अर्घाखाँची जिल्लामा अहिलेसम्म प्राप्त मतपरिणाम सार्वजनिक भए अनुसार नेपाली कांग्रेसको मतपरिणाम भने कमजोर देखिएको छ। नेकपा विभाजन भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भएपश्चात अर्घाखाँचीमा अधिकांश माओवादी नेता कार्यकर्ता एमालेमै समाहित भएका कारण नेपाली कांग्रेसका उच्च तहका नेताहरुलाई आफ्नै वडा जिताउन सकस भएको हाे।
पाणिनी गाउँपालिका प्रमुख र उपप्रमुख, मालारानी गाउँपालिका प्रमुख र उपप्रमुख र छत्रदेव गाउँपालिकाको उपप्रमुख समेत एमालेले आफ्नो पक्षमा पारेको छ। यस्तै मालारानी गाउँपालिकाको प्रमुखमा एमालेका दलबहादुर भट्टराई र उपप्रमुखमा दिपा पोख्रेलले जितेका छन्। भट्टराईले आठ हजार २८३ मत र पोख्रेलले आठ हजार १५५ मत प्राप्त गरी विजयी भएका हुन्।
छत्रदेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी भए भने उपाध्यक्षमा एमालेकी मनी पन्थी विजयी भएकी छिन्। अध्यक्षमा श्रेष्ठले ७ हजार चार सय ७ मत ल्याउँदा पन्थीले ७ हजार दुई सय २४ मत र उपाध्यक्षमा पन्थीले ७ हजार ५ सय १९ मतप्राप्त गरी विजयी भएका हुन्।
यस्तै गठबन्धनका तर्फबाट भूमिकास्थान नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापा र उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे विजयी भएका छन्। गठबन्धनको प्यानलबाट विजयी भएका प्रमुख थापाले ८ हजार ३ सय २४ मत प्राप्त गरेका छन् भने उपप्रमुख बन्जाडे ७ हजार ५ सय ५८ मतका साथ विजयी भएका हुन्।
नेकपा एमालेले मालारानी–१, ३,४,५,६,७, ८ सन्धिखर्क–२,९ छत्रदेव–१,२,३,४,८ भुमिकास्थान–६,७,९,१० पाणिनी–४,५,७,८ र शितगंगा–१३,११,१० मा वडाध्यक्ष जितेको छ। यस्तै नेपाली कांग्रेसले सन्धिखर्क–१,३,४,५,८,११,१२ छत्रदेव–५,६,७ भूमिकास्थान–१,५,८ शितगंगा–१,२,३,१२,१४ पाणिनी–१,२,३,६ मा विजयी भएका छन्। माओवादी केन्द्र मालारानी–२,९ सन्धिखर्क–१० मा विजयी भएको छ। राष्ट्रिय जनमोर्चाले भुमिकास्थान–२,३,४ मा जितेको छ।
२०७४ सालको निर्वाचनमा माओवादीसँग तालमेल गरेको कांग्रेसले ४ प्रमुख ३ उपप्रमुख जितेको थियो। यसपटक एमाले बाहेकका दलहरुसँग तालमेल गरिएपनि त्यो सफल देखिएको छैन। मतगणना जारी रहेपनि एमाले बलियो देखिएको छ।
जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।
पालिकाले आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रमअन्तर्गत नायब सुब्बा र खरिदार पदको परीक्षाका लागि निःशुल्क रूपमा पढाउन लागेको हो। पलिकाले १ देखि ८ नम्बर वडाबाट लोकसेवा परीक्षा तयारीमा रहेकालाई छनोट गरेर पढाउन लागेको जनाएको छ।
युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले गाउँपालिकाले निःशुल्क रूपमा लोकसेवा तयारी कक्षा सुरु गरेको गाउँपलिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए। पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको र सोही अनुरूप लोक सेवा तयारी कक्षा सञ्चालन गरेको उनले बताए।
निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका पालिकाभित्रका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए। गाउँपालिकाको कार्यविधिअनुसार ५२ जनालाई मात्र छनोट गरेर कक्षा सञ्चालन गरिरहेको जानकारी उनले दिए।
छनोटमा परेकालाई प्रथम र दोस्रो पत्रको तयारी गरुन्जेल लाग्ने सबै खर्च गाउँपालिकाले बेहोर्ने छ। तयारी कक्षामा उत्साहजनक सहभागिता रहेको पनि पालिकाले जनाएको छ।
पालिकाले विगतका वर्षमा चलाएको निःशुल्क कक्षाको प्रभाव राम्रो भएकाले यसपटक पनि निःशुल्क तयारी कक्षालाई निरन्तरता दिइएको शिक्षा अधिकृत तुल्सीराम न्यौपानेले बताए। कक्षामा विद्यार्थीलाई परीक्षा तयारी कसरी गर्ने, कुन–कुन विषयवस्तु पढ्ने, कसरी उत्तर लेख्नेजस्ता विषयमा प्रशिक्षण दिइने छ।
निजामती सेवामा युवाको आकर्षण बढाउन र विदेश पलायन रोक्न लोकसेवा आयोगबाट लिइने परीक्षा तयारीका लागि सञ्चालन गरिएको निःशुल्क कक्षा सहयोगी हुने पालिकाको विश्वास छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।