अर्थ मन्त्रालयले बजेट बनाउने बेलाका सीसीटिभी फुटेज मेटिएको जवाफ दिएपछि सामाजिक सञ्जालमा अर्थमन्त्री र मन्त्रालयको आलोचना सुरु भएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताले सरकारी नियम विपरीत अर्थ मन्त्रालयले सीसीटिभी फुटेज हटाएको बताएका छन् भने कतिपय सामाजिक सञ्जालकर्ताले सरकारले सीसीटिभी फुटेजको हार्ड–ड्राइभ उपलब्ध गराए ती फुटेज फिर्ता ल्याउने दाबी समेत गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यकारी कानुनको बर्खिलाप जवाफ दिने अर्थ मन्त्रालयका कर्मचारीलाई कारबाही गर्नुपर्ने र अर्थमन्त्रीमाथि नीतिगत भ्रष्टाचारमा अख्तिपारले छानबिन गरी मुद्दा चलाउनुपर्ने माग राखेका छन्।
उनले आइतबार फेसबुक स्टाटसमार्फत भनेका छन्, ‘सीसीटिभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्छ भन्ने कानुनको बाध्यकारी व्यवस्थाको बर्खिलाप गर्ने अर्थ मन्त्रालयका कर्मचारीमाथि राजश्वका दर हेरफेर गर्ने मतियारका रुपमा कारबाही हुनुपर्छ।’ उनले अर्को वाक्य लेखेका छन्, ‘अनाधिकृत व्यक्तिहरु मार्फत अर्थमन्त्रीले सेटिङमा करका दर हेरफेर गरेको प्रमाणित भएको स्पष्ट हुन्छ। अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने कुराको थप पुष्टि भएको छ। अब अर्थमन्त्रीमाथि नीतिगत भ्रष्टाचारमा अख्तियारले छानबिन गरी मुद्दा चलाउनु पर्छ।’
सरकारी नियम अनुसार यस्ता फुटेजहरु तीन महिनासम्म सुरक्षित राख्नुपर्छ। गृह मन्त्रालयले सीसीटिभी प्रयोगसम्बन्धी परिपत्र मार्फत सीसीटिभीबाट खिचेका दृश्यहरु कम्तिमा ३ महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्छ भनेको छ।
यसैगरी ट्वीटर प्रयोगकर्ता सौबासले प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापालगायतलाई मेन्सन गर्दै सीसीटिभीको हार्ड–ड्राइभ आफूहरुलाई उपलब्ध गराउन माग गर्दै तीन महिना अघिदेखिका फुटेज रिकभर गराई सर–सामान फिर्ता गर्दिने भनेका छन्। यसरी धेरै सञ्जाल प्रयोगकर्ताले हार्ड–ड्राइभ माग गरेका छन्।
मन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो दिन गत जेठ १४ गते राती अनधिकृत बाहिरका व्यक्तिहरुलाई मन्त्रालयमा ल्याएर तीनै व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको आरोप लागेको छ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने र घटनाको छानबिन हुनुपर्ने माग राख्दै आएको छ। बजेट घोषणापछि एमालेले यी दुई माग राख्दै धेरै पटक संसद् अवरोध गरिरहेको छ।
अर्थमन्त्री शर्मालाई आरोप लागेपछि उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हकसम्बन्धी ऐनको प्रयोग गर्दे अर्थ मन्त्रालयमा फुटेजका लागि निवेदन दिएको थियो।
अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखाले आइतबार (हिजो) पत्र मार्फत सीसीटिभी फुटेजको अभिलेख १३ दिनसम्म मात्र रहने जानकारी दिएको थियो।
‘मन्त्रालयमा जडान भएको सीसीटिभी फुटेजको क्षमता र जडान भएको क्यामेराका आधारमा बढीमा १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिँदै जाने’ भनेर जवाफ दिएको हो।
मञ्चले २०७८ भदौ २४ गते राती ११ बजेदेखि २०७८ भदौ २५ गते बिहान ६ बजेसम्मको र २०७९ जेठ १४ गते बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटिभी फुटेज उपलब्ध गराउन अर्थ मन्त्रालयमा निवदेन दिएको थियो।
यसैबीच अर्थमन्त्री जनार्दन शर्माले पत्रकार ऋषि धमलासँगको एउटा अन्तर्वार्तामा एमालेले सीसी क्योमरा हेर्न चाहँदैमा हेर्न दिनुपर्छ भन्ने के छ? सीसी क्योमरा हेर्ने ती को हुन्? भन्दै प्रश्न गरे।
नीतिगत भ्रष्टाचार रोक्न मोरङका उद्योगी व्यवसायीले माग गरेका छन्। मोरङ व्यापार संघले आइतबार विराटनगरमा आयोजना गरेको ‘मुलुकको वर्तमान अवस्था र अबको निकास’ विषयक अन्तरसंवाद कार्यक्रममा उद्योगी व्यवसायीले नीतिगत भ्रष्टाचार रोक्न माग गरेका हुन्।
उद्योगी शंकरलाल अग्रवालले नीतिगत भ्रष्टाचार रहेसम्म आर्थिक विकास संभव नरहेको बताए। उनले नेपालका उद्योगीहरूले यतिवेला अपेक्षा गर्ने आधारसमेत नदेखिएको धारणा राखे। उत्पादन गर्नेभन्दा उपभोक्तालाई महँगीको मारमा पार्ने सरकारी नीतिले अर्थतन्त्रमा चौतर्फी समस्या देखिएको उनको भनाइ छ। ‘उत्पादन बढाउने, माग सिर्जना गर्ने भन्दा उपोभोक्तलाई महँगीमा पार्ने सरकारी नीतिले चौतर्फी समस्या निम्त्याइरहेको छ।’
अग्रवालले राजनीतिक र व्यक्तिगत स्वार्थका आधारमा नीति निर्माण गर्ने प्रवृत्तिले नेपालको अर्थतन्त्र थिलथिलो बनाइसकेकाले अब यस्तो प्रवृत्तिमा सुधार आवश्यक रहेको बताए।
उद्योगी खेमचन्द्र जैनले नीतिगत भ्रष्टाचार नहटेसम्म आर्थिक क्षेत्रको विकास संभव नहुने बताए। ऋण लिएर देश चलाउने प्रवृत्तिले विदशेबाट लिने ऋणभन्दा तिर्नुपर्ने ब्याज बढी हुने अवस्थामा पुगेको जैनको भनाइ छ। उनले प्राप्त हुने वैदेशिक ऋणभन्दा लिएको कुल ऋणको तिर्नुपर्ने ब्याज बढी हुने अवस्था आइसकेका कारण समयमै सचेत नभए संकट निम्तिने बताए।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उद्योगी व्यवसायीलाई कस्ने र थुन्ने सरकारको नीतिले अर्थतन्त्रमा सुधार नआउने बताए। उनले कुरा सुन्नेभन्दा थुन्ने र उद्योगी व्यवसायीलाई विभिन्न कानून देखाएर तर्साउने प्रवृत्तिले समस्याको समाधान नहुने धारणा राखे।
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले चर्को ब्याजदरको समस्या बिस्तारै हल हुने क्रममा देखिएको धारणा राखे। ब्याजदर घट्दै गएर अर्थतन्त्र चलायमान बन्दै जाने अवस्था सिर्जना हुँदै गएको बताए। राजनीतिक तजबिजीको आधारमा आर्थिक नीतिहरू बनाउँदा अर्थतन्त्रमा समस्या देखिने गरेको बताए।
खतिवडाले विगतमा राजनीतिक तजबिजीकै आधारमा सामान आयातको कोटा तोकिँदा समग्र अर्थतन्त्रमा नै शिथिलता देखिएको बताए। वस्तु आयातमा १० प्रतिशतको मार्जिनलाई एकैपटक सय प्रतिशत पु¥याउनु गलत भएको बताए।
खतिवडाले भने ‘सामान आयातमा १० प्रतिशत मार्जिनको नीतिलाई राजनीतिक तजबिजीको आधारमा एकै पटक सय प्रतिशत पुर्याउनु गलत भयो।’ खतिवडाले उत्पादनमा प्रोत्साहनको नीति ठीक रहे पनि निर्यातमा प्रोत्साहनको नीति विभेदरहित बनाउनुपर्ने बताए।
कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले नेपालको अर्थतन्त्रको चरित्र फेरिएको बताए। उनले उपभोग गर्न सक्ने तर उत्पादन गर्न नसक्ने अवस्थाले अर्थतन्त्रमा समस्या निम्त्याएको धारणा राखे।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।