एसइई दिँदै ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी
१७ चैत्र २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
एसइई दिँदै ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी

माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारदेखि सुरु हुँदै छ। यो वर्ष एसइईका ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यसपटक एसइईका लागि देशभित्र र बाहिर गरी २ हजार ३७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। यो वर्ष जापानमा पनि परीक्षा केन्द्र तोकिएको छ। जापानमा एसइईका लागि परीक्षा केन्द्र कायम गरिएको पहिलोपटक हो।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार नेपालको जनसंख्या क्रमशः घट्दो क्रममा रहेकाले विगतमा भन्दा यसपटक एसइईका परीक्षार्थीको संख्या घटेको छ। बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष अर्थात् २०७८ सालको एसइईमा ४ लाख ९४ हजार ६ सय ८१ परीक्षार्थी सहभागी भएका थिए।

त्यस्तै २०७४ सालमा ४ लाख ८५ हजार ५ सय ८६ र २०७५ सालमा ४ लाख ७५ हजार ३ सय परीक्षार्थी थिए। २०७६ र २०७७ सालमा कोभिडका कारण विद्यालयले नै एसइई सञ्चालन गरेकाले यकिन तथ्यांक नरहेको बोर्डले जनाएको छ।

‘गत वर्षको तुलनामा यो वर्ष ९ हजार २ सय ८५ परीक्षार्थी घटेका छन्,’ बोर्डका अध्यक्ष शर्माले भने, ‘बालबालिकाको जनसंख्या घट्दो क्रममा भएकै कारण विद्यालय उमेरका बालबालिका कम भर्ना भए। यसैको परिणाम एसइईमा देखियो।’ उनका अनुसार यसपटक दुई लाख ४२ हजार ७ सय १२ छात्रा र दुई लाख ४२ हजार ६ सय ७४ छात्र परीक्षार्थी छन्।

जापानमा पनि परीक्षा केन्द्र

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यसपटक जापानमा समेत परीक्षा केन्द्र तोकिएको छ। एभरेस्ट इन्टरनेसनल स्कुल जापानले नेपाली पाठ्यक्रम पढाउँदै आएको छ। त्यसैले यसपटक जापानमा पनि परीक्षा केन्द्र तोकिएको श्रेष्ठले बताए। उक्त विद्यालयका १४ जनाले एसइई दिँदै छन्। बोर्डका अनुसार जापानमा एसइई परीक्षा केन्द्र तोकिएको यो पहिलोपटक हो।

देशभरि कक्षा १० सञ्चालित कुल १२ हजार ८३ विद्यालयमध्ये प्राविधिक धारतर्फका ५ सय ५ छन्। यसपटक प्राविधिकतर्फका १५ हजार ४ सय ६१ परीक्षार्थी छन्। त्यस्तै ३३ जिल्लाका ६६ विद्यालयबाट संस्कृत अध्ययन गर्ने विद्यार्थीले ५६ वटा केन्द्रबाट एसइई दिँदै छन्।

‘कुल परीक्षार्थीमध्ये ३ लाख ४३ हजार ७९ सरकारी विद्यालयका र निजी विद्यालयका १ लाख ४२ हजार ३ सय १७ जना छन्,’ परीक्षा नियन्त्रक श्रेष्ठले भने, ‘यसपटक प्रश्नपत्र स्तरीकृत गर्नुका साथै दृष्टिविहीन ५५ परीक्षार्थीका लागि घरपायक पर्ने स्थानमा केन्द्र तोकिएको छ।’ उनका अनुसार सबैभन्दा बढी केन्द्र काठामाडौं (१ सय २३) तथा सबैभन्दा कम केन्द्र मनाङ र मुस्ताङ (एकएक) छन्। सबैभन्दा बढी परीक्षार्थी (१ लाख २ हजार) वाग्मती प्रदेशबाट छन्। सबैभन्दा कम परीक्षार्थी कर्णाली प्रदेश (३८ हजार ६ सय ८) बाट छन्।

अर्को समाचार
एसइईका लागि २ हजार २७ परीक्षा केन्द्र
०६ चैत्र २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
एसइईका लागि २ हजार २७ परीक्षा केन्द्र

वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीमा स्थानीय सरकार जुटेको छ।

वैशाख ९ देखि वैशाख २० गते सम्म सञ्चालन हुने एसइई परीक्षाका लागि सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले पाएसँगै प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा सातवटै प्रदेशमा पाँच सदस्यीय परीक्षा व्यवस्थापन समिति गठन भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सातवटै प्रदेशबाट यसपटक कुल चार लाख ९४ हजार छ सय ८१ परीक्षार्थीले दुई हजार २७ परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन्। प्रदेश परीक्षा समितिलाई परीक्षाको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी दिन बोर्डले आफ्नो राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ को पहिलो संशोधन गरिसकेको उनले जनाए।

यसपटकको परीक्षा विद्यार्थीले परीक्षा केन्द्रमा पुगेर भौतिक उपस्थितिकै आधारमा परीक्षा दिनेछन्। ‘माघ २४ गते मन्त्रिपरिषद्ले एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको अधिकार प्रदेशलाई दिने निर्णय गरेसँगै बोर्डले पनि राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ को पहिलो संशोधन गरी प्रदेशलाई दिने व्यवस्था गरेको छ,’ अध्यक्ष शर्माले नागरिकसँग भने, ‘प्रदेश सरकारको शिक्षा हेर्ने मन्त्रालयको सचिवको संयोजकत्वमा प्रदेश एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति सातै प्रदेशमा गठन हुने व्यवस्था गर्ने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको प्रदेश परीक्षा बोर्ड कार्यालयको प्रमुख, प्रदेश शिक्षा निर्देशनालयको निर्देशकसहित रहेको ५ सदस्यीय एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति रहनेछ। यो समितिले हालसम्म बोर्डले गर्दै आएको परीक्षाअघिको सम्पूर्ण तयारी जस्तै केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्ने, उत्तरपुस्तिका परीक्षण, संपरीक्षण गराई तथ्यांक प्रविष्ठ गर्ने काम गर्छ। प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डमा पठाएको नतिजाको अधारमा नतिजा तयार गरी प्रकाशन गर्ने काम मात्र गर्छ।’

उनले प्रदेश सरकारको परीक्षा समितिले परीक्षा सञ्चालन र व्यवस्थापनको काम गर्दा बोर्डसँग सहकार्य गरी गर्नुपर्ने जनाए। बोर्डले परीक्षाको लागि विद्यालय, शिक्षक तथा परीक्षाको अन्य आवश्यक काममा सहजीकरण गर्नेछ।

‘वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने एसइई परीक्षा नयाँ व्यवस्थाअनुसारै सञ्चालन तथा व्यवस्थापन हुन्छ,’ उनले भने, ‘विगतमा बोर्डले सबै परीक्षार्थीको एकैचोटी नतिजा प्रकाशन गर्नेजस्तो योपटक हुँदैन। सात वटै प्रदेशको नतिजा फरकफरक समयमा आउँछ। प्रदेशले नतिजा प्रकाशनको सबै तयारी गरी बोर्डमा पठाए अनुसार बोर्डले नतिजाको तयारी गरी नतिजा प्रकाशन गरिदिन्छ। नियमले गर्नसक्ने काम बोर्डले नै गर्छ। राष्ट्रिय परीक्षा बोर्ड एसइईलाई विकेन्द्रीकरण गर्न प्रतिबद्ध छ।’ 

अध्यक्ष शर्माका अनुसार बोर्ड हाल प्रश्नपत्र छपाइको कार्य गरिरहेको छ। ‘यसपटक पहिलोपटक जापानको विद्यालयमा पनि एसइई हुने तय भएको छ,’ अध्यक्ष शर्माले भने। ‘यसपटक जापानको एक विद्यालयमा प्रश्नपत्र इमेलबाट पठाइन्छ। जापानमा १९ विद्यार्थीले यसपटक एसइई दिँदैछन्।’

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस