सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ सयले घटेर ९१ हजार ३ सय कायम भएको छ।
पहेँलो सुन अघिल्लो दिन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९० हजार ८ सय तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार १ सय ९० मा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७३ डलर आसपास कारोबार भइरहेको छ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ।
आज चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।