शेरा दरबार कब्जामा माओवादीकै संलग्नता
११ पौष २०८१
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
शेरा दरबार कब्जामा माओवादीकै संलग्नता

नुवाकोटस्थित पृथ्वीनारायण शाहले गर्मी छल्न भनेर बनाएको ऐतिहासिक शेरा दरबारको एक सय ८४ रोपनी जग्गा हदबन्दीभन्दा बढी भएपछि कम्पनीको नाममा लगेर बेच्न लागिएको थियो। कृषि प्रयोजनका लागि कम्पनी खडा गरेर व्यक्तिको नामबाट कम्पनीमा लगिएको तथ्य फेला परेको छ। नेकपा माओवादीका तत्कालीन केन्द्रीय सदस्य विकेश श्रेष्ठ र उनका छोरा मनोबल श्रेष्ठका नाममा कम्पनी खडा गरी सो जग्गा हडपेको पाइएको छ।

२०७३ सालमा अन्नपूर्ण फार्मिङको सेयर सदस्यको रूपमा प्रवेश गरेका विकेश श्रेष्ठले अहिले सम्पूर्ण स्वामित्व लिएपछि त्यसलाई प्लटिङ गरेर केही जग्गाको बैनासमेत लिएका थिए। फार्मिङको नाममा जग्गा लगे पनि प्रयोजनविहीन बनाएर राखिएको थियो। माओवादीका केन्द्रीय सदस्यसमेत भइसकेकाले त्यो जग्गालाई पहँुचका आधारमा पलटिङ सुरु गरिएको थियो। जग्गा प्लटिङ गरेको विषयमा भूमिसुधार मन्त्रालय नुवाकोटस्थित मालपोत कार्यालय झस्किएको छ। ‘जग्गा प्लटिङ गरेको विषयमा हामीले सरकारी निकायलाई उजुरी गरिसकेका छौ,’ नुवाकोट विदुर नगरपालिका–२ का एक स्थानीयले भने। उनका अनुसार। १८४ मध्ये १६१ रोपनी जग्गा अन्नपूर्ण फार्मिङको नाममा रहेको छ।

नुवाकोट मालपोत कार्यालयका प्रमुख मीनराज भट्टराईले त्यो जग्गा हदबन्दीका कारण रोक्का रहेको बताए। ‘म पनि भर्खरै त्यहाँ गएको हुँ, समाचार आएपछि त्यसबारे बुझेको थिएँ, अहिले रोक्का भएको देखिन्छ,’ भट्टराईले भने। उनले आफू काठमाडांैबाहिर रहेकाले सबै कुरा जानकारीमा नरहेको पनि बताए।

सरकारले यसअघि त्यो जग्गा छानबिनको तयारी गरेको भए पनि पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला रोकिएको थियो। ‘यसको छानबिन पहिला पनि हुन खोजिएको रहेछ तर पुष्पकमल दाहालको आदेशमा रोकिएको रहेछ,’ स्रोतले भन्यो। सो जग्गा प्लटिङ गर्ने र हडप्न खोज्ने व्यक्ति विकेश श्रेष्ठ दाहालको सचिवालयको पूर्व सदस्य हुन्। नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि दाहालको प्रमुख स्वकीय सचिव भएर काम गरिसकेका थिए। साथै उनी चुनवाङ बैठकपछिका केन्द्रीय सदस्य पनि हुन्। ‘श्रेष्ठलाई जोगाउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सो जग्गाको अनुसन्धान रोकेका थिए,’ स्रोतले भन्यो।

त्यसमा दाहालका आफन्त पर्ने रमन पाठक पनि जोडिएकाले सो जग्गाको अनुसन्धान रोकिएको र अहिलेको सरकारले यसलाई अनुसन्धान प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्यहाँको विवरण माग गरिसकेको छ। ‘प्रहरीले अनुसन्धानका लागि भन्दै विवरण माग गरिसकेको छ,’ स्रोतले भन्यो।

सुरुमा २०३५ फागुन १२ गते शेरा दरबार र शेरा दरबारले चर्चेको कित्ता नम्बर ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ जम्मा १३ कित्ताको १६४–१३–०२–०१ क्षेत्रफल जग्गा गौरीशंकर फार्मिङको नाममा नापी भएको नापी कार्यालय नुवाकोटको अभिलेखबाट देखिन्छ।

जग्गा भूमिसुधार ऐनपछि हदबन्दीको कारण शेरा दरबार र शेरा दरबारले चर्चेका जग्गा राजा महेन्द्रका भाइ अधिराजकुमार वसुन्धराकी श्रीमती हेलन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको र सो जग्गा व्यक्तिको नाममा हदबन्दीको कारण नापी हुन नसकेर गौरीशंकर फार्मिङको नाममा नापी गराइएको थियो।

सो दरबारको जग्गा गौरीशंकर फार्मिङको नाममा नापी भए पनि फार्मिङको सञ्चालक र सेयर धनी हेलन शाह र विजया राज्यलक्ष्मी शाह नै थिए। गौरीशंकर फार्मिङ नामको संस्था मिति २०२७ फागुन २८ गते स्थापित भएकामा सो संस्था मिति २०३६ असार १ को निर्णयले अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ।

२०४४ असार ११ गतेको तोक आदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरीशंकरलाई काटेर अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो। त्यसपछि २०५२ सालसम्ममा विजया राज्यलक्ष्मी शाहको नाममा रहेको कम्पनीको सेयर जयन्ती शाहको नाममा गएको देखिएको छ।

२०५२ मा हेलेन शाह र जयन्ती शाहको नाममा रहेको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठ चार जनाको नाममा हस्तान्तरण भएको थियो। त्यसपछि २०७३ असार ३ सेयर दाखिला खारेजको निर्णयले विकेश श्रेष्ठको पाँच लाख ६७ हजार पाँच सय सेयर कित्ता पाँच करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको देखिन्छ। त्यसैगरी अजयकुमार सूर्यवंशी नाममा अर्को सेयर रहेको छ।

चार लाख ६० हजार ४१० सेयर कित्ताको चार करोड ६० लाख ४१ हजार किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोट बिदुर नगरपालिका–४ बस्ने ध्रुवलाल श्रेष्ठको ४५ हजार कित्ता सेयरको ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ।

यसैगरी काठमाडौं नागार्जुन नगरपालिका–७ बस्ने सुमन पारिकको ४५ हजार कित्ताको ४५ लाख रूपैयाँसमेत गरी चार जनाको नाममा ११ करोड, १७ लाख, ९१ हजार सेयर खरिदबिक्री भई जग्गा कम्पनीको नाममा लगेको देखिएको छ। २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी यथावत् रही विकेश श्रेष्ठको छोरो मनोबल श्रेष्ठको ९० लाख कित्ताका लागि नयाँ सेयरधनी ल्याइएको थियो। हाल सेयरधनी ३ जना मात्रै रहेका छन्। श्रेष्ठद्वय बाबुछोरा हुन्।

नुवाकोटको विदुर नगरपालिका–२ मा रहेको सो जग्गा नेपाल ट्रस्टको नाममा आउनुपर्नेमा यसरी भू–माफियाको कब्जामा परेको देखिएको छ। अहिले सम्पूर्ण स्वामित्व लिएपछि त्यसलाई प्लटिङ गरेर बेच्न लागेको अवस्थामा राज्यले नेपाल ट्रस्ट जग्गा भएको जनाउँदै अनुसन्धान अघि बढाएको हो।

अन्नपूर्ण फार्मिङका सञ्चालक श्रेष्ठ माओवादी पार्टीका केन्द्रीय सदस्य मात्र नभई पूर्वप्रधानमन्त्री दाहालको स्वकीय सचिवालयमा बसिसकेकाले यो विषयमा माओवादीभित्र पनि कोही कसैले प्रश्न उठाएका छैनन्।

नेपालमा भएको बृहत् शान्तिसम्झौता २०६३ ले राजपरिवार र राजदरबारको सम्पत्ति नेपाल ट्रस्टलाई हस्तान्तरण गर्ने निर्णय भएपछि यो जग्गा पनि नेपाल ट्रस्टको नाममा आउनुपर्नेमा अहिलेसम्म राजनीतिक पहुँचको आधारमा प्लटिङ गरिएको छ।

अर्को समाचार
‘आज म बिग न्युज’ भन्दै पार्टी कार्यालय पुगिन रामकुमारी, नेताहरू विरुद्ध आक्रोश
१९ असार २०८२
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘आज म बिग न्युज’ भन्दै पार्टी कार्यालय पुगिन रामकुमारी, नेताहरू विरुद्ध आक्रोश

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री बिहीबार पार्टी कार्यालयमा चलिरहेको सचिवालय बैठकमा पुगेकी छन्। सचिवालय सदस्य नरहेकी झाँक्रीले आफ्ना कुरा राख्नुपर्ने भन्दै निवेदन नै लेखेर बैठकमा पुगेको बताएकी छन्। 

अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू पार्टी कार्यालय पुगिसकेपछि झाँक्री कार्यालय परिसरमा झुल्किएकी थिइन। जहाँ उपस्थित पत्रकारले ‘बिग न्युज’ भन्दै हाँसी मजाक गरेका थिए। 

त्यसपछि टाढैबाट मुस्कानसहित नमस्कार गर्दै उनले ‘आज म बिग न्युज’ भन्दै प्रतिक्रिया जनाएकी थिइन्। त्यसपछि पनि उनी पार्टी कार्यालय भित्र प्रवेश गर्ने क्रममा पत्रकारसँग हाँसी मजाक गर्दै अघि बढेकी थिइन।  सोही क्रममा पत्रकारले केही प्रतिक्रिया दिन गरेको आग्रह स्विकार्दै झाँक्रीले आफ्नो कुरा राखेकी थिइन्। 

पहिलो कुरा उनले आफूलाई सोधिएको भनिएको स्पष्टीकरण हात नपरेको बताएकी छन्। ‘स्पष्टीकरण त मिडियातिर सोधिएको रहेछ, केही शक्तिशाली पदाधिकारीहरूले,’ झाँक्रीले भनिन्,‘मलाई त स्पष्टीकरण सोधेको छैन। त्यसपछि मैले पनि आज बिहानभरि मिडियाबाट कान पाकुन्जेल त्यही कुरा सुनेँ।’

केही नेताले आफूलाई स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भनेर टेलिभिजनमा बोल्दै हिँडेकामा आक्रोश व्यक्त गरिन्। उनले भनिन्, ‘उहाँहरूले टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ यहाँ उहाँ भनेको सुनेको थिएँ।’ 

पार्टीले १५ गते अध्यक्ष माधवकुमार नेपालमाथि चलेको भ्रष्टाचार मुद्दाबारे कुनै  क्रिया प्रतिक्रिया नगर्नु भनेर निर्देशन जारी गरेपछि आफू त्यो विषयमा नबोलेको झाँक्रीले दाबी गरिन्। ‘तर, त्यो निर्देशनपछि उहाँहरूलाई झन् प्रोत्साहन गरेजस्तो भयंकरै बोल्नुभएको छ, व्यक्तिगत तहमा गालीगलौज देखि बडी सेमिङमा समेत बोलिरहनुभएको छ,’ उनले भनिन्। 

त्यही भएकाले आफू बैठकमा सचिवालय बैठकमा आएको उनले बताइन्। ‘त्यत्रो जिम्मेवारी पदाधिकारीहरूले बोलिरहेको विषयमा के हो त? स्पष्टीकरण मलाई पनि नसोध्ने, बाहिर बाहिर सोध्ने, के हो कुरा तपाईँहरूको? भन्न बैठकमा मलाई बोलाउनुस्,’ उनले भनिन्, ‘त्यसको जबाफ म सविस्तार दिन्छु, म कुन कन्टेस्टमा बोलेँ? कुन कन्टेनमा बोले? मेरो कुराको भनाई के हो? र त्यो गलत हो भने कसरी हो ?’ 

आफूले हर कुराको तथ्य प्रमाणसहित म बैठकमा उपस्थित भएर बोल्ने भनेरै आज निवेदनसहित उपस्थित भएको झाँक्रीको भनाई छ। ‘मेरो तहको बैठक बोलाउन अझैँ टाइम लाग्छ होला, त्यतिन्जेल पार्टीलाई पनि, व्यक्तिलाई पनि धेरै क्षति हुने काम भइरहेको छ, यो रोक्नुपर्छ भनेर आजैको सचिवालयको चालु बैठकमा मलाई बोलाउनुस् मेरो विषयको स्पष्ट त्यहाँ गर्छु भनेर मैले एउटा निवेदन लिएर आएको हुँ,’ झाँक्रीले भनिन्। 

उनले ‘कन्टेन्टको कुरा अहिले नगर्ने’ भन्दै कुनै सन्दर्भमा प्रक्रियाको कुरा गर्दा पार्टीको निर्देशन आएको र त्यसपछि त्यसमा आफू नबोलेको बताइन्। ‘तर धेरै ठुला र शक्तिशाली नेताहरूले मिडिया, सोसियल मिडियामा भर्चुअल प्लाटफर्ममा बोलिरहेको विषयमा म लडाइँ त लड्छु नै, राजनीतिक प्रतिवाद पनि गर्छु,’ उनले भनिन्। आफूलाई स्पष्टीकरण सोधेको भनिएको कुरा निराधार, कपोलकल्पित रहेको पनि उनले दाबी गरिन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लगाएपछि झाँक्रीले लुम्बिनीमा दिएको एक भाषण अहिले नेकपा एसभित्र विवादको विषय बनेको छ। 

झाँक्रीले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन्। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ८ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस