आधुनिक टर्किस राष्ट्रवाद पनि पहिलो विश्व युद्धपछि आफ्नो ठूलो भूभाग पश्चिमा राष्ट्रले अधीनस्थ गरेको सम्झनाले ओतप्रोत बनेको छ।

दोस्रो, विश्वव्यापीकरणले यसअघि रहेको तनावलाई बढावा दिएको छ। यसले विभिन्न देशमा असमानतालाई गहिरो बनाएको छ। यी देशमा राजनीतिक सम्पर्कका आधारमा अनुचित फाइदा लिने प्रचलन बढेको देखिएको छ। यसले परापूर्वकालदेखि चल्दै आएका प्रचलन र सामाजिक मान्यतासमेत भत्काएको छ।  

तेस्रो, आफ्ना स्वार्थ पूरा गर्न राजनीतिक नेताहरू राष्ट्रियतालाई दुरूपयोग गर्न निर्लज्जतवरले सिपालु बनेका छन्। उदाहरणका लागि चिनिया राष्ट्रपति सि जिन पिङका अधिनायकवादी शासनअन्तर्गत राष्ट्रियताको भावना बढाउन विद्यालयका पाठ्यक्रमको प्रयोग गरिएको छ भने प्रोपोगान्डा अभियान अगाडि बढाइएको छ।  

यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण हिन्दुत्वको नाममा विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देशमा बहुमतीय अनुदारवादले प्रश्रय पाएको छ। उता, टर्कीका राष्ट्रपति रेसेप टायिप इर्दाेगानले सन् २०१० को सुरुमा कुर्दहरूसँग शान्ति प्रक्रिया अगाडि बढाए तापनि राष्ट्रवादका नाममा स्वतन्त्र सञ्चार माध्यम, प्रतिपक्ष नेता र असन्तुष्टहरूलाई कारबाही गर्दै आएका छन्।

रुसी राष्ट्रवाद युक्रेनका लागि सुखद समाचार होइन किनभने यसले पुटिनको सत्तालाई झन सुरक्षित पारेको छ। प्रतिबन्ध लगाए पनि नलगाए पनि उनी सत्ताच्युत हुने संभावना कम छ।  

हालको राष्ट्रवाद शीतयुद्धपछिको विश्वव्यापीकरण परियोजनाअन्तर्गत आफैँलाई सुदृढ पार्ने प्रतिक्रिया पनि थियो। सन् २००० मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले स्वतन्त्र व्यापारलाई महत्वपूर्ण सहयोगी बताएका थिए भने रोनाल्ड रेगनले यसलाई स्वतन्त्रताका लागि अग्रगामी रणनीति भनेका थिए। रेगनले भनेका थिए– चीनसँग स्वतन्त्रतवरले व्यापार गरौँ, समय हाम्रो पक्षमा हुनेछ।

विश्व व्यापार र सञ्चारले सांस्कृतिक तथा संस्थागत सम्मिलन हुने अपेक्षा थियो। यसैगरी अमेरिकी र युरोपियन बजार तथा वित्त आफूले गुमाउन सक्ने डरमा विकासोन्मुख देशका लागि व्यापारको विषय महत्वपूर्ण बन्न गयो भने पश्चिमा कूटनीति झन बलियो हुन पुग्यो।  

तर सबै अपेक्षा पूरा भएनन्। विकासोन्मुख देशलाई विश्वव्यापीकरणले ठूलो फाइदा दिने र यसले उनीहरूको अर्थतन्त्र र औद्योगिक निर्यात बढाउने र ज्याला घटाउने अपेक्षा थियो। तेल र ग्यासका धनी राष्ट्रलाई यसले झन बढी फाइदा दिने आशा गरिएको थियो। तर यही क्रममा राष्ट्रवादी नेताहरूको पनि उदय भएको छ।  

संसाधनको जोहो गर्न सफल रहेका विकासोन्मुख देशले प्रोपोगान्डा चलाउन र गठबन्धन निर्माण गर्ने क्षमता बढाएका छन्। तर त्यो भन्दा पनि बढी महत्वपूर्ण ्वैचारिक आयामको पक्ष रहेको छ। पश्चिमी देशको कूटनीतिले मानव अधिकारको सुरक्षा, प्रेस स्वतन्त्रता तथा कतिपय देशमा प्रजातन्त्र स्थापनाका लागि प्रयास गरे पनि यसलाई हस्तक्षेपका रूपमा हेरियो। टर्कीको उदाहरण हेरौँ। युरोपियन युनियनमा आबद्ध हुँदा मानव अधिकारको रेकर्ड र प्रजातान्त्रिक संस्थाहरूको विकास हुने अपेक्षा गरिएकामा तत्कालका लागि त्यस्तो देखिएको छ। तर युरोपियन युनियनका प्रतिनिधिहरूको माग बढ्दै जाँदा राष्ट्रवादको मुकुण्डोलाई टर्कीले महत्ता दिएको छ। युरोपियन युनियनमा प्रवेश गर्ने प्रक्रिया अवरुद्ध भएको छ भने टर्कीमा प्रजातन्त्र कमजोर हुँदै गएको छ।  

युक्रेन आक्रमणपश्चात रुसमा विकास भएको राष्ट्रवादका लागि पनि माथि चर्चा गरिएका ३ कारण सान्दर्भिक देखिन्छन्। रुसको राजनीति तथा सुरक्षा क्षेत्रसँग सभ्रान्त वर्ग बर्लिन पर्खाल भत्केपछि पश्चिमा देशले रुसलाई अपमानित गरेको ठान्छ। विश्व अर्थतन्त्रमा एकीकरण भएपछि रुसका सर्वसाधारणले थोरै मात्र फाइदा पाएका छन् भने राजनीतिक सम्र्पक भएका, बेइमान तथा आपराधिक पृष्ठभूमि भएका खास वर्गले अकल्पनीय फाइदा लिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकातिर ग्राहकवादको बृहत् प्रणालीबाट फाइदा लिएका छन् भने अर्काेतिर राष्ट्रियताको भावनालाई कुशलतापूर्वक विकास तथा प्रयोग गरिरहेका छन्।  

रुसी राष्ट्रवाद युक्रेनका लागि सुखद समाचार होइन किनभने यसले पुटिनको सत्तालाई झन सुरक्षित पारेको छ। प्रतिबन्ध लगाए पनि नलगाए पनि उनी सत्ताच्युत हुने संभावना कम छ। आफ्ना स्वार्थ परिपूर्ति गर्ने सहयोगी र राष्ट्रियताको भावनाबाट ओतप्रोत भएका जमातबाट पुटिन सुरक्षित छन्। रुसलाई अलगथलग पार्ने प्रयासले पुटिनलाई झन सुदृढ पार्ने देखिएको छ। युद्धले पुटिनको सत्तालाई कमजोर पारेन भने अर्थतन्त्र नकारात्मक रहे पनि उनको सत्ता अनन्तकालसम्म जानेछ।  

यसरी राष्ट्रवादको पुनर्उत्थान युगले केही सिकाइ दिएको छ। हामीले आर्थिक विश्वव्यापीकरणको प्रक्रियालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पुनर्विचार गर्न आवश्यक देखिएको छ। खुला व्यापारले विकासोन्मुख र विकसित अर्थतन्त्रलाई फाइदा पुग्नेमा कुनै शंका छैन तर यसले असमानता बढाएको छ, पश्चिमा उपभोक्तालाई उपभोग्य वस्तुको मूल्य घटाएको छ भने रुस र चीनका खास वर्गलाई फाइदा पुर्‍याएको छ।  

यो सन्दर्भमा वैकल्पिक अवधारणालाई आत्मसात गर्न आवश्यक देखिन्छ। सबैभन्दा महत्वपूर्ण पक्ष भनेको थोरै ज्याला र कमजोर श्रम व्यवस्थाबाट फाइदा लिने मल्टिनेसनल कर्पाेरेसनलाई मात्र फाइदा पुग्ने विद्यमान व्यवस्था परिवर्तन गर्न जरुरी छ। व्यापार सम्बन्धको आधार सस्तो र अनुदान प्राप्त खनिज इन्धनको मूल्य बन्नुहुँदैन।  

यसैगरी, पश्चिमा राष्ट्रले व्यापारको नातामा आफ्ना व्यापारिक साझेदारलाई राजनीतिक हस्तक्षेप गर्न मिल्दैन। यसैगरी भ्रष्ट र अधिनायकवादी सत्ताले आफ्नै राजनीतिलाई प्रभाव पार्न नसक्ने सुनिश्चतता पश्चिमा राष्ट्रले गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने पश्चिमा नेताले आफ्ना विगतका गल्ती र दुर्रव्यवहारलाई स्वीकार गर्दा विश्वासको वातावरण बन्न सक्छ।  

त्यसैले पश्चिमा राष्ट्रको अन्य राष्ट्रमा सीमित भूमिकाको अर्थ मानव अधिकार हननको विषयलाई कम आकलन गरिएको मान्न हुँदैन। बरु, पश्चिमा सरकारले नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्छ। यसका लागि एमनेस्टी इन्टरनेसनल अथवा ट्रान्सपरेन्सी इन्टरनेसनल जस्ता संस्थामार्फत नागरिक समाजका गतिविधिलाई थप प्रोत्साहन दिनुपर्छ। राष्ट्रवादमा आधारित निरंकुशतालाई रोक्न निर्दिष्ट उपाय नहोलान् तर यसलाई रोक्ने राम्रा विकल्प छन्।  

(लेखक एसमोग्लु एमआइटीका अर्थशास्त्र विषयका प्राध्यापक हुन। प्रोजेक्ट सिन्डिकेटबाट)

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
सुत्केरीको मृत्यु शोक न सुर्ता
सुत्केरीको मृत्यु शोक न सुर्ता ०३ असार २०७९ ५ मिनेट पाठ
खोप संङ्कीर्णताले खति २० पौष २०७८ ७ मिनेट पाठ
रेलमा झेल ११ पौष २०७८ ९ मिनेट पाठ
पाको उमेरमा जवान ऊर्जा
पाको उमेरमा जवान ऊर्जा ०८ चैत्र २०७८ ७ मिनेट पाठ
जित्ने/जिताउने पालो महिलाको १८ पौष २०७८ ६ मिनेट पाठ
पाल्पालीलाई एयरपोर्ट चाहियो ०४ पौष २०७८ ६ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस