भारतमा ९ हजार ६२ कोरोना संक्रमित थपिए
०१ भदौ २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भारतमा ९ हजार ६२ कोरोना संक्रमित थपिए

भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस संक्रमित थपिएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैसँगै भारतमा ४ करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस संक्रमित भइसकेका छन्।

भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ संक्रमित थपिएका थिए। दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय संक्रमितको संख्या  एक लाख पाँच हजार ५८ जना रहेका छन्।

गत २४ घण्टाको समयअवधीमा कोरोना संक्रमणबाट भारतमा ३६ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म भारतमा ५ लाख २७ हजार १ सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ।  

त्यस्तै भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल ४ करोड ३६ लाख ५४ हजार ६४ जना कोरोनामुक्त भएका छन्। 

लोकप्रिय
अर्को समाचार
संक्रमणमा फेरि सावधानी
१० चैत्र २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
संक्रमणमा फेरि सावधानी

छिमेकी देश भारतमा पछिल्ला केही दिनमा कोभिड–१९ संक्रमण बढ्न थालेको छ । आइतबार मात्रै त्यहाँ झन्डै ४७ हजार कोरोना भाइरस संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक दिनमै यसरी बढेको संक्रमित संख्या पछिल्लो चार महिनायताकै सबैभन्दा बढी हो । भारतको महाराष्ट्रमा मात्रै आइतबार एकै दिन ३० हजार संक्रमित थपिएका छन् । पछिल्ला २ साता भारतमा संक्रमित संख्या लगातार बढ्दो क्रममा छ । कोरोना भाइरस खोपको सबैभन्दा ठूलो उत्पादक देश भारत हो । भारतले जनवरी तेस्रो सातादेखि खोप अभियान सुरु गरेर निरन्तरता दिइरहेको छ । आइतबारसम्म कुल जनसंख्याको ३ प्रतिशत भारतीयले खोप लगाएका छन् ।  

छिमेकी भारतमा दोस्रो लहर फैलनु नेपालका लागि चिन्ताको विषय हो । नेपाल भारतबीचको अन्तरसम्बन्ध बहुआयामिक छ । भूगोल मात्रै होइन, यी २ देशबीच सांस्कृतिक, आर्थिक र जनस्तरको सम्बन्धले जोडेको छ । दुई देशका नागरिक एकापसमा जोडिएका छन् । भारतका विभिन्न राज्यमा स्थायी र मौसमी रोजगारीको सिलसिलामा लाखौँ नेपाली कार्यरत छन् । अहिले सबैभन्दा बढी संक्रमण देखिएको भारतको महाराष्ट्र राज्यको मुम्बइ र नागपुरमा ठूलो संख्यामा नेपाली छन् । भारतमा संक्रमण अझै तीव्र भएमा त्यहाँ सख्त लकडाउन र निगरानीका अन्य उपाय कार्यान्वयन गर्दा त्यहाँ रहेका नेपाली देश फर्कन सक्छन् । नेपाल फर्कँदा सही हिसाबमा उनीहरूको जाँच (स्क्रिनिङ) र निगरानी भएन भने यहाँ पनि संक्रमणको अर्को लहर सुरु हुन सक्छ । त्यसो भयो भने बल्ल तङ्ग्रिन थालेको यहाँको अर्थतन्त्र धरापमा पर्छ । साथै सर्वसाधारणको जीवन थप कष्टकर बन्छ ।  

गत वर्षको चैत ११ गते ३ महिना लामो लकडाउन खुलेपछि नेपाल–भारत सीमामा क्वारेन्टिनको उपयुक्त व्यवस्थापन हुन नसक्दा नेपालका दुर्गम जिल्लाहरूमा समेत महामारी फैलिएको थियो । त्यो बेला सीमा क्षेत्रमा व्यवस्थित किसिमले अनुगमन गरिएको र आएका व्यक्तिलाई छुट्टै राखेर मात्र समुदायमा प्रवेश गर्न दिएको भए धेरै सहज हुने थियो । नेपालले गरेको कोरोना भाइरसको पहिलो अनुवांशिक अध्ययन ‘जिन सिक्वेसिङ’ ले यहाँ देखिएको कोरोना भाइरस भारतमा देखिएको भाइरससँग मिल्दोजुल्दो थियो । भारतीय भाइरससँग नेपालको समानताले पनि दुई देशबीचका नागरिकको आपसी सम्बन्ध र अन्तरक्रियालाई प्रष्ट्याउँछ ।  

भारतमा महामारीको दोस्रो लहरले तीव्रता पाएको पृष्ठभूमिमा हामीले विगतका गल्तीबाट पाठ सिक्नैपर्छ र यसमा कुनै किसिमको हेलचेक्र्याइँ हुनुहुँदैन । सावधानीमा ध्यान दिएन भने दुर्घटना अवश्यम्भावी छ । भारतमा संक्रमण बढेपछि नेपाल सरकार केही हदसम्म सतर्क देखिन्छ । आइतबार मात्रै स्वास्थ्य मन्त्रालयका प्रवक्ताले विज्ञप्ती जारी गरी छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि हुने भएकाले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेका छन् । उनले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड नगर्न तथा सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्यरूपमा मास्क प्रयोग गर्न आमनागरिकलाई अनुरोध गरेका छन् । यसैगरी इपिमेडियोलोजी तथा सरुवा रोग महाशाखाले विशेष गरी सुदूर पश्चिम नेपाल प्रवेश नाकामा हेल्थ डेस्क स्थापना गरी भारतबाट आउने व्यक्ति स्वास्थ्य परीक्षण तथा अन्य निगरानी व्यवस्थालाई शनिबारदेखि थप कडा पारेको बताएको छ । महाशाखाले ती नाकामा एन्टिजेन टेस्ट पनि सुरु गरेको बताएको छ । यो स्वागतयोग्य काम हो । समयमै ध्यान दिने हो भने यसले भविष्यमा ठूलो धनजनको क्षति रोक्न सक्छ । यो विषयमा गत साता मात्र नेपालले नागरिकको आवागमनलाई सहज पार्न दुई देशबीचको सिधा बस सेवा सञ्चालन सुचारु गर्न गरेको निर्णय पनि जोडिन्छ ।  

भारतमा पछिल्ला दिनमा देखिएको संक्रमणको तीव्र लहरको पृष्ठभूमिमा यो निर्णयले ल्याउन सक्ने चुनौतीलाई पनि हेर्नुपर्छ । आवागमन हिसाबले गर्नुपर्ने जनस्वास्थ्य सावधानी र निगरानी उत्तिकै महत्वपूर्ण हुन्छ । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक देश भारतले आफ्नै देशमा संक्रमण व्यापक भएका कारण खोप निर्यातमा आनाकानी गरिरहेको छ । नेपालले भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख डोज खोप अझै पाउन सकेको छैन । भारतीय सरकारको दबाबमा औषधि उत्पादक कम्पनी सेरमले नेपाल, बेलायत, श्रीलंकालगायातका देशमा समेत खोप आपूर्ति रोकेको छ । यो चिन्ताको विषय हो ।

विश्वमा पछिल्ला महिनामा उत्परिवर्तनमार्फत भाइरसका नयाँ र झन संक्रामक देखिएको छ । महामारी सर्वत्र रोकथाम नभएसम्म रोक्न सम्भव छैन । आपसी सहयोग र सहकार्यले मात्र विश्वव्यापी रहेको यो महामारी नियन्त्रण प्रयासले सार्थकता पाउन सक्छ । खोप राष्ट्रवाद तथा धनी राष्ट्रले अत्यधिकरूपमा खोपको पहुँचमा एकाधिकार राख्ने जस्ता विषयले महामारीलाई झन लम्बाउन सहयोग पुग्छ । महामारीले विश्वको सामाजिक तथा आर्थिक जीवनलाई नराम्ररी गिजोलेको छ । महामारीको समयमा खोप उपलब्ध हुनुलाई वैज्ञानिक चमत्कार नै मान्नुपर्छ । यसो हुँदाहुँदै पनि खोपको समान पहुँचमा कोही काखा र कोही पाखा हुनुलाई स्वीकारयोग्य विषय मान्न सकिँदैन । भारतमा देखिएको नयाँ सक्रमणको लहरका पृष्ठभूमिमा खोपको आपूर्तिलाई जोड्न हुँदैन । भारतीय खोप उत्पादक कम्पनी र भारत सरकारले वसुदैव कुटुम्बकमको अवधारणालाई सहीरूपमा कार्यान्वयनमा ल्याउन आवश्यक छ । हामीले खोप पाए पनि नपाए पनि स्वास्थ्य सावधानीमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । यसैले हामीलाई अहिले सुरक्षित राखेको छ । आसन्न खतरालाई ध्यानमा राखेर अघि बढ्नु उचित हुन्छ ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस