भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालले खरिद गरेको कोभिसिल्ड उपलब्ध गराउने वचन दिएका छन्। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतता भएको हो।
‘आज मेरो भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग भएको टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले छिट्टै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने सुनिश्चता गर्नुभएको छ,’ उनले भने। प्रधानमन्त्री देउवाका पे्रस निजी सचिव भानु देउवाले गत फागुनमा नेपालले खरिद गरेको १० लाख कोभिडसिल्ड खोप दिने बचन दिएको बताए। ‘नेपालले पहिला नै भुक्तानी गरिसकेको थप १० लाख कोभिसिल्ड खोप दिने वचन दिएका हुन्,’ उनले प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै भने।
सोमबार नै भारतीय प्रधानमन्त्री मोदीले ट्विट गरी भारत–नेपालबीचको आगामी फराकिलो मित्रताको लागि सँंगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ट्विटमा मोदीले भनेका छन्, ‘कोभिड १९ महामारीविरुद्धको लडाइँसहित सहकार्य गर्नेछौं ।’
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री दुवैले भारतले कति खोप दिने र कुन प्रक्रियाबाट दिने भन्ने विषयमा जानकारी दिएका छैनन्। आइतबार नै भारतले नेपालमा फैलिरहेको कोभिड १९ विरुद्धको लडाइँमा सहयोग जनाउँदै १ सय ५० थान पिडियाट्रिक आइसियु बेड प्रदान गरेको थियो। नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले आइसियु वेड हस्तान्तरण गरेका थिए ।
सो क्रममा सञ्चारकर्मीले नेपालमा कोभिड १९ विरुद्धको खोप आवश्यक भएको बेलामा किन आइसियु बेड सहयोग भन्ने प्रश्न गरेका थिए। सो प्रश्नको जवाफ दिँदै क्वात्राले अन्य स्वास्थ्य सामग्रीसहित खोपसमेत उपलब्ध गराउने संकेत गरेका थिए।
अघिल्लो साता चीनले थप १६ लाख खोप दिने घोषणा गरेलगत्तै भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाललाई कोभिडशिल्ड खोप दिने वचन दिएका हुन्। गत चैतमै नेपालले खरिद प्रक्रियाबाट २० लाख कोभिसिल्ड खोप लिनको लागि अग्रिम भुक्तानी गरेकोमा १० लाख मात्र खोप दिएर रोकिएको थियो। भारतमा कोभिड १९ को दोस्रो महामारी फैलिएपछि भारतीय सर्वोच्च अदालतले खोप उत्पादक कम्पनीलाई स्वदेशी नागरिकलाई खोप नपुगी देशबाहिर निर्यातमा रोक लगाएको थियो।
प्रधानमन्त्रीद्वारा खोप केन्द्र
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले काठमाडांै उपत्यकाका खोप केन्द्रहरूमा स्थलगत निरीक्षण गरेका छन्। एक साताअघि अमेरिकाबाट प्राप्त १६ लाख ३४ हजार डोज जोन्सोन एण्ड जोन्सोनको ‘ज्याक्सन’ खोप अभियानको शुभराम्भ गरेका हुन्। देउवाले काठमाडांैको नेपाल अर्थोपेडिक अस्पतालबाट अपांगता भएकालाई खोप दिइ कार्यक्रमको उट्घाटटन गरेका थिए। जोन्सोन एण्ड जोन्सोनको खोप अभियान केही प्रदेशमा भने साउन ५ मा सुरु भइ ६ गतेसम्म जारी रहनेछ।
सो क्रममा प्रधानमन्त्री देउवाले खोप केन्द्रमा हुने भीडभाडलाई कम गरी खोप व्यवस्थापनलाई सहज पार्न निर्देशन दिएका छन्। खोप अभियानको पहिलो दिन प्रधानमन्त्री देउवा र राजदूत रेण्डी बेरी त्रिवि शिक्षण अस्पताल, वीर र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान खोप केन्द्र, सामाखुसी खोप केन्द्र, कुपण्डोल खोप केन्द्रको अनुगमन गरेका थिए।
थप ३२ जनाको मृत्यु
कोरोना संक्रमणबाट गत चौबिस घण्टामा थप ३२ जनाको मृत्यु पुष्टि भएको छ । थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ। अन्य दिनमा मृत्यु भइ यस दिन पुष्टि भएकाको पनि संख्या देखाइएको हो।
त्यसैगरी गत चौबिस घण्टामा थप २० प्रतिशतमा कोरोना संक्रमण दर रहेको छ। परीक्षण भएका ११ हजार ६ सय ६४ वटा नमुना परीक्षण भएकोमा २४ सय ४५ जनामा कोरोना पुष्टि भएको हो। थपसहित नेपालमा ७ लाख १८ हजार ४ सय ९४ जनाको मृत्यु भएको हो।
हाल नेपालमा २५ हजार ८ सय ३७ जना सक्रिय संक्रमित छन्। तीमध्येमा २३ हजार ३ सय ३५ जनाको होम आइसोलेसन र २५ सय ३ जना संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। तीमध्ये ५ सय ६४ जनाको आइसियुमा र १ सय ५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनैपनि सल्लाह नगरी एकलौटी ढंगले काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।
अध्यक्ष ओली बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेटन उपाध्यक्षद्धय सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेललाई लिएर बालुवाटार पुगेका थिए।
झण्डै दुई घण्टा लामो वार्ता पछि उनीहरु त्यहाँबाट बाहिरिएका थिए। बाहिरिने क्रममा एमाले उपाध्यक्ष सुवास नेम्वाङले सरकारले एकलौटी ढंगले विधेयकहरु ल्याएको प्रति प्रधानमन्त्री देउवासँग आपत्ति जनाएको जानकारी दिए।
‘हामीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य, निरुपण तथा मेलमिलाप आयोग विधेयक, नागरिकता विधेयक ल्याउँदा हामीसँग कुनैपनि परामर्श गरिएन। यही बिषयमा आपत्ति रह्यो’, उनले भने।
नेम्वाङका अनुसार ओलीले गठबन्धन गरेर गएपनि निषेधको राजनीति नगर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए। ‘अध्यक्षले स्वच्छ प्रतिस्पर्धा गर्नुहोस, अपवित्र गठबन्धन नगर्नुहोस र निषेधको राजनीति पनि नर्गुहोस भन्नुभएको छ’, उनले भने।
अध्यक्ष ओलीलले महँगी बढेको तर्फ पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।