नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ४ सयले उकालो लागेर ९४ हजार ४ सयमा कायम भएको छ।पहेँलो सुन बिहीबार प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रहने छ।यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५ सय तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रू१५ ले उकालो लागेर एक हजार २ सय ८५ तोकिएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार २ सय ७० मा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८सय ५९ डलर आसपासमा कारोबार भइरहेको छ।
सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ।
महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ।साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।