हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार
१५ पौष २०८१
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार

नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि सम्बन्धित मन्त्रालय लागेका छन्। भूमि व्यवस्था, सहकारी, गरिबी निवारण मन्त्रालय र गृह मन्त्रालयले यो विषयमा आइतबार दिनभरि नेपाल प्रहरीसँग ब्रिफिङ लिएका छन्।

गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिएका छन्। भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरिसकेको र यसका लागि मालपोत कार्यालय र विभागलाई निर्देशन दिएको बताइएको छ।

गृहमन्त्री लेखकले नेपाल प्रहरीका प्रमुख वसन्तबहादुर कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख एआइजी दीपक थापालाई गृह मन्त्रालयमा बोलाएर यस विषयमा छानबिन प्रक्रिया द्रुत गतिमा अघि बढाउन निर्देशन दिए। त्यस क्रममा सिआइबीका प्रमुख एआइजी थापाले शेरा दरबार र त्यसले चर्चेको जग्गा नेपाल सरकारका नाममा हुने आधार र कारण पेस गर्दै सरकारले चाहे कारबाही अघि बढाउन सकिने बताए। यो विषयमा नागरिक दैनिकले निरन्तर समाचार प्रकाशन गरेपछि राज्यका निकायहरूले जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेका हुन्।

गृहमन्त्री लेखकको स्वकीय सचिवालयका अनुसार उक्त विषयमा गम्भीर भएर छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन मन्त्रीबाट निर्देशन भइसकेको छ । मन्त्री लेखकले शेरा दरबार र त्यसले चर्चेको जग्गा निजी कम्पनीका नाममा लैजाने प्रक्रियामा संलग्न जुनसुकै राजनीतिक दलका नेता भए पनि उनीहरूमाथि छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन भनेका छन्।

त्यसैगरी भूमि व्यवस्थामन्त्री अधिकारीले सचिव अर्जुनप्रसाद पोखरेल, प्रशासन महाशाखा प्रमुख मदन कोइराला, जग्गा प्रशासन महाशाखा प्रमुख, सिआइबीबाट प्रतिनिधित्व गरेका एक एसपीलगायतसँग छलफल गरेका  छन् । त्यसक्रममा शेरा दरबार र त्यसले चर्चेको जग्गा नेपाल सरकारका नाममा ल्याउन कानुनी प्रक्रिया र आधारहरू प्रस्तुत गरिएको थियो।

भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता गणेश भट्टले यो विषयमा आफूलाई जानकारी नभएको बताए। ‘मन्त्रालयमा छलफलहरू भइरहन्छन्। शेरा दरबारको जग्गा सम्बन्धमा छलफल भएको विषय मेरो जानकारीमा छैन,’ भट्टले भने।

सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले यस विषयमा सिआइबीले सम्बन्धित मन्त्रालयमा राय बुझाइसकेकाले मन्त्रालयमा बुझ्न आग्रह गरे। ‘सिआइबीले सम्बन्धित मन्त्रालयलाई राय दिइसकेकाले यो विषयमा यताभन्दा पनि उता नै जानकारी लिँदा राम्रो होला,’ नागरिकको जिज्ञासामा एसपी बोगटीले भने।

सिआइबीले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६४ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष शुक्रबार सिफारिस गरेको थियो। पृथ्वीनारायण शाहको शीतकालीन दरबारका रूपमा रहेको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरी सरकारका नाममा ल्याउन सिआइबीले अनुसन्धान प्रतिवेदनसहित भूमि व्यवस्था मन्त्रालयलाई सिफारिस गरेको हो।

सिआइबीले माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको उक्त जग्गा सरकारका नाममा ल्याउनुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो।

सिआइबीले थप अनुसन्धान गर्न र सरकारी जग्गा हिनामिनामा संलग्न कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गरेको छ। शेरा दरबारले चर्चेको हदबन्दी लागेको जग्गा नेपाल सरकारका नाममा आउनुपर्नेमा २०३५ सालदेखि कृषि फार्मिङका नाममा दर्ता गरेर त्यसलाई निजीकरणमा लगेको पाइएपछि सिआइबीले अनुसन्धान गरेको हो।

फार्मिङका सञ्चालक मनोबल श्रेष्ठले सरकारले आफूलाई कुनै पनि जानकारी नदिई जग्गाको अनुसन्धान प्रक्रिया अघि बढाएकोमा चित्त दुखाएका छन्। ‘यत्रो अनुसन्धान भइसकेको रहेछ। हामी त्यसका सञ्चालक हौं। हामीलाई त्यसबारे केही थाहा छैन। राज्यले अनुसन्धान गर्दै गरेको विषयमा हामीलाई कहींकतैबाट जानकारी दिइएको छैन। सञ्चालकहरूलाई पनि खोज्नुपर्ने र सोध्नुपर्ने होला। हामीले यो सबै कुरा मिडियाबाट मात्रै थाहा पाएका हौं,’ सञ्चालक श्रेष्ठले भने।

नुवाकोट मालपोत कार्यालयले भने सो जग्गाको अनुसन्धानका लागि मंसिर १७ गते नै सिआइबी, भूमि व्यवस्था मन्त्रालयलगायतलाई सबै विवरण पठाएको नागरिक दैनिकले फेला पारेको छ।  

नुवाकोट मालपोत कार्यालयले माथिल्लो निकायमा पठाएको विवरण

प्रस्तुत विषयमा ताहाँ विभागको प.सं. ०८१/०८२ ज.प्र. ५/४/३१९ च.नं. १४३७ मिति २०८१/०८/०९ गतेको पत्र प्राप्त भई व्यहोरा अवगत भयो। सो सम्बन्धमा नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २ स्थित पृथ्वीनारायण शाहको शीतकालीन दरबार भनेर चिनिने शेरा दरबार र सो दरबारने चर्चेको जग्गा गौरीशंकर फार्मिङ प्रा.लि.को नाममा दर्ता स्रेस्ता कायम भएको नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २ साबिक भैरवी गा.वि.स. वडा नं. ७ को कित्ता नं. ८२ को क्षेत्रफल २–१–२–०, कि.नं. ८३ को क्षेत्रफल २२–५–३–०, कि.नं. ८४ को क्षेत्रफल ३–०–१–३, कि.नं. ८७ को क्षेत्रफल ६–५–३–२, कि.नं. ८८ को क्षेत्रफल ६–१३–०–१, कि.नं. ८९ को क्षेत्रफल २–१–२–०, कि.नं.९० को क्षेत्रफल ०–८–३–१, कि.नं. ९२ को क्षेत्रफल ६–५–१–०, कि.नं. ९३ को क्षेत्रफल २–६–२–०, कि.नं. ९४ को क्षेत्रफल ६४–१५–०–०, कि.नं. ९५ को क्षेत्रफल ९–९–३–३, कि.नं. ९७ को क्षेत्रफल ५२–५–०–० र कि.नं. ९८ को क्षेत्रफल ३–१५–३–०, जग्गा नापजाँच ऐन २०१९ (नापीको पालामा) मिति २०३६/०५/२९ मा गौरीशंकर फार्मिङ प्रा.लि.को नाममा कुल क्षेत्रफल १६४–१३–३–० दर्ता देखिएको माथि उल्लिखित जग्गा मिति २०४४/०३/११ को निर्णयानुसार गौरीशंकर फार्मिङ प्रा.लि.बाट नाम संशोधन गरी अन्नपूर्ण फार्मिङ प्रा.लि.को नाममा हालसम्म कायम देखिन्छ।

भूमि सुधार तथा व्यवस्थापन विभागको च.नं. ४५१ मिति २०७२/०५/१६ को पत्रबाट हदबन्दी विवरण माग भएको र मालपोत कार्यालय नुवाकोटको च.नं. ४२४२ मिति २०७३/०२/२५ गतेको पत्रबाट जग्गाधनी तथा संस्थाहरूको हदबन्दीभन्दा बढी जग्गा भएको विवरणमा अन्नपूर्ण फार्मिङ प्रा.लि. समेतको विवरण पठाइएको छ। साथै कम्पनीको हदबन्दी छानबिनका लागि रोक्का राखिएको यस कार्यालयको अभिलेखमा देखिन्छ। उक्त कम्पनीले हदबन्दी छुट लिएको छैन।

नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २ साबिक भैरवी गा.वि.स. वडा नं. ७ को कित्ता नं. ७९ को क्षेत्रफल १०–१०–०–० र कि.नं. ८० को क्षेत्रफल २–३–१–२ को जग्गा श्री ५ अधिराजकुमारी हेलेन शाहको नाममा र कित्ता नं. ८१ को क्षेत्रफल ६–९–१–२ को जग्गा श्री ५ शाहज्यादी जयन्ती शाहको नाममा मिति २०४३ /०६/१३ गते जग्गा दर्ता निर्णयले दर्ता देखिन्छ। कि.नं. ७९. कि.नं. ८०, कि.नं. ८१ को जग्गा र.नं. १०१ र र.नं. ९०२ मिति २०५३/०९/०७ गलेको बकसपत्रबमोजिम कमलादेवी श्रेष्ठ–१, केदारनाथ श्रेष्ठ–१ र सजनी श्रेष्ठ–१ को नाममा गएको र र.नं. २४६ मिति २०६६/०४/२५ गतेको राजीनामाले कि.नं. ७९, कि.नं. ८० कि.नं. ८१ को जग्गा शिला श्रेष्ठ र रजनी श्रेष्ठलाई गएको र र.नं. २३३८ मिति २०७६/०६/२९ गते राजीनामाले शिला श्रेष्ठको हकहिस्सा वर्षा बस्नेतलाई गएको र कि.नं. ८१ को जग्गा र.नं. ११२६ मिति २०८०/१०/१५ को रा.पा.ले कित्ताकाट भई कि.नं. १७५२ वसन्तबहादुर बस्नेत र कि.नं. १७५३ को रजनी श्रेष्ठ र र वर्ष बस्नेतको नाममा कि.नं. ७९, कि.नं. ८० र कि.नं. १७५३ को जग्गाधनी रजनी भी श्रेष्ठ र बस्नेतको नाममा कायम देखिन्छ। सो सम्बन्धमा कार्यालयको अभिलेख, स्थलगत सर्जमिनलगायत संकलन गरेको विवरण तपसिलबमोजिम रहेको व्यहोरा अनुरोध छ।

–नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २ साबिक भैरवी गा.वि.स. वडा नं. ७ को कित्ता नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ जग्गा मिति २०३६/०५/२९ गते गौरीशंकर फार्मिङ प्रा.लि.को नाममा दर्ता स्रेस्ता कायम भएको र मिति २०४४/०३/११ गते को निर्णयानुसार अन्नपूर्ण फार्मिङ प्रा.लि.को हालसम्म कायम जग्गाधनी दर्ता स्रेस्ताको प्रमाणित प्रतिलिपि यसै पत्र साथ संलग्न छ।

–गौरीशंकर फार्मिङ प्रा.लि.को नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गाको मिति २०४४/०३/११ गते को निर्णयानुसार अन्नपूर्ण फार्मिङ प्रा.लि.को नाम संशोधन मिसिल प्रमाणित प्रतिलिपि यसै पत्र साथ संलग्न छ।

–नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २ साबिक भैरवी गा.वि.स. वडा नं. ७ को कित्ता नं. ८१ को जग्गा श्री ५ शाहज्यादी जयन्ती शाहको नाममा र कित्ता नं. ७९ र ८० को जग्गा श्री ५ अधिराजकुमारी हेलेन शाहको नाममा मिति २०४३/०६/१३ गते जग्गा दर्ता निर्णयले गरी र.नं. ९०१ र ९०२ मिति २०५३/०९/०७ गतेको बकसपत्रबमोजिम कमलादेवी श्रेष्ठ, केदारनाथ श्रेष्ठ र सजनी श्रेष्ठको नाममा गएको र र.नं. २४६ मिति २०६६/०४/२५ गतेको राजीनामाले शिला श्रेष्ठ र रजनी श्रेष्ठलाई गएको र र.नं. २३३८ मिति २०७६/०६/२९ गते राजीनामाले शिला श्रेष्ठको हकहिस्सा वर्षा बस्नेतलाई गएको। कि.नं. ८१ र.नं. ११२६ मिति २०८०/१०/१५ को रा.पा.ले कित्ताकाट भई कि.नं. १७५२ र १७५३ को जग्गाधनी स्रेस्ता प्रमाणित प्रतिलिपि र बकस पत्र र राजीनामा लिखतको प्रमाणित प्रतिलिपि यसै पत्रसाथ संलग्न छ।

–स्थलगत सर्जिमिन मुचुल्का पाना ५ मिति २०८१/०८/१७ गते गरिएको।

–नापी कार्यालय, नुवाकोटबाट साबिक भैरवी गा.वि.स. वडा नं. ७ को कित्ता नं ८२ समेतको जग्गाको नक्सा धान १, फिल्डबुक पाना ४ तथा प्लट रजिस्टर उतार गरी पठाइएको व्यहोरा अनुरोध छ।

अर्को समाचार
‘आज म बिग न्युज’ भन्दै पार्टी कार्यालय पुगिन रामकुमारी, नेताहरू विरुद्ध आक्रोश
१९ असार २०८२
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘आज म बिग न्युज’ भन्दै पार्टी कार्यालय पुगिन रामकुमारी, नेताहरू विरुद्ध आक्रोश

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री बिहीबार पार्टी कार्यालयमा चलिरहेको सचिवालय बैठकमा पुगेकी छन्। सचिवालय सदस्य नरहेकी झाँक्रीले आफ्ना कुरा राख्नुपर्ने भन्दै निवेदन नै लेखेर बैठकमा पुगेको बताएकी छन्। 

अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू पार्टी कार्यालय पुगिसकेपछि झाँक्री कार्यालय परिसरमा झुल्किएकी थिइन। जहाँ उपस्थित पत्रकारले ‘बिग न्युज’ भन्दै हाँसी मजाक गरेका थिए। 

त्यसपछि टाढैबाट मुस्कानसहित नमस्कार गर्दै उनले ‘आज म बिग न्युज’ भन्दै प्रतिक्रिया जनाएकी थिइन्। त्यसपछि पनि उनी पार्टी कार्यालय भित्र प्रवेश गर्ने क्रममा पत्रकारसँग हाँसी मजाक गर्दै अघि बढेकी थिइन।  सोही क्रममा पत्रकारले केही प्रतिक्रिया दिन गरेको आग्रह स्विकार्दै झाँक्रीले आफ्नो कुरा राखेकी थिइन्। 

पहिलो कुरा उनले आफूलाई सोधिएको भनिएको स्पष्टीकरण हात नपरेको बताएकी छन्। ‘स्पष्टीकरण त मिडियातिर सोधिएको रहेछ, केही शक्तिशाली पदाधिकारीहरूले,’ झाँक्रीले भनिन्,‘मलाई त स्पष्टीकरण सोधेको छैन। त्यसपछि मैले पनि आज बिहानभरि मिडियाबाट कान पाकुन्जेल त्यही कुरा सुनेँ।’

केही नेताले आफूलाई स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भनेर टेलिभिजनमा बोल्दै हिँडेकामा आक्रोश व्यक्त गरिन्। उनले भनिन्, ‘उहाँहरूले टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ यहाँ उहाँ भनेको सुनेको थिएँ।’ 

पार्टीले १५ गते अध्यक्ष माधवकुमार नेपालमाथि चलेको भ्रष्टाचार मुद्दाबारे कुनै  क्रिया प्रतिक्रिया नगर्नु भनेर निर्देशन जारी गरेपछि आफू त्यो विषयमा नबोलेको झाँक्रीले दाबी गरिन्। ‘तर, त्यो निर्देशनपछि उहाँहरूलाई झन् प्रोत्साहन गरेजस्तो भयंकरै बोल्नुभएको छ, व्यक्तिगत तहमा गालीगलौज देखि बडी सेमिङमा समेत बोलिरहनुभएको छ,’ उनले भनिन्। 

त्यही भएकाले आफू बैठकमा सचिवालय बैठकमा आएको उनले बताइन्। ‘त्यत्रो जिम्मेवारी पदाधिकारीहरूले बोलिरहेको विषयमा के हो त? स्पष्टीकरण मलाई पनि नसोध्ने, बाहिर बाहिर सोध्ने, के हो कुरा तपाईँहरूको? भन्न बैठकमा मलाई बोलाउनुस्,’ उनले भनिन्, ‘त्यसको जबाफ म सविस्तार दिन्छु, म कुन कन्टेस्टमा बोलेँ? कुन कन्टेनमा बोले? मेरो कुराको भनाई के हो? र त्यो गलत हो भने कसरी हो ?’ 

आफूले हर कुराको तथ्य प्रमाणसहित म बैठकमा उपस्थित भएर बोल्ने भनेरै आज निवेदनसहित उपस्थित भएको झाँक्रीको भनाई छ। ‘मेरो तहको बैठक बोलाउन अझैँ टाइम लाग्छ होला, त्यतिन्जेल पार्टीलाई पनि, व्यक्तिलाई पनि धेरै क्षति हुने काम भइरहेको छ, यो रोक्नुपर्छ भनेर आजैको सचिवालयको चालु बैठकमा मलाई बोलाउनुस् मेरो विषयको स्पष्ट त्यहाँ गर्छु भनेर मैले एउटा निवेदन लिएर आएको हुँ,’ झाँक्रीले भनिन्। 

उनले ‘कन्टेन्टको कुरा अहिले नगर्ने’ भन्दै कुनै सन्दर्भमा प्रक्रियाको कुरा गर्दा पार्टीको निर्देशन आएको र त्यसपछि त्यसमा आफू नबोलेको बताइन्। ‘तर धेरै ठुला र शक्तिशाली नेताहरूले मिडिया, सोसियल मिडियामा भर्चुअल प्लाटफर्ममा बोलिरहेको विषयमा म लडाइँ त लड्छु नै, राजनीतिक प्रतिवाद पनि गर्छु,’ उनले भनिन्। आफूलाई स्पष्टीकरण सोधेको भनिएको कुरा निराधार, कपोलकल्पित रहेको पनि उनले दाबी गरिन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लगाएपछि झाँक्रीले लुम्बिनीमा दिएको एक भाषण अहिले नेकपा एसभित्र विवादको विषय बनेको छ। 

झाँक्रीले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन्। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ९ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस