सुनको मूल्य आज तोलामा २ हजार २०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको थियो। महासङ्घका अनुसार बिहीबार कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो।
यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ।
अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको छ।
नेपालमा सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ बढेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी तोलामा ३१० रुपैयाँ बढेर तोलाको ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी सोमबार ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।