बुटवलको कोभिड विशेष अस्पतालमा एकैदिन ११ जनाको मृत्यु
२८ वैशाख २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
बुटवलको कोभिड विशेष अस्पतालमा एकैदिन ११ जनाको मृत्यु

बुटवलमा कोभिड १९ बाट हाताहाती हुनेको संख्या दिनहुँ बढ्दो छ। पछिल्लो २४ घण्टामा मात्रै बुटवलको कोभिड विशेष अस्पतालमा उपचारत ११ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीका ६ जना, कपिलवस्तुका ३, नवलपरासी र प्युठानका १/१ जना रहेको अस्पतालका सूचना अधिकारी डा.बिष्णु गौतमले बताए।  

डा.गौतमका अनुसार बुटवल ११ का ४२ वर्षीय पुरुषको गएराती करिब सवा ९ बजे, सैनामैना ३ का ४२ वर्षीय पुरुषको गएराती ८ बजे, सैनामैनाकै ४९ वर्षीय पुरुषको गएराती ९ बजे, बुटवल ११ का ३६ वर्षीय पुरुषको गएराती पौने १ बजे र रुपन्देहीको कञ्चन गाँउपालिका की ३० वर्षीया महिलाको गएराती २ बजेर ५० मिनेटमा र २१ वर्षीया युवतीको बिहान ९ बजे मृत्यु भएको हो।

त्यस्तै कपिलवस्तुको बुद्धभुमी नगरपालिकाका ४० वर्षीय पुरुषको गएराती साढे १२ बजे, बुद्धमुमीकै अर्का ४० वर्षीय पुरुषको बिहान साढे ३ बजे र अर्का ३३ वर्षीय पुरुषको गएराती ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। त्यस्तै प्युठान गौमुखी ७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे र नवलपरासीका एक जनाको गएराती नै मृत्यु भएको डा. गौतमले जानकारी दिए।

लोकप्रिय
अर्को समाचार
बुटवलमा जितगढी युद्ध संग्रहालय बनाइने
२२ चैत्र २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
बुटवलमा जितगढी युद्ध संग्रहालय बनाइने
बुटवलको तिनाउ नदीकिनारस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको जितगढी किल्ला। तस्बिर: नागरिक

२०४ वर्षअघि नेपाली फौजले अंग्रेजलाई परास्त गरेको बुटवलको ऐतिहासिक जिगतढी किल्लाको इतिहास बचाइराख्न बुटवलमा युद्ध संग्रहालय बनाइने भएको छ। नेपाल–अंग्रेज युद्धको पुरानो झल्को दिनेगरी बुटवल उपमहानगरपालिका–१ स्थित जितगढी किल्लानजिकै जितगढी युद्ध संग्रहालय बनाउन लागिएको हो।  

ऐतिहासिक सहर बटौली र जितगढीको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटकीय विकासका लागि बुटवल उपनगरपालिकाले संग्रहालय निर्माण गर्न लागेको हो। करिब ३ कट्ठा जमिनमा बन्न लागेको संग्रहालय चारतले हुनेछ। माथिका तीनवटा तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकार पाइने गरी क्याफे राखिने छ। भुइँतलामा समग्र बुटवललाई चिनाउने विभिन्न सामग्री मायाको चिनोस्वरूप राखिएको ‘सोभिनियर सप’ पनि राखिनेछ।

संग्रहालयले नेपाल–अंग्रेज युद्धका बेला प्रयोग भएका हतियार, युद्धकला, पहिरनसँगै रेशम मार्ग, नुन र घिउको कारोबार हुने बटौलीको सांस्कृतिक झल्को दिने दाबी गरिएको छ। पुरानो र आधुनिक बुटवलको पहिचान झल्काउन, नयाँ पुस्ता र आगन्तुकहरूलाई त्यसबारे जानकारी गराउन र समग्र बुटवलको पहिचान झल्कने गरी संग्रहायलय निर्माण गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए। जितगढी बुटवलको मात्रै नभई सिंगो मुलुकको राष्ट्रिय स्वाभिमान, सान र गौरव भएको भन्दै उनले जितगढीको इतिहासलाई जीवन्त राख्न संग्रहालय निर्माण गर्न लागिएको बताए।  

६ करोड ८२ लाख ५० हजार रूपैयाँको लागतमा संग्रहालय निर्माण हुन लागेको नगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले बताइन्। दुई वर्षमा संग्रहालय निर्माण सम्पन्न गर्ने गरी उपमहानगरपालिका र शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिबीच गत माघमै ठेकका सम्झौता भएको हो। तोकिएकै समयमा निर्माण सक्नेगरी आायोजनाको समन्वय गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए। बुटवल–१ का वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले समुदाय स्तरबाट पनि संग्रहालय निर्माणमा सहयोग र समन्वय गरिने प्रतिबद्धता जनाए।

जितगढीलाई बटौली पर्यटनको केन्द्रका रूपमा विकास गर्दै उपसहरहरूलाई पनि जोडेर पर्यटन सक्रिट बनाउने योजना नगरपालिकाले अगाडि सारेको छ। त्यसका लागि बुटवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकी पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताइएको छ। ५० वर्षपछिको जनघनत्वलाई ध्यानमा राखेर उपमहागरले एकीकृत सहरी विकास गुरुयोजना बनाउन लागेको नगरप्रमुख सुवेदीले बताए।  

इतिहासअनुसार १८७१ साल पुस २१ देखि नेपाल–अंग्रेज युद्ध सुरु भएको थियो। कुमाउ–गडवाल, मकवानपुरगढी, कोसी–टिस्टा, बुटवल जितगढीमा अंग्रेज फौजसँग नेपाली फौजले युद्ध लडेका थिए। त्यस क्रममा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ साल वैशाख ७ गते बुटवलको जितगढीबाट अंग्रेज फौजलाई परास्त गरी धपाएका थिए। ऐतिहासिक र पुरातात्त्विक महत्वको त्यही जितगढी किल्लाको संरक्षण गर्दै यसलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न बुटवल नगरपालिकाले ढिलै भए पनि अभियान चलाएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस