भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ।
शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन्। कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ।
भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना सङ्क्रमित भएका हुन भने कुल एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ। ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ।
भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ।
बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
यसै अवधीमा कोरोना सङक्रमणबाट ६६५ जनाको मृत्यु भएपछि कोरोना सुरु भएदेखि हालसम्म यस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९१ हाजार १२७ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।