आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा १ लाख दुई हजार आठ सय रुपैयाँ तोकिएको छ।
यसअघि अस्ति तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो। यस्तै, आज तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।
आज सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ४ सय रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २ सय ९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपास कारोबार भइरहेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।