कोरोनाका कारण बालबालिकामा प्रविधिको विकास
१० पौष २०७७
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोनाका कारण बालबालिकामा प्रविधिको विकास

‘असिम के गर्दै छौं ?, सुविना तिमीले के बुझ्यौं ?’, बुधबार जुमबाट कक्षा ९ का विद्यार्थीलाई गणित विषय पढाएपछि शिक्षक द्धारीका अमगाईले प्रश्न गरे । त्यसपछि विद्यार्थीले बुझेँ सर भने । शिक्षक अमगाईको अन्तरक्रियात्मक कक्षा यहीँ रोकिएन । उनले बुझेँ भन्ने विद्यार्थीसँग पुनः आफूले बुझेको पाठको उदाहरणसहित व्याख्या गर्न भने । कक्षामा विद्यार्थीको नाम उच्चारण गर्दै पठनपाठन गराइरहेका शिक्षकले ४० मिनेटसम्म बालबालिकालाई निरन्तर सहभागिता गराइराखे । यो दृश्य बुद्धनगरमा रहेको केएमसी स्कुलको हो ।

यसरी जुम मार्फत ३२ जना विद्यार्थीको संख्यामा सहभागिता रहेको थियो । अनलाइन स्क्रीन सेयर गरी उनले गणित विषयको पठनपाठन गराइरहेका थिए । ‘ज्यामिति कठिन विषय हो । विद्यार्थीको कक्षामा भौतिक उपस्थितमा बोर्डमा चित्र कोरेर बुझाउने विषय मैले अनलाइनबाटै बुझाउँदै आएको छु,’ शिक्षक अमगाईले भने ‘ज्यामितिको साध्यहरू बुझाउन मैले डिजिटल बोर्डमा पेनकलर प्रयोग गर्दै अबसनमा हाइलाइट गर्दै बोल्दै पढाउँछु ।’  

कक्षा सकिएपछि उनले गुगल कक्षामा विद्यार्थीहरूको लागि गृहकार्य पनि दिए । गुगल कक्षामा दर्ता भएका सबै विद्यार्थीले गृहकार्य गरी गुगलमै समिट गर्नुपर्छ । अनलाइन कक्षामा विद्यार्थीको नाम उच्चारण गर्दै ४० मिनेटको कक्षामा विद्यार्थी सचेत र जागरुक बनेको शिक्षक अमगाईको अनुभव छ । कोरोना महामारीको उच्च जोखिमका कारण देशभरिका सबै शैक्षिक संस्थाहरू ९ महिनादेखि प्रभावित छन् । सुरुका ५ महिना समग्र शिक्षा क्षेत्र ठप्पनै बनेको अवस्थामा केएमसी माध्यमिक विद्यालयले १० कक्षासम्मका १ हजार २ सय विद्यार्थी, दुई सय शिक्षक र अभिभावकलाई अनलाइन कक्षाबाट बैशाख ९ गतेदेखिनै जोड्न सफल भयो ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाको शिक्षण सिकाईलाई निरन्तरता दिन वैकल्पिक माध्यमबाट पठनपाठन अघि बढाउन वैकल्पिक सिकाई सहजिकरण निर्देशिकानै जारी गरी विद्यालयहरूलाई पठनपाठन अघि बढाउन बाटो खोलिदियो तर त्यसको लागि पूर्वाधार तयार पार्न नसकेको कारण प्रभावकारी हुन सकेन ।  

