सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९१ हजार ८ सय तोकिएको छ। अधिल्लो दिन पहेँलो सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३ सय छ जसको मूल्य गत आइतबार प्रतितोला रु ९१ हजार ७ सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले घटेर रु एक हजार २४०मा आएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ।
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनसमेत प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ। बुधबार प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।
यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।