सुनको मूल्य आज एकैपटक १४ सयले बढेको छ। योसँगै आजको सुनको मूल्उ तोलाको १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो सुनको हालसम्मकै उच्च मूल्य हो। यसअघि शुक्रवार सुनको मूल्य तोलाको १ लाख ६६ हजार रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ।
शुक्रवार २ हजार ७० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि चाँदीको मूल्यले कात्तिक ७ गते २१३५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ। मङ्गलवार तोलाको १ लाख ६० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बुधवार हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा बुधवार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो।
यसअघि सुनको उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो।
त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ। अघिल्लो दिन तोलामा १ हजार ९ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधवार १ हजार ९ सय ५० कायम भएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।