काठमाडौं उपत्यकामा कोभिडको उच्च जोखिम कायमै रहेकाले कहिले विद्यालय खुल्ने अनिश्चित भएको अवस्थामा यहाँका निजी विद्यालयले भने शैक्षिक सत्रलाई निरन्तरता दिन वैकल्पिक माध्यम अपनाएरै शिक्षण सिकाई अघि बढाउने प्रयास गरे पनि सफल नभएको बताउँदै आएका छन् । अनलाइन कक्षामा विद्यार्थीको सहभागिता नभएको गुनासो आइरहेको बेला केएमसी स्कुलका ९९ प्रतिशत विद्यार्थी अनलाइन कक्षामा उपस्थित भएर शिक्षण सिकाइ भइरहेको बताइएको छ । यो स्कुलले प्रविधिको प्रयाप्त प्रयोग गरी अनलाइन शिक्षाबाटै शैक्षिक सत्र सञ्चालन मात्र होइन त्रैमासिक परीक्षा र अतिरिक्त क्रियाकलाप समेत प्रविधिको प्रयोगबाटै सम्पन्न भएको छ ।  

यसरी सफल भयो अनलाइन कक्षा  

कोरोना महामारी उच्च जोखिमका कारण सरकारले चैत्र महिनादेखिनै लकडाउन सुरु गर्याे । देशभरिका सबै शैक्षिक संस्थाहरू सुरुका पाँच महिना ठप्पनै बने । बैशाखदेखि सुरु हुने नयाँ विद्यार्थी भर्ना ठप्प बन्यो । सरकारले वैकल्पिक माध्यमबाट पढाइ सुचारु गर्न ‘वैकल्पिक माध्यमबाटा सिकाइ सहजीकरण निर्देशिका गत भदौमा जारी गरेको थियो । असोजदेखि बल्ल नयाँ विद्यार्थी भर्नाको अनलाइन बाटो खुल्यो ।

प्रिन्सिपल अमगाईका अनुसार यस्तो अवस्थामा सुरुका दिनमा अनलाइन कक्षा व्यवस्थापमै चुनौती थपिएका थिए । शिक्षकलाई चैत्र महिनामै विदेशी तथा स्वदेशी विज्ञहरूसँग तालिम र सेमिनारमार्फत सिप सिकाए । स्कुलको ह्वाइट बोर्डमा क्यामेरा फिट भयो । विद्यार्थीहरूको गुगल आइडि खोलेर स्कुलमा कक्षागत नयाँ भर्ना जस्तै गुगल आइडि दर्ता भयो । चैत्र अन्तिम सातासम्म सबै तयारी गरेर बैशाख ८ गते अभिभावक, विद्यार्थी र स्कुलबीच कक्षा संचालन अनलाइनबाट गर्न बैठक भएको उनले बताए।  

चैत्र मसान्तसम्म शिक्षकले नेपाली र अंग्रेज टाइप गर्न, शैक्षिक सामग्री बनाउन, इन्टनेट, कम्प्युटर चलाउन, जुम र गुगलबाट कक्षा सञ्चालन गर्न सिके । त्यसपछि कक्षा संचालन भएको प्रिन्सिपल अमगाईले बताए । शिक्षा व्यबस्थापनमा काठमाडौं विश्वविद्यालयका गोल्ड मेडलिस्ट अमगाईले थपे ‘अनलाइन कक्षाकै कारण मास्टरमा सिक्नु पर्ने प्रविधिका विषयहरू नानीहरूले आधरभूत तहमै । अभिभावक, शिक्षक र विद्यार्थी तिनै पक्ष प्रविधि मैत्रि बने । हाम्रा दुई सय शिक्षकहरू खालि बस्नु परेन ।’महिनाको अन्तमा अभिभावक, विद्यार्थी र शिक्षकहरूसँग फिडब्याक लिँदै हामी शैक्षिक सत्रलाई अघि बढायौं ।’  

मुख्य कुरा शैक्षिक सत्र जोगिएको र पाठ्यक्रमका विषयबस्तुहरू शिक्षकहरूले ७५ प्रतिशत सिकाउन पाएकोमा उनी खुशी ब्यक्त गर्छन् । ‘म विज्ञान पढेको गणितको प्रशिक्षक भएकोले पहिले.देखिनै प्रविधिसँग नजिक छु,’३४ वर्षदेखि शिक्षण पेसा गर्दै आएको उनले भने ‘कोभिडले विद्यार्थी, अभिभावक र शिक्षकलाई प्रविधिसँग निकै निजकको सम्बन्ध बनाइदिएको मैले पाए । प्रत्यन गरे हाम्रा शिक्षा सहजै अनलाइनमा रुपान्तर गर्न कुनै अप्ठ्यारोनै छैन ।’

विद्यार्थीले के सिके ?

सरकारले यस वर्षको शैक्षिक सत्र पूरा नहुने संकेत देखेपछि पाठ्यक्रमलाई समायोजन गरी ७० प्रतिशतमा झारेर विद्यार्थीलाई कक्षा चढाउने निर्देशनसहित पाठ्यक्रम समायोजना कार्यढाँचानै जारी गर्यो । ‘तर हामीले पाठ्यक्रम समायोजन गर्नु परेन बरु अनलाइन कक्षाबाटै विद्यार्थीलाई पाठ्क्रमसँग जोड्न सफल भयौं,’ प्रअ अमगाईले भने ‘विद्यार्थीले घरमै बसेर प्रविधिको प्रयोग गर्न सिक्ने अवसर पाए ।’ विद्यालयमा अहिलेसम्म ७५ प्रतिशत पढाइ पूरा भएको उनको दाबी छ ।

त्रैमासिक परीक्षा अनलाइनबाट

अनलाइन कक्षाबाटै यो स्कुलले पहिलो त्रैमासिक परीक्षा संचालन गरेको छ । पुसको अन्तिम साता दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्ने स्कुलको तयारी रहेको उनले बताए । परीक्षा पनि लिखित, मौखिक र अब्जेक्टिभ गरी तीन प्रणालीबाट सम्पन्न भएको छ । ‘विद्यार्थीलाई ६ वटै विषयको हाजिर गरिन्छ । विद्यार्थीलाई लिखित परीक्षामा प्रश्न दिइन्छ । उनीहरूले कपिमा उत्तर लेखेर फोटो खिचेर गुगल कक्षामा आ–आफ्ना आइडि मार्फत पठाउँछन्,’ उनले भने ‘त्यसपछि शिक्षकले त्यो कपिलाई प्रिन्ट गरेर अन्य समयमा चेक गरे जस्तै चेक गरेर नम्बर दिन्छ ।’  

यसका साथै अतिरिक्त क्रियाकलाप पनि अनलाइनबाटै सञ्चालन हुने गरेको बताइएको छ । अनलाइनबाटै नाचगान, चित्रकला, फुटबल, भलिबल, म्युजिकका कक्षाहरू सञ्चालन गर्दा घरघरमै बच्चाहरू नाच्ने गाउन र चित्र कोर्ने भएका छन् । 

लोकप्रिय
अर्को समाचार
प्रविधिले चलाख बनायो कि वज्रस्वाँठ?
१५ फागुन २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रविधिले चलाख बनायो कि वज्रस्वाँठ?

प्रविधिको विकास हुनुअघिको मान्छेको जीवन र अहिलेका मान्छेको जीवनबीच तुलना गर्ने हो भने हामीलाई सपना जस्तो लाग्न सक्छ। विशेषगरी पछिल्लो समयमा विकसित सूचना प्रविधिले मान्छेलाई कल्पनाको संसारसँग नजिक पुर्‍याइदिएको छ। एउटा सामान्य उदाहरणको रूपमा हुलाकलाई लिउँ। एक ठाउँको मान्छेले अर्को ठाउँको मान्छेलाई कुनै खबर पठाउने माध्यम थियो हुलाक। एक ठाउँको चिठी अर्को ठाउँमा पुर्‍याउँथ्यो हुलाकले। महिनौँ दिनपछि हात परेको चिठीले पनि मान्छेलाई कति धेरै खुसी र आनन्द प्रदान गर्थ्यो। मान्छेले आफन्तको सन्चो/बिसन्चोको खबर पाउँथे। भन्नु र सुन्नुपर्ने कुरा थाहा पाउँथे। सञ्चारको काम गर्थ्यो हुलाकले। तर अधिर भएर हुलाकीको बाटो हेर्नुपर्थ्यो मान्छेले खबर थाहा पाउनलाई।

अहिले भने समय बदलिएको छ। एक क्लिकको भरमा एक ठाउँको खबर अर्को ठाउँको मान्छेसम्म पुगिसक्छ। अझ आमनेसामने उभिएझैँ एकले अर्कोलाई हेर्दै अघाउँजी भलाकुसारी पनि गर्न सकिन्छ। यस्तो सुविधा दिएको छ सूचना प्रविधिको विकासले। सूचना प्रविधिको विकासले मान्छेको जीवनलाई सहज बनाइदिएको यो त एउटा उदाहरण मात्रै हो। साँच्चै नै धेरै कुरामा मान्छेको जीवनलाई सहज बनाइदिएको छ सूचना प्रविधिले। अझ सस्तो र सर्वसुलभ पनि बनाइदिएको छ। मान्छेलाई थप सभ्य, आधुनिक र अद्यावधिक बन्ने सुनौलो अवसर दिएको छ सूचना प्रविधिको विकासले।

अबका दिनमा मान्छेले प्रविधिबिनाको जीवनको कल्पना पनि गर्न सक्दैन। सूचना प्रविधिबिना मान्छेको जीवन नै ठप्प हुन्छ। निष्क्रिय हुन्छ। हातमा मोबाइल र साथमा ल्यापटप नहुँदाको जीवन मान्छेका लागि कष्टकर र असहज हुन्छ। मान्छेको जीवन र जीवनशैलीलाई अत्यन्तै सहज, सरल र सन्निकट बनाइदिने मुख्य साधन मोबाइल र ल्यापटप नै हुन्। यी दुवै साधन मान्छेका लागि आफ्नै शरीरको इन्द्रिय जस्तै भइसकेका छन्। मोबाइल र ल्यापटप मान्छेको शरीरका मुख्य इन्द्रियहरूका एकअर्काका परिपूरक नै भइसकेका छन्। यी दुई साधनको अभावमा मान्छेको शरीरका इन्द्रियहरू नै निष्क्रिय हुने अवस्था अहिलेको यथार्थ हो।

एकदिन मोबाइल र ल्यापटप साथमा भएन भने मान्छेको जीवन कस्तो हुन्छ होला ? सम्भवतः कल्पना मात्रैले पनि कहाली लाग्छ। अर्थात् मोबाइल र ल्यापटप नभए मान्छेको जीवन नै ठप्प हुन्छ र धेरै कुराको क्षति वा नोक्सानी हुन्छ। त्यसैले सूचना प्रविधि अहिलेका मान्छेका लागि अत्यावश्यक साधन भएको छ।

मान्छेको जीवनलाई सहज, सरल र सन्निकट बनाइदिने सूचना प्रविधिले मान्छेलाई नै चलाख बनाइदिएको छ। सूचना प्रविधिसँग भिजेका मान्छे साँच्चै स्मार्ट लाग्छन्। तिनको कार्यशैली नै स्मार्ट हुन्छन्। त्यस्तो कार्यशैलीबाट प्राप्त हुने नतिजा पनि स्मार्ट नै हुन्छन्। त्यसैले स्मार्ट बन्नकै लागि मान्छे सूचना प्रविधिको प्रयोगमा लालायित छन्। तर यहीँछेउ एउटा प्रश्न उब्जिन्छ, के सूचना प्रविधिले मान्छेलाई स्मार्ट मात्रै बनाएको छ कि वज्रस्वाँठ पनि? उत्तर दुवै खाले आउँछ।

हो, सूचना प्रविधिले मान्छेलाई पक्कै स्मार्ट बनाएको छ। यसमा कुनै सन्देह नै छैन। तर सूचना प्रविधिले मान्छेलाई वज्रस्वाँठ पनि बनाएको छ। बौद्धिक सुकुलगुन्डा बनाएको छ। यो पनि सत्य हो। अब प्रश्न उठ्न सक्छ, कसरी?

मान्छेको दिमागमा विचार, कल्पना र सिर्जना हुन्छ। अर्थात् मान्छेको दिमाग विचारशील हुन्छ, कल्पनाशील हुन्छ र सिर्जनशील पनि हुन्छ। मान्छेको दिमागको विचार, कल्पना र सिर्जनाले नै संसारमा नयाँ नयाँ आविष्कार भएका हुन् र नयाँ नयाँ सिर्जना भएका हुन्, जस्तै-साहित्य, कला, सङ्गीत इत्यादि। मान्छेको दिमागको विचार र कल्पनाशक्तिकै कारण अकल्पनीय भौतिक विकास पनि भएकै हो। पछिल्लो समय निकै रफ्तारमा भइरहेको सूचना प्रविधिको विकास पनि त्यही दिमागको विचार, कल्पनाशीलता र सिर्जनाशीलताकै उपज हुन्।

थोरै दिमागको विचार, कल्पना र सिर्जनाले उत्पादन गरेका प्रविधिका वस्तुलाई आधुनिक बजारशास्त्रले धेरै उपभोक्ता अर्थात् विश्वभरि नै यति छिटो र यति प्रभावशाली ढङ्गले विस्तार गरिदियो कि उपभोक्ताको संख्या ह्वात्तै बढ्यो। उपभोक्ताको संख्या यसरी ह्वात्तै बढ्नु पछाडि कारण पनि छन्। मुख्य कारण त त्यस्तो उत्पादनले मान्छेको जीवनशैलीलाई सहज र सरल बनाइदियो। जे गर्न पनि सजिलो बनाइदियो केही त्यस्ता वस्तु अथवा साधनले। जस्तै-मोबाइल र ल्यापटप। यी दुई साधनले मान्छेको जीवनशैली र उसको कार्यशैलीलाई नै अत्यन्तै सहज र सरल बनाइदिएको छ र उसको आर्थिक तथा सामाजिक क्रियाकलापलाई समेत सरल बनाइदिएको छ। त्यसैले संसारभरि नै यी दुई साधनका उपभोक्ता अर्थात् प्रयोगकर्ताको संख्या अकल्पनीयरूपमा बढेको हो।

सोचनीय कुरा के हो भने संसारभरि नै विचार, कल्पना र सिर्जनाशीलताका उपभोक्ता मात्रै बढे, स्वयं आफैँ विचार गर्ने, कल्पना गर्ने, सिर्जना गर्ने र नयाँ प्रतिपादन गर्नेहरू बढ्न सकेनन् अथवा बढ्न चाहेनन्। मोबाइल र ल्यापटप यस्ता साधन हुन्, जसले मान्छेलाई आफ्नै दिमागले सोच्ने, विचार गर्ने, कल्पना गर्ने र सिर्जना गर्ने अवसर दिँदैनन्। यी साधनले मान्छेलाई खालि उपयोग गर्न मात्रै प्रेरित गर्छन् र उत्साहित गर्छन्।

यस अर्थमा संसारभरिका मान्छे सीमित कम्पनीका दास बन्न पुगेका छन्। सीमित उत्पादकका उपभोक्ता मात्रै बन्न पुगेका छन्। गुगलका जन्मदाता सर्ज ब्रिन र लारी पेज हुन् अथवा फेसबुकका जन्मदाता मार्क जुकरवर्ग हुन् अथवा ट्विटरका एलन मस्क, यिनीहरूकै मुठ्ठीमा छ अहिलेको संसार। अरू धेरै कुरा छोडौँ, गुगल, फेसबुक र ट्विटर मात्रै नभए के हुन्छ यो संसार? एकदिन संसारभर इन्टरनेट नचले के हुन्छ होला? हामी कल्पना पनि गर्न नसक्ने अवस्थामा पुगिसकेका छौँ। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
हराउँदै गयो हातले गाँसेका दुनाटपरी
हराउँदै गयो हातले गाँसेका दुनाटपरी १९ मंसिर २०७९ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस