लोकसेवा पढाउँदै छत्रदेव गाउँपालिका
२७ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
लोकसेवा पढाउँदै छत्रदेव गाउँपालिका

जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।

पालिकाले आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रमअन्तर्गत नायब सुब्बा र खरिदार पदको परीक्षाका लागि निःशुल्क रूपमा पढाउन लागेको हो। पलिकाले १ देखि ८ नम्बर वडाबाट लोकसेवा परीक्षा तयारीमा रहेकालाई छनोट गरेर पढाउन लागेको जनाएको छ।  

युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले गाउँपालिकाले निःशुल्क रूपमा लोकसेवा तयारी कक्षा सुरु गरेको गाउँपलिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए। पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको र सोही अनुरूप लोक सेवा तयारी कक्षा सञ्चालन गरेको उनले बताए।

निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका पालिकाभित्रका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए। गाउँपालिकाको कार्यविधिअनुसार  ५२ जनालाई मात्र छनोट गरेर कक्षा सञ्चालन गरिरहेको जानकारी उनले दिए।

छनोटमा परेकालाई प्रथम र दोस्रो पत्रको तयारी गरुन्जेल लाग्ने सबै खर्च गाउँपालिकाले बेहोर्ने छ। तयारी कक्षामा उत्साहजनक सहभागिता रहेको पनि पालिकाले जनाएको छ।

पालिकाले विगतका वर्षमा चलाएको निःशुल्क कक्षाको प्रभाव राम्रो भएकाले यसपटक पनि निःशुल्क तयारी कक्षालाई निरन्तरता दिइएको शिक्षा अधिकृत तुल्सीराम न्यौपानेले बताए। कक्षामा विद्यार्थीलाई परीक्षा तयारी कसरी गर्ने, कुन–कुन विषयवस्तु पढ्ने, कसरी उत्तर लेख्नेजस्ता विषयमा प्रशिक्षण दिइने छ।

निजामती सेवामा युवाको आकर्षण बढाउन र विदेश पलायन रोक्न लोकसेवा आयोगबाट लिइने परीक्षा तयारीका लागि सञ्चालन गरिएको निःशुल्क कक्षा सहयोगी हुने पालिकाको विश्वास छ।

लोकप्रिय
अर्को समाचार
कृषिबाटै करोडपति
२७ फागुन २०८०
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
कृषिबाटै करोडपति

कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवा पुस्ताको संख्या ठूलो छ। देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरू उत्तिकै छन्। धरान वसन्तटारका कृष्ण राई भने कृषि पेसामै ठूलो सम्भावना देख्छन्।

कृषिबाटै नाम र दाम कमाएको उनी बताउँछन्, ‘अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावना नै सम्भावना छ’, सोताङ अग्र्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बंगुरदेखि गाईसम्म पालन गरेका राईले यसैबाट वार्षिक करोडौंको कारोबार गर्दै आएका छन्। कृषिबाटै उनले करोडौंको जग्गा जमिन जोडेका छन्, भव्य घर बनाएका छन्। कृषिबाट उनी आफूले मात्र कमाएका छैनन्, अरुलाई पनि रोजगारी दिएका छन्।

कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन् भने बराह क्षेत्रमा करिब १५ बिघा किनिसकेका छन्। ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाएका छन् भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूल नर्सरी बनाएका छन्। उनको गोठमा ५५ वटा गाई छन्। ती गाईबाट उत्पादित दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्छन्।

त्यस्तै उनको खोरमा अहिले १० वटा बंगुरका माउ छन्। तिनबाट उत्पादन भएका बच्चा बेछन् भने मासुका लागि पालिएका बंगुर पनि बेच्छन्। उनले कुखुरा, हाँसलगायतका पंक्षी पनि पालेका छन्। घरै उनले माटोबिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गरेका छन् भने त्यससँगै माछा पनि पालेका छन्।

उनको सोताङ अग्र्यानिक कृषि फर्ममा राईका बुबा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन्। त्यसबाहेक उनले १६ जनालाई रोजगारीसमेत दिएका छन्। हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौं पुगिसकेको छ।

उनले धरान– ७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरिरहेका छन्। त्यसबाहेक घरमै किन्न आउनेहरू पनि उत्तिकै हुन्छन्। तरकारी, फलफूल तथा पशुपालनबाट मासिक १२ लाख रुपैयाँको हाराहारीमा कमाई भइरहेको उनी बताउँछन्।

पचपन्न रुपैयाँबाट सुरु  

अहिले करोडौंको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो। उनी भन्छन्, ‘सुरुमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यही फैलिँदै अहिले करोडौंको भएको हो।’

सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा ६ कट्ठा जग्गा मात्र थियो। त्यसैमा बाबुले परम्परागत कृषि कर्म गर्दै आएका थिए। खासै राम्रो उब्जनी हुँदैनथ्यो। त्यसबाट जीवन धान्नै मुस्किल पर्ने अवस्था थियो। करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्कने क्रममा बाटोमा एकजना मान्छेले काँक्राको बीउ किनिरहेको देखे।

त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाए। ‘त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ’, उनी सम्झन्छन्, ‘त्यो बीउ मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो। त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ। त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागिपरेको हुँ।’

कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोच भए पनि तालिमको अवसर थिएन। उनका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण हुने कृषि कार्यक्रम नै तालिम बने। ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाले। पत्रपत्रिकामा कृषिका समाचार देख्नेबित्तिकै पढे। उनी भन्छन्, ‘कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थें। मेरा गुरुहरू तिनै थिए।’  

खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उनले पनि धेरै रोग र विभिन्न समस्या भोगे तर समस्यासँग कहिल्यै हार मानेनन्। यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनी अरुलाई पनि सिकाउँछन्। उनले केही वर्षअघि वसन्तटारमा ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरेका छन्।

कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन्। उनको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषक पनि आउने गरेका छन्। उनी भन्छन्, ‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिँंदै आएको छु।’

अर्गानिक गाउँ

धरान उपमहानगरपालिका– ४ मा पर्ने वसन्तटार गाउँ अर्गानिक खेतीका लागि चर्चित छ। यो गाउँमा कृषिलाई व्यवसायीकरण गर्नमा कृष्णकै ठूलो योगदान छ। उहाँकै प्रेरणाले गाउँभर अहिले कृषि फर्म खुलेका छन्। कृषिबारे बुझ्न आउनेका लागि यो गाउँ पाठशाला जस्तै बनेको छ।

कृष्णले आफ्नो खेतबारी मात्र होइन पूरा गाउँलाई नै अर्गानिक बनाउन निकै मिहिनेत गर्नुपरेको थियो। अन्य गाउँलेले जस्तै कृष्णले पनि सुरुका वर्षमा धेरै उत्पादन हुने लोभमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग गरेका थिए। तर केही वर्षमा माटोको उर्वरा शक्ति हराएर उब्जनी घट्न थाल्यो। त्यसपछि उनले किन यस्तो भयो ? भनेर कारण खोजे। धेरैतिर बुझ्दा थाहा भयो, रासायनिक मल र विषादी प्रयोगले माटोको उर्वरा शक्ति नै हराउने रहेछ।

बारीमा रासायनिक मल र विषादी प्रयोग गरेर आफैंले गल्ती गरेको महसुस गरी उनले त्यसलाई सुधार्ने वाचा गरे। तर बिग्रिएको माटो सुधार गर्नु त्यति सजिलो काम थिएन। त्यसका लागि निकै मेहनत गर्नुपरेको उनको अनुभव छ। माटो सुधार्नका लागि त्यसपछि कृष्णले आफैं जैविक मल उत्पादन गर्न थाले। जैविक वनस्पतिकै विषादी बनाए। जैविक मल र विषादी बनाउने काम अहिले पनि गरिरहेका छन्। उनी भन्छन्, ‘रासायनिक मल र विषादी हाल्नु हुन्न भन्ने बुझेपछि म अग्र्यानिक खेतीको अभियन्ता बनेको हुँ।’

अर्गानिक खेतीका लागि आफ्नो बारीमा मात्र रासायनिक मल र विषादी प्रयोग नगरेर हुने अवस्था थिएन। उनी भन्छन्, ‘मैले मेरो बारीमा त रासायनिक मल र विषादी प्रयोग गरिनँ तर गाउँमा अरुले प्रयोग गरेपछि त्यसको असर मेरो बालीमा पनि पर्ने रहेछ। त्यसो हुँदा अर्गानिक खेती गर्न सम्भव नदेखिएपछि अरूलाई पनि बुझाउने कोसिस गरें र सफल पनि भएँ।’

अहिले उनको पाइला पछ्याउँदै वसन्तटार गाउँका एक सय ५० घरघुरीले अर्गानिक खेती गर्छन्। त्यसमध्ये ५५ घरको मुख्य आम्दानीको स्रोत अर्गानिक कृषि नै रहेको उनी बताउँछन्। वसन्तटार अहिले कृषि अभियन्ताका लागि सिकाइको थलो बनेको छ। कृषिबाट राम्रो आम्दानी गर्नुका साथै अरुका लागि प्रेरणा स्रोत समेत बनेका कृष्णलाई विभिन्न संघसंस्थाले सम्मानसमेत गरेका छन्। 

परिवारसहित कृषिमै रमाइरहेका राई भन्छन्, ‘कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावना नै छैन भन्ने कुरा गलत हो। पलायन हुनुभन्दा युवाहरूले आफ्नै ठाउँमा पसिना बगाए देश समृद्ध बन्छ, कसैले पनि परिवार पाल्न विदेश भौंतारिनुपर्ने अवस्था आउँदैन।’ –रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
अर्घाखाँचीमा कांग्रेस कमजोर
अर्घाखाँचीमा कांग्रेस कमजोर ०३ जेष्ठ २०७९ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस