भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम
१२ साउन २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम

भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ। यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ।

हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ। यसैसँगै यहाँ कोरोना सुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २१ हजार ३८२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ।  

गत २४ घण्टामा यहाँ ४२ हजार ३६३ जना व्यक्ति कोरोना मुक्त भएपछि कुल तीन करोड ६ लाख २१ हजार ४६९ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन्। सङ्क्रमणमुक्त भएकाहरुको यो सङ्ख्या ९७.३९ प्रतिशत हो। अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४४ करोड १९ लाख भन्दा बढी डोज खोप कोरोनाभाइरसविरुद्ध लगाइएको छ। त्यसैगरी देशभरी अहिलेसम्म ४५ करोड ९१ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

लोकप्रिय
अर्को समाचार
भारतमा कोरोना सङ्क्रमित एक लाख ४९ हजारभन्दा बढी, मृतकको संख्या पाँच लाख नाघ्यो
२१ माघ २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भारतमा कोरोना सङ्क्रमित एक लाख ४९ हजारभन्दा बढी, मृतकको संख्या पाँच लाख नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

सोही अवधिमा थप एक हजार ७२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना शुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या पाँच लाख ५५ जना पुगेको छ। कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने सब भन्दा धेरै महाराष्ट्र राज्यका नागरिक रहेका जनाइएको छ।

महाराष्ट्रमा कोरोना सङ्क्रमणको कारण एक लाख ४२ हजार ८५९ व्यक्तिको मृत्यु भएको छ। त्यसपछि केरलामा ५६ हजार ७०१, कर्नाटकामा ३९ हजार १९७ ,तमिल नाडूमा ३७ हजार ६६६, दिल्लीमा २५ हजार ९३२ र उत्तर प्रदेशमा २३ हजार २७७ जनाको कोरोनाको कारण ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएको छ।

हाल भारतमा कोभिड–१९ कूल सङ्क्रमितको संख्या चार करोड १९ लाख ५२ हजार ७१२ जना पुगेको जनाइएको छ। ती मध्ये हाल सक्रिय सङ्क्रमितको संख्या १४ लाख ३५ हजार ५६९ रहेका छन्। कूल सङ्क्रमितको ३.४२ प्रतिशत सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ।

गएको २४ घण्टामा भारतमा दुई लाख ४६ हजार ६७४ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म चार करोड १७ हजार ८८ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५।३९ प्रतिशत रहेको जनाइएको छ।

कोरोना सुरु भएदेखि हालसम्म यहाँ ७३ करोड ५८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ६८ करोड ४७ लाखभन्दा बढी डोज खोप लगाइएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस